पुस्तक प्रदर्शनी २०७३ असोज १५गतेसम्म “सत्य सङ्घर्षका कथाहरू” पनि उपलब्ध छ ।
छैठौं बृहद् पुस्तक प्रदर्शनी २०७३ असोज १५गतेसम्म भृकुटी मण्डप प्रदर्शनीमा भइरहेको छ । त्यहाँ स्टलमो रत्न पुस्तक भण्डार, बागबजारद्वारा प्रकाशित मेरो यस पुस्तक “सत्य सङ्घर्षका कथाहरू” पनि उपलब्ध छ । मेरा बारेमा बाहिर जे जस्ता सत्य—असत्य, आलोचना–मिथ्या, असल–खराब कुराहरु थाहा पाउनु भएता पनि यो पुस्तक पढिसक्नु भएपछि मेरा बारेमा सत्यतथ्य यो पो रहेछ भन्ने भेउ पाउनुहुनेछ भन्ने मैले आशा गरेको छु । मेरो यहाँहरुलाई शादर अनुरोध छ — मेरो यो “सत्य सङ्घर्षका कथाहरू” पुस्तक पढेर यसका बारेमा सटिक प्रतिक्रिया पाएँ भने अनुगृहित हुने थिएँ । त्यसै गरी अन्य साहित्यकार, लेखकहरुका बारेमा पनि यसरी नै अध्ययन गरिदिनुहुन पनि शादर अनुरोध छ । पठन सँस्कृतिको विकास गरौं । बौद्धिकताको विकास गर्रौं, विद्वताको प्रकाशले अन्धकारलाई सदा नामेट पारौं । पुस्तक पठनको विकास गरौं । २०७३ असोज ६ बिजु सुवेदी “विजय” bijusubedi@gmail.com