Posts

अङ्ग्रेजीमा पनि आयो "सत्य सङ्घर्षका कथाहरु" TRUE TALES OF STRUGGLE

विदेशी शुभचिन्तक साथीहरु पाठकहरुका लागि अङ्ग्रेजीमा पनि आयो लौ मेरो यो पुस्तक "सत्य सङ्घर्षका कथाहरु" TRUE TALES OF STRUGGLE https://ratnapustakinc.com/second2/fiction/anthologies-collections/romance/satya-shangharsa-ka-kathaharu.html

कथा :– बाबालाई पत्र

---------------------------------------------------------------------------------बिजु सुवेदी “विजय” बाबा तपाईं आरामै हुनुहुन्छ ? साह्रै खुसी लाग्यो । मलाई यति साह्रो तकलिफ गरेर हेरचाह गर्न फेरि आउनु भएकोमा । दुनियाँ स्वार्थी छ । तपाईंको मुसुमुसु चेहराको सम्झनाको झोँकाले तपाईं आउनु भो भन्ने थाहा पाएँ, मैले साथ पाएँ । तपाईंको दुनियाँ र मेरो दुनियाँ फरक छ । मैले तपाईंलाई भ्रूणको हत्या नगरौंबाट मेरो पहिलो सन्तानलाई भेटेसरी भेट्ने चाहना राखेको थिएँ तर त्यो बाटोमा जानु अगाडि नै तपाईं आइपुग्नु भो । यत्ति साह्रो आजसम्म पनि मलाई हेरचाह गर्नुहुन्छ । यो मैले सोचेको पनि छैन । तपाईंले सोच्नु होला मलाई कत्ति डर लाग्छ भनेर । तर होइन म कुनै पनि डर मान्दिन । बरु तपाईंको मुस्कान मलाई मनपर्छ । तपाईं अग्रज हुनुहुन्छ । तपाईंको भुसुनाको रुप देखेँ । तपाईंको बत्तीकीराको रुप देखेँ बिपनीमा भने सपनीमा लेटिएको उत्तराङ्ग सशरीर साक्षात दर्शन पाएँ । यो आजको संसारको चिढचिढापन सँग मलाई सरोकार छैन । म आज तपाईंको सामिप्यताले गर्दा धेरै नै एकाङ्कीपनबाट टाढा भएको छु । आज म तपाईंलाई धेरै सम्झिरहेको छु । तपाईं धरोहर...

गणतन्त्र

गणतन्त्र पैसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ साँच्चै आम जनताको दैलोमा  चाहिँ कहिले आउँछौ बालुवा चाल्ने कहाँ  चाहिँ कहिले आउँछौ गिट्टी कुट्ने कहाँ  चाहिँ कहिले आउँछौ मालिकको दासता भएको ठाउँमा  चाहिँ कहिले आउँछौ साँच्चै पैसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ राजतन्त्रेलाई धुलो चटायौ तर यहाँ सबै नेतामा राजामहाराजा बन्ने लालसा बढ्दै गएको छ होइन होइन कदापि होइन अरुलाई महाराजा बनाउन बलिदानीले गणतन्त्र ल्याएको होइन राजतन्त्रेले गद्दी छाडेपनि सम्पत्ति नेपाल सरकारको भएको छैन अहिले सम्म कसैको बाउले वास्ता गरेको छैन हे गणतन्त्र तिमीलाई कसैको राजतन्त्र स्विकार्य छैन मलाई पनि कसैको राजतन्त्र स्विकार्य छैन चाहे त्यो मलाई एकदमै मनपर्ने पार्टी किन नहोस् मलाई तिमीहरुको पनि राजतन्त्र स्विकार्य छैन यो मेरो गणतन्त्र प्रतिको निष्ठा हो गणतन्त्र एउटा युग बदल्ने आवाज हो गणतन्त्रको आवाजमा भिराइएका तगारोहरुबाट मुक्ति छ दासताको बन्धनबाट छुटकारा छ साँच्चै गणतन्त्र तिमी उन्मुक्ति हौ तिमी साङ्लो तोड्ने क्रान्तिकारी हौ तिमी पाउको जञ्जीर तोड्ने बाहक हौ त्यसैले तिमीले सबै ठाउँ आउनै पर्...

चन्द्रमा

Image
चन्द्रमा ए मेरो अति प्यारो चन्द्रमा तिमी सदैब मेरो साथ छौ तिमी मेरो प्रेरणा हौ तिम्रो साहस, अदम्य, गर्विलो छ तिमी एक सच्चा जिउँदो सहिद हौ तिमी मेरो हौसला हौ तिम्रो अगाडि मेरो परोपकार तृण बराबर छ अब तिमीसँग हातेमालो सबैले गर्नै पर्छ दिनका उजलो दिने त सबै छन् यहाँ अन्धकार हटाउन डट्ने तिमीमात्र छौ यस व्रम्हाण्डमा चन्द्रमा तिमी अन्धकार मेटाउन डट्छौ दिनहुँ तिमी काटिँदै जान्छौ तर तिमी पछि हट्दैनौ महिनाको एकचोटि पूर्णिमा जून बन्छौ अन्धकार मेटाउँछौ फेरि तिमीलाई ह्रास गरिन्छ औंशीमा पुर्याइन्छ अन्धकारको साम्राज्यले जित्छ फेरि तिमी डट्छौ खुर्पे जून भएर बढ्दै फेरि झललल पूर्णिमा ल्याउँछौ तर ताराहरुले साहस गर्दैनन् तिम्रो ह्रासको चक्रको पीडाले ! उज्यालो ल्याउन कोही साहस गर्दैनन् तिमी साँच्चिक्कै डट्छौ साँच्चै तिमी एक सच्चा क्रान्किारी हौ तिम्रो विचार महान् छ तिम्रो क्रियाकलाप महान छ तिमी उज्यालो ल्याउन हरदम डटिरहन्छौ यसरी नै डटौं आ–आफ्नो ठाउँमा सबैजना अवश्य नै अन्धकार र उज्यालोको रस्साकस्सी समाप्त हुनेछ अनि अन्धकार २४घण्टै हट्ने अवश्यम्भावी छ २०७३ जेष्ठ १२ बिजु स...

डटेर लौ जुट ( गीति कविता )

गीति कविता :– डटेर लौ जुट बिजु सुवेदी “विजय” लय :– ३ं+२, ३+२, ३+३ जम्मा १६ मात्रा दुःखी हो जाग, हकका लागि गर्जेर लौ उठ । नाप्पियो पाप बचाऊ धर्म डटेर लौ जुट ।। समान हुन दरिलो मुटु गर्नुछ सबले । पछाडि हटी डराई बस्न हुन्ननि अबले । भलाइ गर नगर आश कर्ममा लम्क न । फलको चिन्ता गरेर हुन्न पौरखी बन न । सहेर बसे हेप्नेछ सबले पाइन देखाऊ । एक भै जुटे हुनेछ शक्ति सगर समाऊ । कि बाँचे देख्छौ देशमा सदा प्रभाती फुलेको । कि मरे हुन्छौ कायर हुन्न सहिद देशको । २०७३ बैशाख २६ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

मातृऔंसीका दिन यही हरिहर को दर्शन र पूजा गर्दछन् ।

Image
आमा नहुने नरनारी यस मातृऔंसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा यही हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा वैशाख कृष्णपक्ष औंसी देशभर मातातीर्थ औंसी (मातृऔंसीका) रूपमा मनाइँदैछ। यस दिनलाई शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने उल्लेख गरिएको पाइन्छ । छोराछोरीले यस दिन बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् र कष्टकर काम सम्झने गर्दछन् । शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस दिन दिवङ्गत आमाको सम्झनामा थानकोट नजिक मातातीर्थमा ठूलो मेला लाग्छ । आमा नहुने नरनारी यस दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा यही हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्...

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को धेरै–धेरै शुभ–कामना व्यक्त गर्दछु ।

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को धेरै–धेरै शुभ–कामना व्यक्त गर्दछु । पहिले दास प्रथा थियो , मालिकसँग कुरा गर्दा पनि सजायँ पाइन्थ्यो,  मानव भएर पनि साङ्लोले बाँधिएर बस्नु पथ्र्यो । विश्वव्यापी परिवर्तनसँगै दास प्रथा हट्यो । तर राणा शासनमा पनि राणाहरुसँग पनि झुकेर, सरकार भनेर मात्र कुरा गर्न सकिन्थ्यो । तर त्यसपछि राजाको शासनमा पनि राजपरिवारका जो कोही सदस्यहरुसँग झुकेर सरकार, बक्स्योस् लगाएर कुरा नगरेमा  ठूलो सजायँ भोग्नु पथ्र्यो । त्यत्तिमात्र कहाँ हो र फोनमा समेत राजपरिवारका सदस्यलाई सरकार, बक्स्योस लगाएर कुरा नगरेमा ठूलो क्रुरतम सजायँ दिइन्थ्यो । आज १८,००० सहिदहरु, कैयौं अङ्गभङ्ग, कैयौं बेपत्ता , तथा ज्ञात अज्ञात एकलाख जति सहिदहरुको बलिदानले, विश्वब्यापी परिवर्तनसँगै देशमा गणतन्त्रको उदय भयो । अब कसैसँग सरकार भनेर कुरा गर्ने जमानाको अन्त्य भयो । यो सम्पूर्ण नेपाली जनताको अधिकारको धेरै ठूलो उपलब्धी हो । ती सहिदहरुलाई मेरो नमन छ । सन्दर्भ आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवसको बारेमा मात्र जोड्न खोजेको हुँ । यी माथिका पुराना जमानामा लेखक साहित्यकारहरुले स्पष्ट त क...