Posts

नारी तिमी उठ

नोभेम्म्बर २६देखि डिसेम्बर १०सम्म महिला हिँसा विरुद्धको १६ दिने अभियान सुरु भइसकेको छ  । यो अभियान वर्षैभरि शसक्त रुपमा हुनु जरुरी छ । यसै मेसोमा आज तेस्रो दिन २८ डिसेम्बरको लागि यो रचना “ नारी तिमी उठ” प्रस्तुत छ । नारी तिमी उठ एउटी नारी शिक्षित भए परिवारलाई मात्र होइन पिँढीलाई पनि शिक्षित बनाउन सक्छिन् त्यसैले नारी विकास हुन् नारीलाई दूर दराजमा होइन पुरुषसँगै समानान्तरमा ल्याउनुपर्छ नारीले संसार राम्रो बनाउन सक्छिन् कठोर अत्याचार हुँदा धेरैधेरै तलसम्म गिराउँदा स्नेही भनेर शान्तिका प्रतिक भनेर सशनशीला भनेर धेरै खप्की खाएर बस्नु हुन्न अब नारी मौन मात्र हुनुहुन्न आज इज्जतका खानी नारी नै हुन् पुरुषले यसबाट सिक्नुसक्नुपर्छ नारीले पनि आवाज उठाउनुपर्छ नारीले सबैलाई मातृत्व प्रेमले हुर्काए तर मातालाई सम्मान गर्दैनन् सन्तानहरु नारीमाथि भेदभाव व्याप्त छ यो दुषित पर्दालाई च्यात्नुपर्छ नारीकै उत्प्रेरणाले ठुलाठुला नेता जन्मिए नारीकै रेखदेखमा नारीकै हेरचाहमा ठूलाठूला ऋषि–महर्षि भए नारीकै आडमा धरै व्यक्ति माथि पुगे तैपनि पुरुष प्रधान समाज छ पुरुष प्रधान इतिहास छ नारी सङ्कुचित बनाइएकी छ तर छैन...

नारी तिमी अघि बढ

नोभेम्म्बर २६देखि डिसेम्बर १०सम्म महिला हिँसा विरुद्धको १६ दिने अभियान सुरु भइसकेको छ  । यो अभियान वर्षैभरि शसक्त रुपमा हुनु जरुरी छ । यसै मेसोमा आज तेस्रो दिन २७ डिसेम्बरको लागि यो रचना “नारी तिमी अघि बढ” प्रस्तुत छ । नारी तिमी अघि बढ कति अँध्यारामै रम्ने बानी गर्ने उज्यालो पाटो पनि धेरै छन् हेर्नैै पर्छ त्यहाँ तिमीले घाम छ, जुनेली उज्यालो रात छ पुरुष जत्तिकै प्रकृतिकै वरदान छ नारीको समाधानका लागि एनजिओहरु छन् जागरण कार्यक्रमहरु छन् डलरको खेती खुबै गर्छन् नारीका समस्या ज्युा का त्युँ नै छन् त्यसैले आफैँ उठ्नुपर्छ एक नारीका लागि सबै जुर्मुराउनु पर्छ सबैको हक त्यहीँबाट आउँछ कुनै कुरामा कमी छैन गम्भीर मात्र बन्ने होइन समस्यासँग जुझ्ने बानी हुनुपर्छ हातमा हात मिलाउनुपर्छ काधमा काँध मिलाउनुपर्छं शहरकी दिदबिहिनी मात्र नारी होइनन् ग्रामीण आमा पनि नारी नै हुन् उनलाई पनि त्यत्ति नै हक छ जत्ति तिमीलाई छ कानुनमा न्याय छ सबैलाई ज्ञान छ आज कुन्नि के भएर कहिँ कतै पनि स्वतन्त्रता छैन समानता छैन सामाजिकता छैन पितृसत्ताको विभेद व्याप्त छ रुढिवाद छ अन्यौल छ दुराचार छ कतै बोक्सी बनाइएकी छ कतै छाउगो...

“नारी के हो त्यो बुझौ ”

नोभेम्म्बर २६देखि डिसेम्बर १०सम्म महिला हिँसा विरुद्धको १६ दिने अभियान सुरु भइसकेको छ  । यो अभियान वर्षैभरि शसक्त रुपमा हुनु जरुरी छ । यसै मेसोमा आज दोस्रो दिन २६डिसेम्बरको लागि यो रचना “नारी के हो त्यो बुझौ ” प्रस्तुत छ । नारी यहाँ छन् उपभोग्य बस्तु चुल्हो चौको उनैले खट्छिन् घरको काम दिनरात गर्छिन् जवान भएपछि अर्कै जात हुन्छिन् काम गर्दागर्दा सास फेर्न पाउँदिनन् घर फर्कँदा ढिलो आउने छुट हुँदैन दिनरात पसिना बगाउँदा पनि सघाउने कोही पुरुष त के ! सासु, नन्द एकएक हिसाक निफन्छन् नारीको अधिकार शाष्ने नारी नै हुन्छिन् नारी यहाँ छन् बजारमा सजावटमा जति राम्री उत्ती हेराइको शुल्क कतै मिस नेपालमा कतै मिस वल्र्डमा कतै ब्रम्हाण्ड सुन्दरीमा नारी यहाँ छन् डिपार्टमेन्टल स्टोरमा जति राम्री नारी उत्ति उपभोग्य सामान किन्नेको ओइरो नारी विकाउ छ कार्यालयमा कहीँ सेक्रेटरीमा कहीँ पुछपाछमा नारी बिकाउ छ गाडीमा जहाँ नारीले चढ्छिन् त्यहीँ देख्दा भलाद्मी सजिसजाउ , सेन्टको बासनायुक्त पुरुषको धमधमी गाडी यात्रुले भरिभराउ कोचाकोच, खाँदाखाँद अस्मिताको बरबादीमा ट्राफिक नियम हावा...

“फूल तिमी बिद्रोह गर”

आज नोभेम्म्बर २५देखि डिसेम्बर १०सम्म महिला हिँसा विरुद्धको १६ दिने अभियान सुरु हुँदैछ । यो अभियान वर्षैभरि शसक्त रुपमा हुनु जरुरी छ । यसै मेसोमा मैले लेखेको र मलाई यस कविता लेखनपछि साहित्यमा तथा लेखनमा निरँतरता लिइरहेको छु । प्रस्तुत छ  यसै  महिला हिँसा विरुद्धको अभियानको मेसोमा यो “फूल तिमी बिद्रोह गर” शीर्षकको यो कविता । हे पूmल ! तिमी सृष्टिको अत्यन्तै सुन्दर सिर्जना । तिमी बगैंचाको शोभा । पृथ्वीको देदीप्यमान । तर तिमीलाई चुँडेर देवताको पाउमा गर्छ सेवा । के यो सेवा हो ? देवताको सुन्दर रचना तिमी तिमीलाई लुछेर शिरमा किन राख्दछ ? सृष्टिको शोभामा किन यत्ति बवण्डर ? हे ! हिँस्रक समाज । यो वलिभन्दा भयो ठूलो घात । तिमलिाई लुक्ष्दा रुन्छ मेरो मन । तिमीलाई लुक्ष्दा सुरम्य प्रकृति हुन्छ रोदन । के यस्तो थाहा छ भक्तहरुलाई ? तिमीहरु भक्त होइनौ । तिमीहरु अभक्तको उँचाइमा चढ्दै छौ । सुन्दर सृष्टिलाई अझ सून्दर बनाऊ । अनि पो खुशि हुन्छन् भगवान । अनि पो प्रकृति–देव हुँदैनन् छटपट । फूल लुक्षिँदा म सधैँ रुने गर्दछु । त्यस्तै हालत छ बम्बै बेश्यालयमा नारी पूmलको । कहिलेदेखि ! हे कहिलेदेखि ! पूmल...

My Loves Acceptance Before MarigeF

Image

वास्तविक लेखक

समाजमा दुईथरी लेखक हुन्छन् कोही कल्पनाशीलले लेख्छन् उनीहरु वर्षौ लगाएर पनि लेख्छन् अर्कातिर यस्ता लेखक पनि छन् जसले पीडामा विह्वल भएर पीडा शान्त पार्न लेख्छन् समाधान देखाउँछन् आफूजस्तै अरुको पनि त्यही रचनामा जस्तै प्रगतीपथतर्फ समाज लागोस् भन्ने चाहन्छन् पढेर समाज उँभो लाग्नेछ भनेर विश्वस्त हुन्छन् म दोस्रोमा परेकाहरुको कथा छ यो जब ऊ लेख्न बस्छ समय गएको पत्तै हुँदैन ऊ रचना तयार भई कर्तव्यपथतिर लम्किएकोमा गर्व गर्छ अँ यसबाट समाजलाई केही हुन्छ भनी फुर्किन्छ तर त्यो समय विताइमा घरको रुवावासी सम्हाल्न गाह्रो हुन्छ उसलाई कति जनाको त विमोचनमा श्रीमती पोइल गएकोले झस्किन्छ ऊ दुनियाँको पुस्तक पढ्ने समाज आफ्नै परिवारको सदस्यले पुस्तक निकाल्दा परिवारले साथ दिँदैन बेस्कन खुट्टा तान्छ प्रकाशन नगराउन घुक्र्याउँछ धम्क्याउँछ अहँ पटक्कै समर्थन हुँदैन साथीभाइ आफन्तले के काम गर्छस् भनी सोध्दा लेखनमा लागिरहेको छु भन्दा काम चाहीँ के गर्छस् नि भनी सोध्छ मैले जीवनकालमा मैले २५को हाराहारीम पुस्तक लेखिसकेँ एकाध दर्जन लेख पुस्तक आकारकै लामालामा लेखिसकेँ लेख तयार पार्दा पुस्तक तयार हुँदा अति अतिअति बेहोरेको छु ऊ...

आज कालरात्रिमा गर्नुपर्ने उपासना

बाममार्ग–आगमनिगम–तान्त्रिक पद्धति जे भने पनि त्यो विधि अनुसारको आराधना, शक्तिको उपासनामा पाठ पुजा जप तप अनि वलिप्रथा पनि छ । तर अहिले वलिप्रथा मात्र जोगिएको छ । यसले कदापि पनि उपासना पुर्ण हँदैन । जप, तप, पुजा, पाठ आदि गरेर विधिपुर्वक त्यो जीवको उद्धार गर्नु वलिप्रथा अन्तर्गत पर्दंछ । यस विधि अन्तर्गत पनि वलिको पुजापाठ सकिसेकपछि जीवलाई जीवनदान दिई जङ्गलमा छोड्ने चलन हो किनकी वलिको मासु त खानु हुँदैन भन्ने शास्त्रमा पनि उल्लेख छ । खालि हत्या मात्र गरेर पुजा गरेकाले यी बाममार्ग–आगमनिगम तान्त्रिक पद्धति लोप भइसकेको छ, विकृत भएको छ । अष्टमीको वलिदिने प्रथा स्वादसँग गाँसिन पुग्यो । नवरात्रको साधनासँग कसैको मन गएन । कलिको धर्म हुन्छ धर्म, न्याय, सत्य कमजोर बनाउनु तथा गलत, पाप, अत्याचार बढाउनु । यसैको दुष्प्रभावले साधना हत्याद्वारा भइरहेको छ  । पाठ, पुजा, जपतप गौण हुन थाल्यो । यसरी साधना कदापि पुर्ण हुँैदैन । झन् आजको महाअष्टमी त झनै विकृत बलिप्रथा गर्नैपर्ने हावि भएर देखावटी मासुको रवाफको चाड भइरहेको छ । त्यसैले यो खाने चाड कदापि होइन । आराधना नै गर्ने नै हो भने यसका लागि शरीरका लागि आ...