Posts

सर्वसाधारण, कोरोना र ठूलो चाड

लकडाउनको समयभन्दा अनि निषेधाज्ञाको समयभन्दा अहिले विश्वका प्राःय ठाउाहरुलाई कोरोनाले गाँजेको छ । निर्मूल भयो भनी पार पायो भनेका ठाउँहरुमा पनि दोस्रो चरणको महामारी भनी उनीहरु सजग भइरहेका छन् । यो भाइरसको प्रकृति, प्रवृत्ति बारे अझै वैज्ञानिकहरु निक्र्यौलमा पुग्न सकिरहेका छैनन् । रातदिन अनुसन्धानरत छन् । उपचारको औषधि पत्ता लगाउन अब थोरै समयमात्र बाँकी छ भन्ने समाचारहरु पनि बाहिर आइरहेका छन् । केही ठाउँमा भने पत्ता लागेर पनि परीक्षणपछि सार्वजनिकीकरण गर्ने भन्ने समाचार आइरहेका छन् । यस्तोमा सकारात्मक कुराको पर्खाइ गरेर सजग रहनुबाहेक अरु उपाय देखिँदैन । यस्तोमा हाम्रो देशमा सक्नेले परीक्षण गर्छन्, सामाजिक सञ्जालमा आफ्नो मैमत्त प्रदर्शन गर्छन् । नसक्नेलाई राज्यले परीक्षण गर्छ भनी सञ्चार माध्यमले फलाकिरहन्छन् तर फगत बोलीको मात्र । व्यवहारमा त्यो लागू नभएपछि सर्वसाधारण जनता हतोत्साही बन्न पुग्छन्, किनकी उनीहरुसँग यो महामारीको मन्दीको समयमा, खाना जोहो गर्ने सुद्ध पैसा हुँदैन । उनीहरुको १...१ पैसा अनमोल हुन्छ । यस्तोमा फेरि सञ्चार माध्यमले सकेसम्म खानाले ठेल्दा पनि इमिनिटी पावर बढी हुन्छ भनी गरी...

गजल : सत्ता फेरिएन

गथ्र्यो पञ्चायतले शोषणको सास्ती उधूम ! आँधी झैँ उर्लिन्थ्यो पहिले तानाशाही हुकुम ! क्रान्ति भयो रे तर पाउ यत्ति सारो मल्नु पर्ने कि भन्दैछन् सबै रैती बनी “को पहिले भुकुम ?” बोतल फरक रक्सी उही, भन्नैपर्ने सरकार ! अझै फरमान आउने ठाउँ भयो अब रोल्पारुकुम । जताततै भयो राजनीतिको दुर्गन्धित फोहोरी खेल खोजिरहेछु वुद्धको देशमा “खै कहाँ छ कुसुम ?” घरको चेलीबेटी नै असुरक्षित हुन थालेपछि लाग्छ भाला खुँडो लिएर रातभरि ढुकुम ।   बिजु सुवेदी विजय २०२० अक्टोबर २१ प्रतिक्रियाका लागि bijusubedi@gmail.com

Mysterious creature

  Mysterious creature By Prabhat Subedi The universe is very big .Inside the universe many mysterious things are hidden .The universe itself is a mystery .It does not have end. Inside the universe there are in infinite galaxies infinite planets and infinite stars but we know about only one planet which has life in it. Yes it is earth. But there may be other planet which may have life in it. It is 30 th century the technology here is of very advanced. In this age people do not have to work manually. All the work is done by their assistant robots. The road here is just filled with robotic devices.   As I mentioned all the works of humans are done by robots. So people do not have to outside to work. All the humans are like captured in their own house. The students are just graduated in 12 years with the help of robotic devices. The children here are not allowed to play games. After graduating children are forced to make more advanced technology to make this age more scien...

विज्ञान कथा ः— रहस्यमय जीव

 विज्ञान कथा ः— रहस्यमय जीव कथाकार प्रभात सुवेदी ब्रह्माण्ड धेरै ठूलो छ । ब्रह्माण्डभित्र धेरै रहस्यमय कुराहरु लुकेका छन् । ब्रह्माण्ड आफैं एक रहस्य हो ।.यसको अन्त छैन । यो अनन्त छ । ब्रह्माण्डभित्र अनन्त आकाशगंगा अनन्त ग्रहहरु र असीमित ताराहरु छन् तर हामी केवल एउटा ग्रहको बारेमा जान्छौं, जसमा जीवन छ  । हो यो पृथ्वी हो । तर अन्य ग्रहहरू पनि छन् जुनमा जीवन हुनसक्छ  । यो ३०औँं शताब्दी हो । यहाँको प्रविधि एकदम उन्नत छ । यस युगमा व्यक्तिले हातले काम गर्नुपर्दैन । सबै कामहरू तिनीहरूका सहायक रोबोटहरूद्वारा गरिन्छ । यहाँको रोड, बस रोबोटिक उपकरणहरूले भरिएका छन् । जस्तो मैले उल्लेख गरें मानिसका सबै काम रोबोटद्वारा गरिन्छ । त्यसो भएर मानिसहरूलाई काम गर्न बाहिर जानु पर्दैन । सबै मानिसहरु आफ्नै घरमा कैदमा परेजस्ता छन् । विद्यार्थीहरू केवल १२ बर्षमा रोबोटिक उपकरणहरूको साथ स्नातक गर्दछन् । यहाँ बच्चाहरूलाई खेल खेल्न अनुमति छैन । स्नातकपछि बच्चाहरू यस युगलाई अधिक वैज्ञानिक बनाउन अझ उन्नत प्रविधि अपनाउन बाध्य छन् । कसैलाई पनि उनीहरूको नियम र कानून तोड्न अनुमति छैन । यदि कुनै नियमहरू तोडि...

एसएमएस पालना गरौँ

दृष्य क एउटा ठेलामा तरकारी बेच्न राखिएको थियो । तरकारी नकिनी ठेला समाएर १०.....१२जना गफमा मस्त थिए । मैले तरकारीको मोल सोधेँ, व्यापारकै मतलब नगरी सुन्याजस्तै गरेनन् बरु अरु गफ गरिरहे । मैले उनीहरुको गफमा ध्यान नदिई पाइला अन्तै मोडेँ । गफ गर्नेहरुमा २ जनाको मास्क पनि थिएन । दृष्य ख एउटा साइकलमा साग बेच्न राखिएको थियो । बेपारी उदास देखिन्थ्यो । मैले सागको मोल सोधेँ, एउटा बाइक राकियो उसले बाइकबाटै कति भन्छ यसले भनी मलाई सोध्यो । मैले अन्य पसलतिर पाइला मोडेँ । अरु तरकारी किनेर आइसकेपछि त्यो सागवालाको उदास चेहरा गढ्यो र साग एकमुठा दिनुस् भनी पैसा दिएँ । फेरि बाइक ठ्याक्क मलाई छेक्ने गरी आइपुग्यो र भन्यो मलाई २ मुठा है ? अन्य ३....४ ग्रुपले पनि तुरुन्ता तुरुन्तै छानेर किनुन्जेल म उम्केर सडकको पारि पुगिसकेको थिएँ । मैले उनीहरुतिर नियालेँ साग किन्नेबाहेक उनीहरु फेरि अन्य गफमा मस्त भइरहेका थिए । दृष्य ग फेरि दूध किन्न गएँ । डेरीमा म जानुभन्दा अगाडि किन्नेहरु कोही थिएनन् । जब मैले आधालिटर दूध हालिदिनुस् भनेँ, मलाई नै धकेली एकजना एकलिटर दूध किन्न आइपुग्यो । डेरीवालाले उसलाई दूध दिएपछि मात्रै मलाई...

भोको पेटको समस्या पहिले समाधान हुनुपर्छ ।

नेपालका स्वदेशका २० लाख मजदूरहरु बेरोजगार भएको ६ महिना भइसक्यो । उनीहरुले यही कमाइले छोराछोरीको फिस तिर्ने र परिवारको छाक टार्ने गर्दै आएका थिए । आज विहान टुडिँखेलमा देखेको थिएँ कि कोही ४ दिन, कोही ७ दिन, कोही ८ दिन भो खाना पेटमा नपठाएको भनी भोकले ढल्लाजस्तो भई थररर काँपी भनिरहँदा कसको मन नरोला ? त्यहाँ युवाहरुले स्वतस्फुर्त रुपमा दैनिक २०० जनालाई लकडाउनको समयदेखि खाना खुवाउँदै थिए । ती युवाहरुले भनिरहेका थिए “भोलि पनि खाना ल्याइदिनुस् न है बाबु ? भनी आफुले अभिभावक भन्नुपर्ने व्यक्तिले गुहार्दा कसको मन विक्षिप्त नहोला ? कस्तो ! आत्मा, मनमुटु नभएको सरकार ! गरिवको पार्टी भनी यिनै जनताको भोटले २ तिहाइको सरकार बनाए । उनै सरकारले पेटमा लात हाने । कान्तिपुर, नयाँपत्रिका, अन्नपुर्णपोस्ट आदि तथा टिभीहरुमा पनि यस्ता समाचारहरु आइएसके । सरकारको कानको आँखाको उपचार गर्नुपर्यो ।” लकडाउन खोल्दा पनि अब त मजदूरको रोजगारको ग्यारेन्टी हुने कुनै छाँट छैंन । अफिस सञ्चालन गर्ने साहूहरु भित्रभित्रको सस्तो कोठामा अफिसका सबै समानहरु थन्क्याएर बेपत्ता भइसके । अनौपचारिक तथ्याङ्कअनुसार आजसम्म ८० जना खाना खान नपाई...

जनता नछुट्टिने गरी जुटुन् । ग ज ल ।

हाम्रो नाता टुटे पनि टुटुन् । डबल पार्टी फुटे पनि फुटुन् ।। देश र जनता न्यायको पक्षमा, कहिल्यै नछुट्टिने गरी जुटुन् । यत्ति प्रगाढ होस् कि मित्रता, छिमेकीले फेरि फेरि नलुटुन् । सबैको घरको चुल्हो बलुन् , कोही पनि भोकमरी नपरुन् । सगरमाथाको शिर उच्च राख्न, सधैँभरि आफैँ पौरख गरी उठुन् । २०७७ असार २९ बिजु सुवेदी विजय bijusubedi@gmail.com