जनता नछुट्टिने गरी जुटुन् । ग ज ल ।

हाम्रो नाता टुटे पनि टुटुन् ।
डबल पार्टी फुटे पनि फुटुन् ।।

देश र जनता न्यायको पक्षमा,
कहिल्यै नछुट्टिने गरी जुटुन् ।

यत्ति प्रगाढ होस् कि मित्रता,
छिमेकीले फेरि फेरि नलुटुन् ।

सबैको घरको चुल्हो बलुन् ,
कोही पनि भोकमरी नपरुन् ।

सगरमाथाको शिर उच्च राख्न,
सधैँभरि आफैँ पौरख गरी उठुन् ।

२०७७ असार २९
बिजु सुवेदी विजय
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा