दुई लाइन सङ्घर्ष :– तीन गर — तीन नगर
दुई लाइन सङ्घर्ष :– तीन गर — तीन नगर “विद्यालयहरू राजनीतिबाट बाह्र हात टाढा रहनु पर्छ भन्ने कुरा बुर्जुवा पाखण्ड हो । यस्तो सिद्धान्तको वकालत गर्ने बुर्जुवाहरू नै विद्यालय प्रणालीलाई आफ्नो बुर्जुवा राजनीतिको आधार र अखडा बनाएर विद्यालयहरूलाई बुर्जुवाहरूको आज्ञाकारी र योग्य नोकर प्रशिक्षित गर्ने केन्द्रको रुपमा खुम्च्याउने प्रयत्नमा छन् ।” यो लेनिनको विचार जुनसुकै कालका लागि पनि समाज प्रगतिशील दिशातर्फ परिवर्तनका निम्ति मनन योग्य छ । ( “युवा पुस्ताको विकासका निम्ति चासो देखाऊ” भन्ने माओको शिक्षा अनुसार ग्रामीण इलाकामा गएका र स्वअध्ययनमा लागेका शिक्षित युवाहरूको आवश्यकता पूर्ति गर्नका निम्ति “युवाहरूको स्वअध्ययन गर्नका निम्ति सङ्ग्रह” नामक सामग्री तयार पारी प्रकाशन गरिएको थियो । माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराको अन्तर्वस्तुमा आधारित यो सङ्ग्रहमा दर्शन, समाजविज्ञान तथा प्रकृतिविज्ञानका साथै लु शुनका छानिएका कृतिहरू पनि रहेका छन् । यो सङ्ग्रहको प्रकाशन ग्रामीण क्षेत्रमा गएका शिक्षित युवाहरूको अध्ययनका निम्ति व्यवहारिक सहयोगको सामग्री हुनेछ र यसले तिनीहरूको दुई–लाइन सङ्घर्षसम्बन्ध...