Posts
कथा ः पगरी गुथाइ
- Get link
- X
- Other Apps
कथा : पगरी गुथाइ पगरी गुथाइ कार्यक्रम गर्नै पर्ने भयो । हुन त नातिको बर्तमनसँगै पगरी गुथाइ कार्यक्रम गर्ने छोरासँग वाचा गरेका थिए बुढाले । छोरोले पनि भ।मग्दूर प्रयास पनि गरेको थियो तर संघारमा आएर बुढाले आफुमात्रै मान पाउने चाल रचे । वर्तमन क्यानशिल गरे । छोरा र बुहारीले बधाई दिएको लिखत निमन्त्रणा कार्ड छोराले नै टाइप गरी दिनुपर्ने रे । बुढाले नै लेखेर ल्याए अनि “टाइप गर” भनी छोडे । “पछिसम्मलाई चिनो हुन्छ” रे । छोरालाई यो एउटा कौतूहल अनि अचम्मित तुल्यायो कि जुन धन्यवाद अनि उनलाई “भगवान् मेरो भनी वाचा गरेँ” भनी लेख्न लगाउन खोजिएको कार्डमा “अन्य छोरा, छोरी उनीहरुका जहान ज्वाइँ अनि बुहारीले यस्तो निमन्त्रणा कार्डबाट ज्ञापन गर्नु आवश्यक छैन” भनी बुढाले ठाडै भने र “तिमीहरु दुईजनाको मात्र नाम राख्नू” भनी उसको जहानका अगाडि भने । बुढाले छोरोलाई “कार्डमा यो राख्नू कार्डमा ऊ राख्नू , तिमीलाई थाहा छँदै छ राम्ररी मिलाएर बनाइदिनू” भन्दै एकदिन अगाडिसम्म पनि अनुरोध गर्न आएका थिए । विहानको पुजाको पगरी गुथाइ कार्यक्रममा छोरालाई राजा भनी बोलाइयो । सबै दर्शकहरुले खिन्न अनुहार लगाए । पारस भन्ने राजोपा...
गाइजात्रे प्यारोडी
- Get link
- X
- Other Apps
नेता ! को कता को कता गजब छ राजनीति छैन लाजनीति जनता ! नहोस् यता न उता जसले खुवाउँछ उसलाई भोट दिनी सिद्धान्त भन्ने कहीँ कतै छैन जता पाइन्छ कुर्सी त्यतै छ चैन २० प्रतिशतबाट पार्टी बनाई रामचन्द्र पौडेल प्रधानमन्त्री हुने रे २० प्रतिशतको थ्रेसहोल्ड खारेज गर्न सर्वोच्चमा ६ उजुरीको फैसला बाकी छ रे अनि त्यसपछि अस्तीजस्तै ब्याक टु ब्याक आउने रे जे गरे पनि सबैले लोकतन्त्रकै रक्षा गरेका रे योभन्दा संसदीय व्यवस्थाको नौटङ्की के होला एकतन्त्रीवालालाई हँसाउने यो नौजाली माया होला आरपार दाजुभाइको साइनबोर्ड नभएको मीठाई पसल छ रे एउटाले पुरानो मीठाई पसलको साइनबोर्ड लगाई कुस्त कमाए अर्कोले ताजा मीठाई पसल साइनबोर्ड लगाई आफ्नो दिन फिराए मीठाई त मीठाई पसल तर खान नहुने रङ्ग कसैलाई थाहा छैन पुरानो कुहेको रोटी पनि पिसेर के के पाक बनाए के के जनता कि त दाजुकोमा गए कि त भाइकोमा गए जनता कि त पक्षमा गए कि त प्रतिपक्षका भए नेता त झन् को केमा गए अझै पत्तो छैन सिद्धान्त भन्ने कुरा कहीँ फत्ते भा हैन गाइजात्रे सप्ताह आयो हो जनता प्यारोडी गाउँ है प्यारोडी हाँसीहाँसी खित्का छोडी गलाऔँ है अब नौ नाडी २०७८ भाद्र ३ रातको...
गायक बन्ने कि ?
- Get link
- X
- Other Apps
गायक बन्ने कि ? गायक बत्रे चाहना मेटाउन सजिलो छ तर गायक बत्र गारो छ । यसको मतलब सङ्गीत सम्बन्धी ज्ञानको अभाव हुनु नै हो । आजकालको जमाना नै कम्प्युटरको छ । जस्तो सुकै गीत गाए पनि कम्प्युटरबाट इडिट गरेर त्यो गीतलाई राम्रो त पार्न सकिन्छ तर त्यही गीतलाई जस्ताको तस्तै स्टेजमा गाउन सक्ने गायक नै भेटिंदैन । रेडियो नेपालबाट मात्र गीत बज्ने समयताका स्वर परीक्षामा मात्र पास भएकाहरूले गीत गाउन पाइन्थ्यो । जसले गर्दा त्यो समयताका सुगम सङ्गीतको राम्रो विकास भएको थियो तर अहिले च्याउ जस्तै उम्रेका एफ एम स्टेशनहरूमा जो कोहीको पनि गीत बजाउन पाइने भएकोले गर्दा श्रोताहरूले स्वस्थ मनोरञ्जन पाइरहेका छैनन् भन्दा दुईमत नहोला । जस्ले गर्दा सङ्गीतको स्तर ज्यादै खस्किएको अवस्थामा पुगेको छ । सङ्गीत राम्रो भयो भने सङ्गीतबाट रोग समेत निको हुन्छ भने सङ्गीत राम्रो भएन भने निरोगी व्यक्ति पनि बिरामी पर्न सक्छ । ऊबेला सङ्गीत स्वच्छ मनोरञ्जन हुन्थ्यो भने अहिले सस्तो मनोरञ्जन हुन गएको छ । नेपालको भन्दा धेरै सङ्गीतको विकास भएको सङ्गीतको उद्गम स्थान भारतको सन् ६०–७०को दशक ताकाको फिल्मी सङ्गीतभन्दा अहिलेको त्यहा...
देउवा सरकारका चुनौती
- Get link
- X
- Other Apps
सर्वोच्च अदालतको असार २८को फैसलापछि ओलीको एकलौटी सर्वसत्तावादी केपी ओली प्रवृत्तिको व्यक्तिगत राजनीतिको अन्त्य भएको छ । व्रह्मनालमा पुगेको संविधानको रक्षा भएको छ । यसको वाछिटा अझै आउनेछन् । यसबाट सजग हुनैपर्छ । जसरी केपी ओलीले एकलौटी रुपमा संविधानको वास्ता नगरी संसदको समर्थन नलिई निरन्तर अध्यादेशबाट शासन चलाए । त्यसको परिणामतः उनले कुर्सी जोगाउन सकेनन् । संविधाविनानै जसरी सत्ता चलाउन उद्दत भए पछिसम्म पनि यसको न्यायप्रेमी जनताले अघोषित कू भनी ओली सत्ताको कालो करतूतलाई विरोध गरि नै रहनेछन् । जसरी यस सर्वसत्तावाद विरुद्ध एमालेका माधव..झलनाथ समूह, जसपाका उपेन्द्र..बाबुराम समूह, माओवादी केन्द्र आदि पार्टीहरू लागे, त्यसैगरी मानवअधिकारवादी अनि नागरिक समाजहरू पनि गोलवद्ध भए । यसरी यी सबै समूह मिलेर मात्रै ओलीलाई परास्त गर्न सफल भए । यसरी नै देशको नवनिर्माणमा पनि यस एकतालाई डगमगिन नदिई अघि बढ्न सबैजना मिलेर विधिको शासन अङ्गाल्नु आजको टड्कारो आवश्यकता हो । नत्र यो कुर्सीको अभिप्सा मात्रै हुने छ । यस्तो गरेमा जनताले उनीहरूलाई पनि पछि माफी दिने छैनन् । यी सबै माथिका पार्टीहरूको लोकतन्त्...
मैले देखेको दलित
- Get link
- X
- Other Apps
दलित भनेको भेदभावमा पीडित, दलिएको व्यक्ति, पिल्सिएको व्यक्ति भन्ने बुझिन्छ । कुन क्षेत्रमा मात्र भेदभमाव छैन ? पाइला पाइलामा भेदभाव व्याप्त छ । दलित जातमा मात्र होइन हरेक क्षेत्रमा दलित छन् चाहे त्यो व्यक्ति जतिसुकै उच्च जातका किन नहोस् उसले पनि पिल्सिएर बाँच्नु परेको छ । आजको जायज आवाज दलितको आवाज आएको छ । जताततै छाएको छ । समाचार व्याप्त भएको छ । त्यस्तै दलितको कोटाका विरुद्ध पनि जायज आवाज आएको छ । कोटासम्बन्धी पनि जायज कुराहरू छन् । जस्तो कि कुरो मैले एसएलसी दिएको ०४२ सालतिरको हो । त्यो समय पढ्नका लागि टियूको सरकारी क्याम्पसहरू मात्रै थियो । म त्यो बेला इञ्जिनीयर पढ्न चाहन्थेँ । पुल्चोकमा मात्र इन्जिनीयरीङको क्याम्पस थियो । मैले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थिएँ । प्रथम श्रेणीमा उत्तीर्ण गर्नेहरू यत्ति थोरै थिए कि गोरखापत्रको आधी पृष्ठमात्र प्रथम श्रेणीकाहरूको सिम्बोल नम्बर थिए । त्यसमाथि राम्रो अङ्कले प्रथम श्रेणी ल्याउने त अत्यन्तै थोरै । त्यसमा म पनि थिएँ । हामीजस्ता प्रायःले कमर्श पढ्न वाध्य हुनुपर्यो । कारण थियो कोटा । त्यो कोटा दूर्गम भेगका लागि बढी हुन्थ्यो । काठमाडौँब...
जेठअसार अङ्कको मधुपर्क पढ्दा
- Get link
- X
- Other Apps
१) कथालाई भिन्न भिन्न कथाकारहरूले कुनै न कुनै संस्कृति, परिवेशमूलक समाजका कुराहरू उप्काएर समाजप्रतिको उत्तरदायित्त्व पुरा गरेको हुन्छ । , २) सञ्चारको क्रान्ति इन्टनेटले पनि साहित्यले एउटा नयाँ उचाइमा परिस्कृत गर्दै पु¥याइसकेको छ ।, ३) मधुपर्क साहित्यिक मासिकको ५३औँ वार्षिकोत्सव पारेर प्रकाशनमा आएको यो कथा सङ्ग्रह विशेषाङ्क कोरोनाको अवधिमा ज्यान गुमाएका साहित्यकार, कलाकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । यी माथिका ३ बुँदाहरू समेटी सम्पादकिय लेख बाट सुरुमा देख्न सकिन्छ । कोरोना कहरले मृत भएकाहरू सबैप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ...। कथा मेरो मनपर्ने विधा हो । पढ्न पनि अभिव्यक्त गर्न पनि अनि लेख्न पनि । मधुपर्कको जेठअसारको सँयुक्त अङ्क २५ कथा, २ कथाको परिभाषा, व्याख्या, ८ लघुकथा, नोवरीबट अनुदित १ कथा, थारुबाट अनुदित १ कथा र अन्त्यमा एउटा कथाकारको कथा अनुभव समेटिएका छन् । डा. विन्दु शर्माको “समकालीन नेपाली कथा नवीन आयाम र विमर्श” अनि रजनी ढकालको “आजका नेपाली कथामा समसामयिक चेतना” शीर्षकका आलेखहरू पढ्न पाइयो । यी कथाका व्याख्याहरू समाहित लेख नवआगन्तुक साहित्य प्रेमीहरूल...