Posts

लघुकथा :– युनिक हमाल

Image
  लघुकथा :– युनिक हमाल बिजु सुवेदी “विजय” मेरो एकजना अति नै मिल्ने सुरेश हमाल नाम गरेको साथी थियो । हामी स्कूल पढ्दादेखिका साथी थियौं । हामी दुईकाे रोल नंबर पनि स्कूलमा सधैं एक अङ्कले मात्रै फरक हुन्थ्यो त्यसैले पढ्नमा पनि हामी बीच निक्कै प्रतिस्पर्धा हुन्थ्यो । समयको अन्तराल सँगसँगै उसले क्याम्पस पढ्ने समयमा लभ गरेर बिहे गर्यो ।  केही समयपछि उसले एउटा छोरो पनि जन्मायो । उ यत्ति खुसी भएको थियो कि त्योभन्दा अगाडि ऊ त्यत्ति खुसी भएको मैले कहिल्यै देखेको थिइन । हुन त उसको लभ सफल भएको बेलामा पनि ऊ  अपार खुसी भएको थियो तर छोरो जन्मिँदा ऊ त्योभन्दा पनि बढी खुसी थियो लाग्थ्यो उसले संसारै जितेको थियो ।  एकदिन उसले अचानक मसँग जिद्दी गर्न थाल्यो कि उसको छोराको नाम उसको अति मिल्ने साथी भएको नाताले मैले नै राख्नुपर्छ रे ! तर उसकी श्रीमतीले भने “हामीहरू दुबै बुढाबुढीले नै राख्दा बेस हुन्छ ।” भनेकी थिई । अनि मैले आफ्नो घाँटीसम्म ल्याइसकेको उसको छोराको नाम नओकली कुनै  युनिक नाम राख्न सल्लाह दिएको थिएँ । बिचार हाम्रो भिन्न भएकाले दसबर्षे जनयुद्धको सुरुवातदेखि हामी छुट्टिएका थिय...

धुम्रपान त्यागौँ

धुम्रपानले जर्जर पारी लिन्छ ज्यान यो कुरालाई राम्ररी गरौँ सबले ध्यान आफु त फस्यौफस्यौ अरुलाई पनि अप्रत्यक्ष असर नपारी गरौँ मिलान समयमै खराब कुलत जानी त्यागौँ जिन्दगीदेखि बिछोडिई पुग्नु पर्ला चिहान स्वच्छ प्रकृतिबाट स्फुर्ति प्राप्त गर्न उछलकुद गरौँ हरेक बिहान आजको  २०२१मे ३१को विश्व धुम्रपान विरुद्धको दिवसको उपलक्षको शुभकामनासहित बिजु सुवेदी विजय

बेलाको बोली..... कि आज बुद्ध जयन्ती भनेर सबै ध्यानबाटै गर्ने कि ?

 बेलाको बोली..... कि आज बुद्ध जयन्ती भनेर सबै ध्यानबाटै गर्ने कि ? कोरोनाको दोस्रो लहर आइरहेको छ । लकडाउन आजभन्दा भोलि कडा हुँदै गइरहेको छ तरै पनि आम जनतामा हुलमुल बाँध्न नहुने भन्ने सचेतनाको कमी छताछुल्ल देखिन्छ । एक जना मानिस कतै जानै नहुने के गर्यो कसो गर्यो चासोले त्यतैतिर झुम्मिन आउन थाल्छन् । बजारमा यस्तो प्रायः देख्छु  । अलि सस्तोमस्तो पाइएला कि भनी भएजस्तो लाग्छ । यस्तो महामारीमा कसैले गफ गरेको सुनेमा त्यतै गुलियोमा झिँगा भन्केजस्तो केही रहस्य फुत्केला कि भन्ने आश अझै त्यतै उर्लेका जनमानसमा व्याप्त देख्न पाइन्छ । जनताले सबै एसएमएसका नियम अर्थात् सफाइ, मास्क, सामाजिक दूरी कडाइका साथ मानेका भए यो यसरी महामारीले उग्ररुप लिन पाउने नै थिएन , याने नौवत आउने थिएन । यता राज्यका सञ्चालकहरुमा पनि लकडाउन कडा पार्दै लानेबाहेक त्यति राम्रो प्राविधिकताको सुझबुझता देखा परिरहेको छैन । यदि उहाँहरुलाई सुझाव दिएमा लकडाउनको बिकल्प अझ कडा लकडाउन भन्छन् । बरु अझ सुव्यवस्थित लकडाउन नै हो भन्न किन हिचकिचाउँछन् ? सर्वसाधारणको कमाउ धन्दाको विकल्प खोइ ? पहिलो कोरोनाको लकडाउन २०७६ चैत १२बाट सुरु ...

ओशोः अचम्म जो मैले देखेँ...वोधीसत्त्व स्वामी आनन्द अरुण...पुस्तक पढ्दा जे देखेँ

Image
 ओशोः अचम्म जो मैले देखेँ...वोधीसत्त्व स्वामी आनन्द अरुण...पुस्तक पढ्दा जे देखेँ यस समालोचनात्मक लेखमा स्वामीजी भनेर अरुण स्वामीजीलाई र आचार्यजी भनेर भगवान  रजनीश ओशोलाई भनेको छु । उहाँहरु दुबैलाई सादर नमन गर्दै सुरु गरौँ यी भावनाहरुबाट । स्वामीजी देख्दा आफुलाई अनुभूति भएका कुराहरुबाट ।  स्वामीजीका मुग्ध, मन्द, लालित्ययुक्त निःस्वार्थ मुस्कानमा धेरै गहन रहस्यहरु छन् । त्यसले मलाई लोभ्याइरहनेछ । लठ्ठ्याइरहनेछ । यति परम आनन्दरूपी उहाँको सामिप्यमताले मजस्तो व्यक्ति कायल नहुने त कुरै भएन । यस्ता मधुर अनि मर्मस्पर्शीता उहाँको तस्विरमा समेत झल्किन्छ । यति सम्म कि उहाँले बोलेका प्रवचनहरु एफ. एम.को रेडियोमा सुन्दा पनि, युट्युबमा हेरी अनुभूति गर्दा पनि यी माथि मैले आभास गरिएका कुराहरुको झल्को पाउँछु , अझ त्योभन्दा बढी उहाँका अभिव्यक्तिहरुले कुँदिएको “ओशोः अचम्म जो मैले देखेँ ” पुस्तक पढ्न पाउँदा खुसीले आँसु बगाइरहेको छु । जिन्दगीमा मैले पनि धेरै भूल गरेको छु । त्यसलाई मैले हिँड्न नजानेर लडेको रुपमा कतिपय ठाउँमा अभिव्यक्त गरेको छु । नलड्ने प्रण गरेको छु । उहाँले पनि धेरै भूल गर्नुभ...

बेलाको बोली ....को कति पानीमा ? रातको ९ बजे तय हुनेछ ।

प्रतिगमणले जित्छ या अग्रगमणले जित्छ ? नेता अघि बढेर आफ्नो स्वार्थमा लाग्छ कि ? नेता पछि हटेर देशलाई अघि बढाउँछ ? आज यिनै आरोह अवरोहको रस्साकस्सीको टग अफ वारको नतिजा रातको ९बजेभित्र नेपाली जनताले पाउनेछन् । अनि मात्रै जनताले परख गरेर राम्रा नेतालाई मात्रै राम्रो दृष्टिले हेर्नेछन् । अवश्य नै नेता अघि बढे पनि पछि गए पनि या यथास्थितिमा लागे पनि देशले अघि बढ्न पाउनुपर्छ । पहिलो कोरोना महामारीको लहरभन्दा यो दोस्रो कोरोनाको महामारी झनै सुनामी जसरी आइरहेका बेला पनि यसलाई बेपरवाह गरी नेताहरुको बार्गेनिङ सिलसिला कैयौँ समयदेखि भइरह्यो । नेतामा हुनुपर्ने गुण कसैमा देखिएन कि क्विक डिसिजन, राइट डिसिजन अनि फास्ट डिसिजन गरी यी तीनै एउटै नेतामा भेटएमा मात्रै राष्ट्रका लागि लाभकर हुने हो तर यहाँ के भइदियो भने यी नेताहरु सबै आफुआफुमै कोभन्दा को कम ? को लडाइँमै व्यस्त भइरहे । मुख्य समस्या कहाँबाट सुरु भयो भने प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्झौताबमोजिम अधि समय चलाउन दिने भनी गरिएको लिखित सम्झौता नटेरी आफैले चलाउन जुनसुकै हरक तगर्न तयार भइरहे । एकपछि अर्को गलत कदम चालिरहे । आफ्नो सत्ता ट...

बेलाको बोली आमा दिवसमा केही आफ्नै कुरा

जब गर्लफ्रेन्डले तेरो आमाको मुटु दे अनि म तँसँग विहे गर्छु भनिसकेपछि उसले त्यसै गर्दा । आफुलाई जन्म दिने आमाको मुटुबाट त्यो आवाज आउँछ कि बाबु अब तँ अब त खुसी भइस् हैन ? साँच्चिकै यस्ता महान् आमा पाउने सन्तानहरु सारै भाग्यशाली हुने नै भए र यसरी अवमूल्यन गर्नु पनि हुँदैन । वास्तबमा मैले आजसम्म आमाको ममत्त्वको कुनै केस्रा पनि अनुभव गर्न पाएको छैन । यस्ता महान आमा त्योभन्दा महान् जब बन्छिन् जसले देश र जनताका लागि शहीद हुँदा आफ्ना सन्तानप्रति गर्व गर्छिन् । अवश्य नै दुनियाँ सफल बनाउने महान् आमाहरु पनि हुनुहुन्छ जसका त्याग, तपस्या र बलिदानका गाथा जति बखान गरे पनि कम नै हुन्छ । मेरो विचारमा आज आमाका नाममा व्ल्याक मेलिङ गरी आमाको माया नपाएकाहरुलाई दशैँको तडकभडक जसरी तड्पाउनेहरुको पनि कमी छैन । उनीहरुको सदुबुद्धि पलाओस् । आमा त ती आमा हुन् जसले सबैसन्तानलाई बराबरी ममत्त्व बर्साउँछिन् । यदि जुन आमाले आफ्ना सन्तानले परपीडा हुने अनि नराम्रो काम  गरेकामा गर्व गर्छिन् त्यस्ता आमा हुनुभन्दा नभएकै जाति । हामीले हामीभन्दा साना अनि कमजोरहरु सबैलाई एउटी असल आमाले झैँ ममत्त्व वर्साउनु सक्नुपर्छ । एउटी...

कहिलेसम्म अनिर्णयको बन्दी ?

Image
  कहिलेसम्म अनिर्णयको बन्दी ? जनताले गणतन्त्रका लागि सदियौँदेखि पराकाष्ठासम्मको सङ्घर्ष गरे । अन्य देशको तुलनामा धेरैपछि हाम्रो देश नेपालमा पनि जनताले २०६५ जेठ १५मा गणतन्त्र स्थापना गरी विजयी सफलता प्राप्त गरे । फलस्वरूप जनप्रतिनिधिहरु सत्तामा पुगेपछि जनतालाई भुले । व्युरोक्रेसीहरु घुसखोरीमा लिप्त भई आफ्ना सञ्जाल सुदृढ पार्दै पुरानै सत्ता टिकाउन माहिर भइरह्यो । उनीहरुले खुला आकाशलाई जनताका लागि खुला जेलजस्तो बनाइदिए , बनाइरहेका छन् । नेताहरु राजनीतिक खिचातानीमै व्यस्त भइरहे । यिनै कुराहरुको सेरोफेरोमा रहेर गणतन्त्रको महामहोत्सवको सन्दर्भमा रहेर आफ्ना विचारहरु यसतर्फ डो¥याइरहेको छु । सदियौँदेखि दासता, निरङ्कुशता भोग्दै आएका नेपाली जनताको संबिधानसभाद्वारा राजतन्त्रको अन्त्य गर्ने २००६ सालदेखि भने चाहना मुखरित हुन थालेको थियो । राजा त्रिभुवनले पनि संबिधान सभालाई स्वीकारिसकेका थिए तर उनैले विवस भएर तुहाए । २००७ सालले पनि सफल भएन । राणाको सत्ता राजालाई सुम्पियो तर जनतालाई सुम्पिएन । चार सहिदलाई पुजे तर उनीहरूको माग ज्यूँकात्यूँ रह्यो । कांग्रेसका सबभन्दा बरिष्ठ तथा लोकप्रिय नेता बि.पी. ...