Posts

लोकतान्त्रिक पद्धतिमा ध्यान दिऊँ ।

 नयाँ वर्ष २०७८ले पाइला टेक्यो । अझै पनि हाम्रो देशमा राजनीतिक किचलो व्याप्त छ । यस्तो हुनुको कारण म नै सर्वेसर्वा हुँ , मेरो मात्रै कुर्सीमा बस्ने हक छ , मै मात्र जान्ने हुँ , सबैभन्दा ठुलो भनेको म नै हुँ भन्ने मानसिकताको धङ्धङी प्रमुख कारक तत्त्व हो । यस्तो मानसिकता अनि ढिपी सबैभन्दा पहिले हटाउनु आवश्यक छ ।  लोकतान्त्रिक पद्धतिअनुसार बहुमतीय पद्धतिलाई अङ्गीकार गर्न नसक्दा कोरोनाको महामारीका बीच यो वितेको २०७७ पुरै सत्ताको रस्साकस्सीको खिचातानीमै सम्पुर्णलाई तमासा देखाउँदैमा वित्यो । यसले गर्दा राजनीतिक दलहरु जहाँ विदेशमा सबै मिलेर महामारीमा राहतमा ध्यान केन्द्रित गरिरहेका बेला जनताका अत्यावश्यक कुराहरुतर्फ ध्यान दिनबाट सबै राजनीतक दलहरु चुके । सवै साधारण जनताहरु चुलुम्मै ऋणमा डुबिरहेका छन् । सर्वप्रथम यस्ता जनताहरुलाई राहतको प्याकेज ल्याउनु जरुरी छ । कृपया यसबारेमा ध्यान पु¥याइदिनुहुन विनम्र अनुरोध गर्दछु । तर राज्यमा बस्नेले मैले यति गरेँ, मैले उति गरेँ भनी आफैले आफैलाई प्रशंसा गरेता पनि ती मिथ्या भए अनि ती कुराहरु सर्वसाधारण जनताको दैलोसम्म पुग्न सकेन । यदि सबै राजनीतिमा ल...

दोस्रो कोरोनाबाट सचेत बनौँ ।

कोरोना महामारी मत्थर भएर अहिले फेरि बढ्दो ग्राफमा छ । अवश्य नै यो दोस्रो लहरको सुरुवाती चरण हो । अहिले कोरोनाको खोप लगाएकाहरुले दोस्रो पटक लगाएमा मात्रै त्यो प्रभावकारी हुन्छ । कोरोनाबाट त्रसित भएर, आतङ्कित भएर विश्वका प्रायः सबै देशहरुले लकडाउनले आफ्नो आर्थिक स्थिति धरासायी पारे । यसलाई हामीले चाहिनेभन्दा बढी चिन्यौँ । नेपाल यसबाट पनि अछुतो रहेन ।  अबको दोस्रो लहरमा हामीले धेरै नै सावधानी अपनाउनुपर्ने देखिन्छ । विश्वका अन्य देशमा चौँथो लहरसम्म फैलिएको उदाहरण हामी सामु साक्षी छन् । त्यसैले यसलाई हेलचेक्र्याँइँ गर्नु हुँदैन । भारतमा दोस्रो लहरले उग्र रुप लिइरहेको छ । त्यहाँबाट त्रसितहरु पहिले जस्तै नेपाल पसिरहेका छन् । यसलाई सही व्यवस्थापन गर्न सकिएन भने यसले ठुलो महामारीको रुप लिन कत्ति पनि बेर लाग्दैन । भनिन्छ नि “रोग लाग्नु भन्दा त्यसको कारणलाई नै आउन नदिने सावधानी अपनाउनु पर्छ ।” यसका लागि सदैव होशियारी हामी सबैमा हुनु नितान्त जरुरी छ ।  यसका लागि भारतको सिमा नाकामा कडाइ गर्नुपर्ने देखिन्छ । मास्क, सरसफाइ, सामाजिक दूरी कडाइका साथ पालन गर्नुपर्छ । विद्यालयलाई अनलाइनमै पढाइ ग...

जय शिव दिन

Image
“आज त मेरो दिन ! मर्त्यमण्डलमा मनाउनुप¥यो तर यी मनुवाहरूले शिवरात्रि भन्दै यो मनाइरहे अद्यापि । जेसुकै होस् म अब सतीदेवी रूपी पार्वतीजीलाई छोडी सुटुक्क मर्त्यमण्डलमा जान्छु भन्दै ध्यानदृष्टिको यन्त्रमा यी अक्षरहरूका वाटिका छोड्दै पत्रात्मक आग्रह गर्दै कैलाशबाट म वायु अनि प्रकाशभन्दा छिटो गतिमा ट्याम् ट्याम् स्वर निस्किएपछि फुर्र फुर्र पुतलीजस्तो आकारबाट ठुलो हुँदै मानव शरीरधारि तुरुन्तै शिवको गतिविधि हेर्नलाई उत्रिएँ । डोरी रज्जु पासोजस्तो लिलीविली, बच्चाबच्ची, ट्याम्केट्यामकी, नानानानी, भुराभुरी, चिचिले, चञ्चले, नानीहरू मलाई बाटो छेक्न आए । अचम्म मेरो यहाँ उताको जस्तो चामत्कारिक शक्ति रहेन । यहाँ पापको बिब्लेटाको घडा भरेको आभास पाएँ । उनीहरूले पैसा नदिई रज्जुको बाधा अड्काऊ नफुकाउने भनिरहे । मेरो चिन्तामणि झोला सुम्सु्म्याएँ । यो पाप नगरीमा यसले पनि केही स्वर्गीय आनन्दका परम् आनन्दिय कुनै पनि तत्त्वहरूको सर्जाम जुटाउन सकेन । “ए भोले बाजे ! जटाधारी साधुवाला ! दे पैसा । शिवजीलाई जाडो भो । दाउरा किन्नु पर्यो । पैसा दे । अव त अति भो । रातमा आएर हलुवा पुरी प्रसाद खाने भए पैसा दे । अव त अति ...

सवोच्च अदालतलाई छिट्टै फैसलाका लागि अनुरोध

 सवोच्च अदालतलाई छिट्टै फैसलाका लागि अनुरोध ! सबैको आशाको केन्द्र पनि न्यायालय नै हो । शाही आयोगलाई पनि कानुनसम्मत किसिमले असफल सिद्ध पार्न सक्ने गौरवशाली फैसला गरिसकेको न्यायालय भएकाले अहिले सबैको आँखा यहीँ केन्द्रीत छ । प्रधानन्यायाधीशले लगातार बहस चलाएरै भए पनि तुरुन्तै न्याय दिलाइदिनुहुन अनुरोध गर्दछु । आम जनसमुदायहरु ! सर्वोच्च अदालतले पनि जनभावनाको कदर हुने गरी फैसला हुने जरुरी भइसकेको छ । लोकतन्त्र, विधिको शासन अनि अभिव्यक्ति स्वतन्त्रता कायम गराउन खबरदारी गरौँ । असंवैधानिक रुपमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी चुनावको घोषणा गरेको एक महिना हुन आँट्यो । फैसला गर्न खुट्टा कमाउनु भएन । सारा जनता साथमा छन् । यो देशको संविधानभन्दा माथि कोही गएको छ । एक महिना हुनलाग्यो । अब यसप्रति ध्यान लगाउनु जरुरी भएको छ । यो अत्यन्तै गम्भिर विषय हो । देशलाई बरवादी हुनबाट जोगाउन र देशलाई पछि धकेल्नुभन्दा अगाडि संविधानसम्मत ढङ्गबाट हाम्रो कलिलो गणतन्त्रमाथि आँच आउन नदिन तत्कालै फैसला गरिदिनुहुन जोडदार माग गर्दछु । साथै सबै आम जनसमुदायहरु संविधानसङ्गत भएर लागिदिनुहुन पनि अनु...

सर्वोच्च अदालतलाई अनुरोध

अहिले सबैको आशाको केन्द्र सर्वोच्च अदालत भएको छ । लोकतन्त्रको रक्षाका लागि कानुनविद्, बुद्धिजीवी, नागरिकअगुवा, प्रमुख पार्टीका नेतृत्त्वगणहरूका विचारहरू समेटेर आफ्ना पनि केही सुझाव समेटी यो लेखमार्फत आफुले देश र जनताका हितका लागि गर्नैपर्ने कर्तव्य सम्झी यो लेख तयार पारेको छु । मनन गरी व्यवहारमा पनि लागु गरिदिनुहुन सबै कर्तव्यपथमा लम्केका जनताहरूलाई म आम नागरिकका तर्फबाट यहीँबाट आह्वान गर्दछु । अहिलेका नेपाल सरकार एवम् प्रधानमन्त्रीलाई आग्रह छ, “सदियौँदेखिको राजनीतिक द्वन्द्वको किचलो समाधानको सञ्जीवनी लोकतन्त्र हो, यसको उपहास गरी विषवमन नगरौँ । द्वन्द्वमा पिल्सिएकाहरूका घाउ अझै आलै छन् । यसलाई खेलबाड गरी लोकतन्त्रको उपहास नगरौँ । अल्पमतमा परेको सरकारले अर्को सरकार गठन हुने विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु र संसदको कार्यकाल पुरा नहुँदै चुनावमा  जानुपर्छ भनेर अहिलेको संविधानको कुनै पनि धारामा लेखिएको छैन ।” प्रचण्ड नेपाल र ओलीबिच मध्यमार्गी धार अपनाइरहेका बामदेव गौतम भन्दछन्, “म प्रधानमन्त्रीको कटु आलोचक हुँ । उनी विगत ४३वर्षदेखिका सहयोद्धा हुन् । कुनै पनि निर्णय गर्दा हामी...

#हिरासतबाटै_नेकपाका_नेताको_यस्तो_खुलासा_सुरक्षा_निकाय_माथी_गम्भीर_प्रश्न

Image
  #हिरासतबाटै_नेकपाका_नेताको_यस्तो_खुलासा_सुरक्षा_निकाय_माथी_गम्भीर_प्रश्न #नेपाल कम्युनिष्ट पार्टिका नेता अनिल शर्मा ‘विरही’ ले मानव अधिकार आयोगलाइ सम्बोधन गर्दै निवेदन लेखेका छन । साधारण तारिखमा छुटेलगत्तै पुनः प’क्राउ परी काभ्रेको हि’रासतमा भएका शर्माले हिरा’सत र जेलमा बन्दीहरूले भोग्नु परेको पि’डा,दुख र अन्यायको बारेमा मानवाधिकार आयोगको ध्यान आकर्षण गराउदै १३ बुद्धे समस्या राखेका छन । चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो। गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौँ, ललितपुर, नुवाकोट हुदै काभ्रे जिल्ला पुर्याएको छ । उनले लेखेको पत्र यस्तो छ श्रीमान् अध्यक्षज्यू, राष्ट्रिय मानवअधिकार आयोग पुलचोक, ललितपुर । विषय आवश्यक कारबाही गरिपाऊँ महोदय, उपर्युक्त सन्दर्भमा म २०७७ वैशाख २३ गते घरमा दु’र्घटनामा परी मेरुदण्डको हाड र बाँया गोडामा चो’ट लागेको कारण कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) चितवनमा उपचार गराइरहेको अवस्थाम...

Anti-corruption Day 9th Dec 2020को शुभकामना कसलाई दिने ?

Anti-corruption Day 9th Dec 2020को शुभकामना कसलाई दिने ? डाक्टरमा सेवाभाव नहुनु, अस्पतालभन्दा क्लिनिकमा प्राथमिकता दिनु । नर्स काम जानेर पनि विरामीभन्दा गफमा व्यस्त हुनु । कर्मचारीमा ढिलासुस्ती, विनाघुस काम नगर्नु, सैनिक प्रहरीहरुमा खेलमा मात्र ध्यान हुनु, शिक्षक÷प्राध्यापकमा नैतिकता नहुनु , ट्युसनलाई प्राथमिकता दिनु, नेतामा देश जनताप्रति वफादार नहुनु, व्यापार जस्तो आफ्नो फाइदाका लागि मात्र डट्नु । विद्यार्थी पढाइभन्दा मनोरञ्जनमुखी हुनु । खेलाडी देशका लागि भन्दा म्याच फिक्सिङमा मरिमेट्नु । मन्दिर अनैतिक काम गर्नेहरुको भगवानलाई घुस खुवाउने स्थल हुनु । पुजारी नैतिकवान मानिसभन्दा पैसावाल मानिसप्रति वफादार हुनु । पत्रकार, साहित्यकार आफ्नो गुटको मात्र हाइहाइ गर्नु । गाडी चालक भाडाभन्दा बढी रकम असुल्नमा केन्द्रित हुनु अनि गन्तव्यमा समयमा नपुगाउनु । मजदुर श्रमभन्दा साहु खुसी पार्नमा मरिमेटिरहनु । घरपट्टी भाडा मात्रै असुल्ने बसीबसी अरु काम नगरी थोरै भाडा लिएको सम्झौता देखाई कर पनि भाडावालालाई तिर्न लगाउनु । पसल गर्ने व्यापारीको मूल्य निर्धारण नहुनु अनि जति मनलाग्यो उतिमा सामान बेच्नु । कलाकार...