विश्व कविता दिवस
विश्व कविता दिवस बिजु सुवेदी “विजय” मैले हजारभन्दा बढी कविता लेखिसकेँ तर म कवि हुँ भन्ने घमण्ड चुर भयो त्यसैले ए कविहरु ! तिमीहरु पनि त्यहाँ हेर्न जाऊ जहाँ बच्चा दुधै नखाई जवान भइसकेको छ जहाँ गिट्टी कुटेर आमाको हात छलनी भएको छ कतिले पैसाका लागि आफ्नै बाबुको लाश बेच्नु परेको छ आफूले आफैलाई कमारा बनाई परिवार पाल्नु परेको छ बुद्धले जब दरबारकानु्न नमानी बाहिर निस्के तब दुःख के हो भन्ने बुझे ए कविहरु तिमीहरु पनि त्यसरी हेर्न जाओ वेदना प्रत्यक्ष केहो भनेर सत्ताको गुणगान कत्ति गछौं ? कति पुरस्कारको गुलामी गछौं हे नेताहरु ! कति गरिवका नाममा सभा , समारोह गर्छौ कति गरिबका नाममा डकाछौं के हो पीडा सम्बन्धित ठाउँमा प्रत्यक्ष हेर यो देखेर धर्तीमाता रोइरहेकी छिन् आर्टनाद सुन्ने कोही भएन यहाँ त्यसैले सुन कवि भनाउँदाहरु जब पीडितका पक्षमा बोल्न सक्दैनौ भने तिमीहरु कवि होइनौ तिमीहरु गद्दार हौ गुण्डाराजलाई गुण्डाराज भन्न हिम्मत गर अनि हुन्छौ तिमीहरु कवि अनि हुन्छ आज विश्वकविता दिवस मनाउनुको सार्थकता जुन कविताले भोकोका लागि भोजन देओस् प्यासीलाई अमृत देओस् जुन कविताले अन्यायलाई परास्त गरोस् त्यो हो...