Posts

जेन्जी आन्दोलनलाई नजिकबाट हेर्दा

 जेन्जी आन्दोलनलाई नजिकबाट हेर्दा नेपाल—हिमालयको काखमा बसेको यो सानो तर धनी देश, जहाँ सधैं परिवर्तनका आँधीहरू चलिरहन्छन् । ००७ सालले राणाको अहं जनता र राजा मिली तोडे, ०४६/०४७ को जनआन्दोलनले संविधानमाथिका राजाको रजाइँलाई संवैधानिक राजा बनायो त्यसबाट आम जनताले अलि भए पनि राहतको महसुस गर्दै गए , १० वर्षे जनयुद्ध र २०६२/६३ ले लोकतान्त्रिक संघीय गणतन्त्र ल्यायो, तर ती सबै क्रान्तिहरूमा एउटा साझा पीडा थियोः भ्रष्टाचार । नेताहरूले सत्ता लुटे, जनताको रगतको मूल्य बेचे, र युवाहरू निराशाबाट विदेशतिर पसे तर, २०८२ को भदौमा एउटा नयाँ लहर आयो—जेन्जी आन्दोलन । यो सत्य घटना त्यही आन्दोलनको सत्य घटनामा आधारित छ , जसले नेपाललाई नयाँ दिशा दियो । यो मात्र कथा होइन, एउटा साक्ष्य हो—कसरी एक सानो मार्चले सत्ता हल्लायो, कसरी युवाको रगतले इतिहास लेख्यो, र कसरी भ्रष्टाचारको जड उखेलियो । यदि तपाईंले यो सत्य घटना पढ्न थाल्नुभयो भने, यो तपाईंको मात्र कथा बन्नेछ, किनकि यो हाम्रो सबैको सत्य संघर्ष हो । उत्तरतिर लहरै ८,००० मिटरका आकाशै छुने—हिमालयको काखमा बसेको यो सानो तर गौरवशाली देश नेपाल, जहाँको इतिहास भएका महा...