विजय थलपतिकाे लियाेकाे अपार सफलताकाे कामना गर्दछु
विजय थलपतिको लियो ५०० करोड कमाएको बेला हेर्ने अवसर पाएँ । विजय थलपतिले आफ्नो क्षमताको हदसम्म कठोर मेहनतद्वारा यो सिनेमालाई भारतीय सिनेमाको इतिहासमा एउटा कहिल्यै तोड्न नसकिने नयाँ उचाइमा सम्म पु¥याउन सफल भएको छ । यो सिनेमाले १००० करोडसम्म कमाउने क्षमता राख्दछ भने सिनेमाले १००% नतिजा ल्याउन सफल भएको छ । भारतीय सिनेमाको इतिहासमा यति सशक्त किसिमको सिनेमा बनेकाले यस सिनेमाबाट जो सुकैले पनि एक पटक मात्र होइन दसौँ पटक पनि भरपुर मनोरञ्जनका साथै इनर्जि पनि लिन सकिन्छ । मैले विजय थलपति एकजना मात्र चिनेर पनि यति भरपुर मनोरञ्जन, इनर्जी अनि विजय थलपति सम्पुर्ण सिनेमामा छाएकाले यो मेरो लागि अवसर नै भएको छ । योभन्दा बढी क्षमता हुनै सक्दैन जस्तो लाग्थ्यो तर विजय थलपतिले त्यसलाई पनि झूट सावित गरी त्योभन्दा झनै सशक्त अनि कडा मेहनतले यो सिनेमालाई कुनै पनि ठाउँमा नकारात्मक कुरा काट्ने नै मौका दिएका छैनन् । सिनेमामा सुरुदेखि अन्तिमसम्म कौतुहलता नै कौतुहलताले भरिपुर्ण तथा एक्सनले भरिपुर्ण भएका कारण दर्शकलाई कतै पनि विच्किन नदिएर बाँधिएर राख्न यो सिनेमा धेरै नै सफल देखिन्छ । लियोको सिम्बोलिकरूपमा ...