जय शिव दिन
“आज त मेरो दिन ! मर्त्यमण्डलमा मनाउनुप¥यो तर यी मनुवाहरूले शिवरात्रि भन्दै यो मनाइरहे अद्यापि । जेसुकै होस् म अब सतीदेवी रूपी पार्वतीजीलाई छोडी सुटुक्क मर्त्यमण्डलमा जान्छु भन्दै ध्यानदृष्टिको यन्त्रमा यी अक्षरहरूका वाटिका छोड्दै पत्रात्मक आग्रह गर्दै कैलाशबाट म वायु अनि प्रकाशभन्दा छिटो गतिमा ट्याम् ट्याम् स्वर निस्किएपछि फुर्र फुर्र पुतलीजस्तो आकारबाट ठुलो हुँदै मानव शरीरधारि तुरुन्तै शिवको गतिविधि हेर्नलाई उत्रिएँ । डोरी रज्जु पासोजस्तो लिलीविली, बच्चाबच्ची, ट्याम्केट्यामकी, नानानानी, भुराभुरी, चिचिले, चञ्चले, नानीहरू मलाई बाटो छेक्न आए । अचम्म मेरो यहाँ उताको जस्तो चामत्कारिक शक्ति रहेन । यहाँ पापको बिब्लेटाको घडा भरेको आभास पाएँ । उनीहरूले पैसा नदिई रज्जुको बाधा अड्काऊ नफुकाउने भनिरहे । मेरो चिन्तामणि झोला सुम्सु्म्याएँ । यो पाप नगरीमा यसले पनि केही स्वर्गीय आनन्दका परम् आनन्दिय कुनै पनि तत्त्वहरूको सर्जाम जुटाउन सकेन । “ए भोले बाजे ! जटाधारी साधुवाला ! दे पैसा । शिवजीलाई जाडो भो । दाउरा किन्नु पर्यो । पैसा दे । अव त अति भो । रातमा आएर हलुवा पुरी प्रसाद खाने भए पैसा दे । अव त अति ...