लघु कथा :– को ठूलो ?
लघु कथा :– को ठूलो ? बिजु सुवेदी “विजय” गोपालीलाई सानैदेखि बाँसुरी बजाउन साह्रै मनपथ्र्यो । ठूलो भएपछि उनले बाँसुरी बजाउन ठूलाठूला बाँसुरीबादकहरुकहाँ चहारे र सिक्दै पनि गए । तर जत्ति सिक्दा पनि जुन गुरुबट पनि “अझै भएन, अझै भएन ” भन्ने मात्र गुनासो सुन्नु पथ्र्यो । हुनत गोपालीले प्रयास नगरेका होइनन् । तर गुरुले “यो मिलेन ऊ मिलेन” भनेकाले गर्दा उनले कुनै पनि कार्यक्रममा भाग लिएर धन आर्जन गर्न पाएनन् । मतलब उनीसँग आफूसँग प्रतिभा प्रचुर मात्रामा भएता पनि, प्रतिभा प्रष्फुटन गर्न भने पैसा खर्च गर्न सक्दैनथे न नै कुनै त्यस्ता आफूले अरुलाई समर्थन गर्ने र त्यसको बदलामा आफूलाई समर्थन गराउन कुनै तिकडम जानेका थिए । तर सङ्गितप्रतिको उनको लगाव तथा लगन प्रचुर मात्रामा भएकाले गर्दा उनले आफूले अवसर नपाएकाले दाह्री पालेर वैराग भएर बाँसुरी बजाएर बस्थे । यसरी उनी सधैँ कमाउने कुनै पनि काम छोडेर वैराग भएर बाँसुरी बजाएर बस्न थाले । यसैका कारण उनी कङ्गाल भइसकेका थिए । तर दिनको एकपटक आफूलाई मनपरेको बाँसुरी बजाएर बस्थे । एकदिन छाप्रोमा बसेर बाँसुरी बजाइरेका थिए, त्यो सुरीलो धुन सुनेर मानिसहरु...