दुई लाइन सङ्घर्ष :– तीन गर — तीन नगर
दुई लाइन सङ्घर्ष :– तीन गर — तीन नगर
“विद्यालयहरू राजनीतिबाट बाह्र हात टाढा रहनु पर्छ भन्ने कुरा बुर्जुवा पाखण्ड हो । यस्तो सिद्धान्तको वकालत गर्ने बुर्जुवाहरू नै विद्यालय प्रणालीलाई आफ्नो बुर्जुवा राजनीतिको आधार र अखडा बनाएर विद्यालयहरूलाई बुर्जुवाहरूको आज्ञाकारी र योग्य नोकर प्रशिक्षित गर्ने केन्द्रको रुपमा खुम्च्याउने प्रयत्नमा छन् ।” यो लेनिनको विचार जुनसुकै कालका लागि पनि समाज प्रगतिशील दिशातर्फ परिवर्तनका निम्ति मनन योग्य छ ।
( “युवा पुस्ताको विकासका निम्ति चासो देखाऊ” भन्ने माओको शिक्षा अनुसार ग्रामीण इलाकामा गएका र स्वअध्ययनमा लागेका शिक्षित युवाहरूको आवश्यकता पूर्ति गर्नका निम्ति “युवाहरूको स्वअध्ययन गर्नका निम्ति सङ्ग्रह” नामक सामग्री तयार पारी प्रकाशन गरिएको थियो । माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराको अन्तर्वस्तुमा आधारित यो सङ्ग्रहमा दर्शन, समाजविज्ञान तथा प्रकृतिविज्ञानका साथै लु शुनका छानिएका कृतिहरू पनि रहेका छन् । यो सङ्ग्रहको प्रकाशन ग्रामीण क्षेत्रमा गएका शिक्षित युवाहरूको अध्ययनका निम्ति व्यवहारिक सहयोगको सामग्री हुनेछ र यसले तिनीहरूको दुई–लाइन सङ्घर्षसम्बन्धी चेतनास्तर बृद्धि गर्न तथा तिनीहरूको सैद्धान्तिक, सांस्कृतिक र वैज्ञानिकस्तर उकास्न, लाल तथा निपूर्ण हुने बाटोमा अग्रगामी फड्को मार्न, नयाँ समाजवादी ग्रामीण इलाका निर्माणका आवश्यकता पूरा गर्नका निम्ति थप योगदान पुर्याउन र उनीहरूले लिएका प्रत्येक कामकार्वाहीलाई अगाडि बढाउन सहयोग गर्नेछ भन्ने आशा राखिएको थियो । जन प्रकाशन गृह सांघाइले प्रकाशन गरेको यो सामग्री निकै सामयिक ठानेकाले यहाँ साभार गरेका छौं ।)
पार्टीको विधानले कमरेडहरूलाई “माक्र्सवाद लागू गर, संशोधनवाद होइन, एकजूट होऊ नफुट र खुल्ला र स्पष्ट होऊ छलछाम र षडयन्त्र नगर” भन्ने सिद्धान्तको पालना गर्न भनेको छ । के गर्ने र के नगर्ने भन्ने यी तीन सिद्धान्तहरू पार्टीको दुई–लाइन सङ्घर्षसम्बन्धी महान् नेता अध्यक्ष माओका ऐतिहासिक अनुभवहरूको गहिरो संश्लेषण हो । यसले हामीलाई गलत कार्यदिशाबाट सही कार्यदिशालाई अलग गर्न योग्य बनाउँछ । यी हाम्रा पार्टी सदस्यहरूले सम्मान गर्नैपर्ने आधारभूत सिद्धान्तहरू हुन् । प्रत्येक पार्टी सदस्यले यी तीन सिद्धान्तलाई सधैं मनमा राख्नुपर्दछ र पार्टीभित्र दुई–लाइन सङ्घर्ष सञ्चालन गर्नका निम्ति यी नियमहरू पालना गर्नु पर्दछ ।
माक्र्सवाद लागू गर, संशोधनवाद होइन
के गर्ने र के नगर्ने भन्ने बारे अध्यक्ष माओले सूत्रवद्ध गर्नुभएका यी तीनवटा सिद्धान्तहरूमध्ये मुख्य ‘माक्र्सवाद लागू गर, संशोधनवाद होइन’ भन्ने हो । माक्र्सवादको अभ्यास गर्ने, हार्दिकताका साथ चीन तथा विश्वका बहुसंख्यक जनताका स्वार्थको सेवा गर्ने कुनै पनि व्यक्तिले एकताको लागि काम गर्दछ र खुला तथा स्पष्ट हुन्छ । संशोधनवादको अभ्यास गर्ने व्यक्तिले शोषकवर्गको अल्पसंख्यक तत्त्वको सेवा गर्दछ, अनिवार्यतः फूटका निम्ति काम गर्दछ र खुला तथा स्पष्ट हुन्छ । संशोधनवादको अभ्यास गर्ने व्यक्तिले शोषकवर्गको अल्पसंख्यक तत्त्वको सेवा गर्दछ , अनिवार्यतः फूटका निम्ति काम गर्दछ र जालझेल तथा षडयन्त्रमा रमाउँछ । अध्यक्ष माओले प्रतिनिधित्व गर्नुभएको माक्र्सवादी–लेनिनवादी कार्यदिशा र अन्य अवसरवादी कार्यदिशाका बीच गत ५० वर्षभरि पार्टीमा चलेका सङ्घर्षहरू अन्तिम विश्लेषणमा माक्र्सवाद लागू गर्ने कि संशोधनवाद लागू गर्ने भन्ने प्रश्नमा नै केन्द्रित थिए । यो प्रश्न सर्वहारा क्रान्तिको भविष्यसँग सर्वहारावादी राजनीतिक पार्टीको चरित्रसँग र सर्वहारावर्गको अधिनायकत्वको भविष्यसँग सम्बन्धित अहम् महत्त्वको प्रश्न हो । त्यसकारण, सर्वहारावर्गको पार्टी निर्माणका लागि “माक्र्सवाद लागू गर, संशोधनवाद होइन” भन्ने सिद्धान्त अति आवश्यक छ । यसले हामीले अवलम्बन गर्नुपर्ने राजनीतिक दिशा तय गर्दछ र यसले हाम्रो पार्टी तथा राज्यले आफ्नो चरित्र कहिल्यै बदल्ने छैन भन्ने कुराको सुनिश्चित गर्नेछ ।
माक्र्सवाद र संशोधनवाद दुई पूर्ण विपरीत बैचारिक पद्धतिहरू हुन् । माक्र्सवाद सर्वहारावर्गको बैचारिक पद्धति हो । यो संसारलाई सही तरिकाले बुझ्न र रुपान्तरण गर्नका निम्ति सबै क्रान्तिकारीहरूको हातमा रहेको शक्तिशाली हतियार हो । माक्र्सवादले सर्वहारावर्ग र अन्य श्रमजीवि जनताका आधारभूत स्वार्थहरूको प्रतिनिधित्व गर्दछ । यसले सर्वहारावर्ग र विश्वका अन्य श्रमजीवि जनताका आधारभूत स्वार्थहरूको प्रतिनिधित्व गर्दछ । यसले सर्वहारावर्ग र विश्वका अन्य श्रमजीवि जनतालाई आफ्नो मुक्ति प्राप्त गर्ने, सबै प्रकारका शोषकवर्गहरू र पूँजीपतिवर्गहरू माथि विजय प्राप्त गर्ने र साम्यवादको प्राप्तिका निमित्त बहादुरीपूर्वक सङ्घर्ष गर्ने बाटो देखाउँछ । संशोधनवाद अर्थात दक्षिणपन्थी अवसरवाद पूँजीपतिहरूको अन्तर्राष्ट्रिय चिन्तन पद्धति हो । अध्यक्ष माओले उल्लेख गर्नुभएको छ “माक्र्सवादका आधारभूत सिद्धान्तहरूको निषेध गर्नु र यसको सार्वभौम सत्यको निषेध गर्नु संशोधनवाद हो ।” संशोधनवादीहरूले समाजवाद तथा पूँजीवाद र सर्वहारा अधिनायकत्व तथा पूँजीवादी अधिनायकत्वका बीचको भिन्नतालाई छलपूर्वक नामेट पार्छन् । आधारभूत माक्र्सवादी सिद्धान्तलाई विकृत गर्न र त्यसको अन्तर्वस्तुलाई मिल्काउनका निम्ति तिनीहरूले क्रान्तिको झण्डा हल्लाउँछन् र माक्र्सवाद–लेनिनवादको घुम्टो ओढ्छन् । सबैभन्दा पहिला तिनीहरूले पूँजीपतिवर्गलाई ग्राह्य हुने र तिनका आवश्यकता पूरा गर्ने कुराहरूलाई अगाडि सार्छन् । संशोधनवादीहरूले प्रयोगमा ल्याउने चालवाजीहरू यी नै हुन् । सर्वहारावर्गको अधिनायकत्वको अवस्थाभित्रबाट संशोधनवादीहरूले अझ चलाखीपूर्ण तरिकाले काम गर्छन् । जनतालाई धोका दिन र क्रान्तिलाई क्षति पुर्याउनका निम्ति झूटको प्रचारहरू गर्दै अझ चतुर्याइँपूर्वक आफ्ना रुपहरू फेर्ने गर्दछन् ।
लेनिनले औंल्याउनुभएको थियो कि बस्तुतः अवसरवादीहरू , “पूँजीपतिवर्गको राजनीतिक टुकडी, यसको प्रभावको चालक र मजदुर आन्दोलनमा यसका दलालहरू हुन्” । अवसरवादी तत्त्वहरू पूँजीपतिवर्ग तथा साम्राज्यवाद, संशोधनवाद र प्रतिक्रियावादद्वारा परिचालित हतियारहरू हुन् र यी सर्वहारावर्गको पार्टीभित्र रहेका तिनका दलालहरू हुन् । भित्रैबाट मोर्चा कस्न सजिलो हुन्छ भन्ने कुरा हाम्रा आन्तरिक तथा बाह्य दुश्मन दुबैलाई राम्रोसँग थाहा छ । क्रान्तिलाई ध्वंश गर्ने र सर्वहारावर्गको अधिनायकत्वलाई मिल्काउने काममा जमिनदार तथा पूँजीपतिवर्गभन्दा पार्टीभित्र घुसपैठ गरेको संशोधनवादी तत्त्वहरू अगाडि आउनु उनीहरूका लागि रुचिकर हुन्छ । जमिनदार तथा पूँजीपतिवर्ग अत्यन्त अपहेलित भएको सन्दर्भमा यस्तो हुनु स्वाभाविक हो । यदि संशोधनवादीहरूले समाजवादी मुलुकमा पार्टी र राज्यको सत्ता कब्जा गर्न सफल भए भने इतिहास पछि फर्कन सक्छ । देशले रङ्ग बदल्न सक्छ र सर्वहारा तथा अन्य श्रमजीविवर्गले पुनः एकपटक उत्पीडनको अनुभूत गर्नेछन् । पार्टी र सरकारको सत्ता हड्पेर ख्रुश्चोभ–ब्रेजनेभ गुटले सोभियत संघमा आफ्नो मञ्च खडा गरेपछि पहिला तिनीहरूले लेनिनले स्थापना गरिएको सर्वहारावर्गको अधिनायकत्व भएको राज्यलाई सामाजिक साम्राज्यवादी सत्ता भएको देशमा रुपान्तरण गरे । हाम्रो देशमा महत्त्वाकांक्षी, षडयन्त्रकारी, ठग र कहिल्यै पश्चाताप नगर्ने पूँजीपंथी लिउ शाओची तथा लिन पियाओहरूका सन्दर्भमा विषय अलि भिन्न रुपमा देखापरे पनि त्यसको प्रकृति भने उस्तै थियो । बैचारिक राजनीतिक मोर्चामा होस् वा दैनिक जीवनमा तिनीहरू शिरदेखि पैतालासम्म बुर्जुवाकरण भएका थिए, पूरै कुहिसकेका थिए । अध्यक्ष माओले भन्नुभएको छ, “संशोधनवाद सत्तामा पुग्नुको अर्थ पूँजीपतिवर्ग सत्तामा पुग्नु हो ” । यो पूर्ण सत्य तथ्य हो ।
माक्र्सवाद लागू गर संशोधनवाद होइन — यो गलत कार्यदिशाबाट सही कार्यदिशालाई पृथक गर्ने मुख्य मापदण्ड हो । माक्र्सवाद लागू गर्नु भनेको सर्वहारावर्गको सिद्धान्तलाई समात्नु हो र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणअनुसार समाज विकासका वस्तुगत नियमहरूलाई आत्मसात गर्नु हो । यो भनेको सही राजनीतिक कार्यदिशा तथा सिद्धान्तहरूको व्याख्या गर्न र सर्वहारावर्ग तथा आमजनसमुदायलाई क्रान्तिको विजयसम्म नेतृत्व प्रदान गर्नका निमित्त हरेक ऐतिहासिक अवधिमा वर्गहरूका बीचको सम्बन्धलाई वैज्ञानिक ढङ्गले विश्लेशण गर्नु हो । संशोधनवादी मुखियाहरूले शोषकवर्गका स्वार्थको प्रतिनिधित्व गर्दछन् । आदर्शवादी तथा अधिभूतवादी विश्व दृष्टिकोणलाई ग्रहण गरेर तिनीहरूले गलत कार्यदिशाको व्याख्या गर्छन्, त्यसलाई लागू गर्दछन् र सर्वहारावर्गको क्रान्तिकारी ध्येयलाई ध्वंश गर्ने प्रयत्न गर्दछन् । यसरी, माक्र्सवाद लागू गर्नेहरू र संशोधनवाद लागू गर्नेहरूका बीचमा नितान्त बिपरीत वर्गस्वार्थ र विश्वदृष्टिकोण रहन्छ र स्वभावतः तिनीहरूले क्रान्तिमा भिन्न परिणाम निकाल्ने खालका भिन्न कार्यदिशाको व्याख्या गर्दछन् ।
समाजवादको ऐतिहासिक अवधिका लागि अध्यक्ष माओले अगाडि सार्नुभएको आधारभूत कार्यदिशाको मूल मुद्दा सर्वहारावर्गको अधिनायकत्वलाई सुदृढ गर्न आवश्यक छ, पूँजीवादको पुनर्सपना रोक्नुपर्दछ र समाजवादी क्रान्तिलाई अन्तिम विन्दूसम्म पुर्याउनु पर्दछ भन्ने हो । यो कार्यदिशाले सर्वहारावर्गको र सम्पूर्ण श्रमजीवि जनताको आधारभूत स्वार्थको प्रतिनिधित्व गर्दछ, यसले मान्छेको इच्छाभन्दा बाहिर रहने समाज विकासका बस्तुगत नियमहरूको प्रतिबिम्बन गर्दछ । हामी पार्टीको आधारभूत कार्यदिशामा अडिग रह्यौं भने हाम्रो पार्टी र राज्यलाई समाजवादी बाटोमा निरन्तर अगाडि बढाउन सम्भव हुन्छ । हामीले यो बाटो बिरायौं भने पूँजीवादी गलत बाटोतिर लाग्ने खतरा पैदा हुन्छ । यसकारण समाजवादी कालभरि पार्टीको आधारभूत कार्यदिशालाई दह्रो गरी समातिएको छ या त्यसलाई बदलिएको छ भन्ने कुरा नै हामीले संशोधनवादबाट माक्र्सवादलाई अलग गर्ने मापदण्ड हो । लिन पियाओ र उसको गुट हाम्रो देशलाई मिल्काइसकेका जमिनदार तथा पूँजीपतिवर्गका साथै साम्राज्यवाद, संशोधनवाद तथा वाह्य प्रतिक्रियावादका दलालहरू हुन् । यी प्रतिक्रियावादीवर्गका स्वार्थ र आकांक्षाको प्रतिनिधित्व गर्दै तिनीहरूले संशोधनवादी कार्यदिशा लागू गरे र प्रतिक्रान्तिकारी ‘कु’ को षडयन्त्र रचे । तिनीहरूको आपराधिक उद्देश्य पार्टी र राज्यको उच्चस्तरको सत्ता हत्याउनु थियो, पार्टीको आधारभूत कार्यदिशा र राजनीतिक सिद्धान्तहरूलाई पूर्णतः बदल्नु थियो, सर्वहारावर्गको अधिनायकत्वलाई मिल्काउनु थियो र पूँजीवादको पूनर्सथापना गर्नु थियो । पार्टीभित्र यी दुई कार्यदिशाका बीचको सङ्घर्षमा आधारभूत अन्तर यहाँनेर थियो कि एउटा पक्षले सर्वहारावर्गको प्रतिनिधित्व गर्दथ्यो भने अर्कोले पूँजीपतिवर्गको र एउटाले समाजवाद चाहन्थ्यो भने अर्कोले पूँजीवादको पुनस्र्थापना । समग्रमा, एउटा पक्षले माक्र्सवाद लागू गर्दथ्यो भने अर्कोले संशोधनवाद ।
माक्र्सवादले पार्टीभित्र चल्ने सङ्घर्षलाई समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिबिम्ब मान्दछ । हामीले पार्टीमा चल्ने दुई–लाइनका बीचको सङ्घर्षलाई वर्गविश्लेषणको विधिको प्रयोग गर्दै वर्गसङ्घर्षको माक्र्सवादी दृष्टिकोणबाट हेर्नुपर्दछ । जबसम्म समाजमा वर्गसङ्घर्षहरू रहन्छन् तबसम्म पार्टीको दुई–लाइन सङ्घर्षमा ढिलासुस्ती हुन सक्दैन । पार्टीमा चल्ने संशोधनवादी तत्त्वहरूका विरुद्धको सङ्घर्षलाई हामीले सधैं वर्गीय आधारमा हेर्नुपर्दछ । संशोधनवाद लागू गर्ने आपराधिक उद्देश्यलाई छल्नका निम्ति लिन पियाओ र उसका चाकरहरूले पार्टीमा चल्ने दुई–लाइन सङ्घर्षको प्रकृतिलाई विकृत गर्न हरउपाय प्रयोग गरे, कथित “उपल्लो र तल्लो तहका बीचका” अन्तर्विरोध हुन् भन्ने भनाइको आविष्कार गरे र पार्टीभित्रको सङ्घर्षलाई व्यक्तिगत सत्ता सङ्घर्षका रुपमा गलत अर्थ लगाउन कोसिस गरे । यी सबै पूर्णतः हास्यास्पद र विषालु कुरा थिए ।
सर्वहारावर्ग र पूँजीपतिवर्ग तथा माक्र्सवाद र संशोधनवादका बीचको सङ्घर्षमा कुनै सम्झौता हुन सक्दैन । हामी कम्युनिस्टहरू द्वन्द्वात्मक भौतिकवादी हौं र हामीले वर्गयुक्त समाजमा वर्गसङ्घर्ष सधैं समाज विकासको चालक शक्ति हुन्छ र सर्वहारावर्गको विकास पनि सधैं आन्तरिक सङ्घर्षको माध्यमबाट हुन्छ भन्ने कुरामा विश्वास गर्दछौं । यसकारण हामीले वर्गसङ्घर्ष र दुई–लाइन सङ्घर्षको वस्तुगत अस्तित्त्वलाई मात्र मान्दैनौं बरु यसको विकास प्रक्रियाको अनुगमन गर्दछौं र सक्रिय सङ्घर्ष मार्फत यसलाई दिशानिर्देश पनि गर्दछौं । हामीले वर्गदुश्मनमाथि आक्रमण गर्न पहलकदमी लिनुपर्दछ । संशोधनवादको आलोचना गर्नुपर्दछ र सधैं पार्टी र राज्यका कुनै पनि तहमा बुर्जुवा व्यक्तिवादीहरू महत्त्वाकांक्षी र षडयन्त्रकारीहरूबाट नेतृत्व हडप्ने काम रोक्नका निम्ति सतर्क रहनु पर्दछ । हामीले निरन्तर क्रान्तिकारी आलोचना चलाउनु पर्दछ । राजनीतिक, बैचारिक तथा सैद्धान्तिक मोर्चामा संशोधनवादीहरूका झूटहरूको भित्रैसम्म पुगेर हेर्नुपर्दछ र तिनीहरूका घातक प्रभावलाई नामेट पार्नु पर्दछ ता कि हाम्रो पार्टी र राज्यले अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा अनुरुप सधैं प्रगति गरिरहोस् ।
एकताबद्ध होऊ नफुट
पार्टी एकताको रक्षा गर्ने कुरा सर्वहारा क्रान्तिको विजयका निमित्त अमूल्य संपत्ति हो । अध्यक्ष माओले यसका दुई पक्ष औंल्याउनु भएको छ । “एउटा पार्टीको आन्तरिक एकता हो र अर्को पार्टी तथा जनताको एकता हो । कठिनाइलाई पार गर्नका निम्ति यी दुईवटा महत्त्वपूर्ण हतियारहरू हुन् , सबै पार्टी सदस्यले तिनलाई हुर्काउनु पर्दछ ।” शोषकवर्गहरूको उन्मुलन गर्न र साम्यवाद साकार पार्नका निम्ति सर्वहारावर्ग र सम्पूर्ण श्रमजीवि जनसमुदायलाई नेतृत्व प्रदान गर्ने योग्यता हासिल गर्न सर्वहारावर्गको राजनीतिक पार्टी सही राजनीतिक कार्यदिशा र आफ्नै संगठनको मजबुतीमा भर पर्नु पर्दछ । एकताबद्ध पार्टीले मात्र व्यापक जनसमुदायलाई एकजुट पार्न सक्दछ , विशाल तथा बलियो क्रान्तिकारी सेना निर्माण गर्न सक्दछ र क्रान्तिकारी सङ्घर्र्षमा विजय हासिल गर्दछ । क्रान्तिकारी एकताबिना क्रान्तिकारी विजय हुन सक्दैन । क्रान्तिकारी एकता र क्रान्तिकारी विजय सधैँ घनिष्ठ रुपले जोडिएका हुन्छन् । यसकारण सर्वहारावर्ग र यसको राजनीतिक पार्टीले पार्टीको एकतालाई निरन्तर बलियो बनाइराख्ने कुरालाई क्रान्तिको विजय र निर्माणका निम्ति एउटा अनिवार्य सर्तका रुपमा लिएको छ र क्रान्तिकारी एकताको रक्षालाई आफ्नो सङ्घर्र्षको नारा बनाएको छ । जस्तो कि अन्तर्राष्ट्रिय गीतले दाबी गरेको छ ः “सबै आ–आफ्नो ठाउँमा डटौँ, मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ ।”
पार्टी एकतालाई जोगाउन सही कार्यदिशाको कार्यान्वयनलाई सुनिश्चित गर्नु पर्दछ । चीनियाँ कम्युनिस्ट पार्टी सम्पूर्ण चीनियाँ जनताको नेतृत्वदायी केन्द्र हो । पार्टी एकतावद्ध भए मात्र हरेक कामका लागि यसको एउटै विचार, एउटै चाहना र एउटै दिशा हुन्छ र सही राजनीतिक सिद्धान्तहरूलाई पूर्णतः लागू गर्न सकिन्छ । क्रान्तिकारी सङ्घर्र्षका अप्ठ्यारा वर्षहरूमा अध्यक्ष माओको दूरदर्शी नेतृत्वअन्तर्गत पार्टीको आफ्नै आन्तरिक एकता र पार्टी तथा जनताका बीचको एकतामा भर परेर पार्टीले नयाँ जनवादका निमित्त आमकार्यदिशाको कार्यान्वयनलाई सुनिश्चित गर्न, तीन प्रमुख दुश्मनहरूलाई परास्त गर्न र सर्वहारावर्गको अधिनायकत्वको स्थापना गर्न सकेको थियो । यसरी नै मुक्त भइसकेपछि समाजवादको ऐतिहासिक अवधिभरि आधारभूत कार्यदिशाको कार्यान्वयनको सुनिश्चित गर्न, आन्तरिक तथा वाह्य दुश्मनहरूको बारम्बारको आक्रमणलाई परास्त गर्न र समाजवादी क्रान्ति तथा निर्माणमा महान् विजयहरू हासिल गर्न पार्टी सफल रह्यो ।
एकताका निम्ति काम गर्ने वा फुटाउने प्रयास गर्ने यो गलत कार्यदिशाबाट सही कार्यदिशालाई पृथक गर्न हामीलाई सक्षम बनाउने एउटा महत्त्वपूर्ण मापदण्ड हो । जब हामी एकताका कुरा गर्छौं, त्यसको अर्थ सिद्धान्तमा आधारित एकता हो, अध्यक्ष माओद्वारा नेतृत्व गरिएको केन्द्रीय समितिको वरिपरि गोलबन्द हुनु हो, अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशाका आधारमा एकता हो – अतः माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारामा आधारित एकता हो, भन्ने बुझ्दछौं । यी सिद्धान्तलाई दरोसँग पकडेर मात्रै सिङ्गो पार्टीमा सच्चा एकता पैदा गर्न र सही कार्यदिशा कार्यान्वयन गर्नका निम्ति अगाडि बढ्न संभव छ । पार्टीभित्र रहेका अवसरवादी कार्यदिशावाला नेताहरूले राजनीतिक क्षेत्रमा संशोधनवाद लागू गरेर संगठनात्मक क्षेत्रमा फूटको काम गरिरहेका हुुन्छन् । फूटवादको राजनीति र वैचारिक स्रोत संशोधनवाद हो । संशोधनवादी तत्त्वहरू सधैं फूटवादी हुन्छन्, यो हाम्रो पार्टीमा दुई कार्यदिशाका बीचमा चलेका सबै सङ्घर्र्षहरूले सावित गरेको वस्तुगत नियम नै हो ।
जनवादी क्रान्तिको युगमा छन् तु–सु, लो चाङ्ग–लुङ्गस् तथा चाङ्ग को–थाओ कम्पनी मध्ये केहीले विरोधी गुटहरू बनाए र अरुले आफ्नै केन्द्रीय समिति स्थापित गरे । ती सबैले पार्टीलाई फुटाउने षडयन्त्र गरे । चु चिन–पाई, लि लि–शान, वाङ्ग मिङ्ग र अरु सबैले सांगठनिक क्षेत्रमा गुटबन्दी गरे, तिनीहरूले केन्द्रीय समितिमा अध्यक्ष माओको नेतृत्त्त्वलाई अस्वीकार गरे र सोही कार्यदिशा ग्रहण गर्ने कमरेडहरूमाथि आक्रमण गरे । समाजवादी क्रान्तिको युगमा काओ काङ्ग, जाओ शु–शिह, पेङ्ग ते–हुई र लिउ शाओ–चिहरू सबैले संगठनात्मक क्षेत्रमा पार्टी विरोधी गुटहरू बनाए अथवा सत्ता हत्याउन र पुनस्र्थापनाका लागि फु्टवादी गतिविधि गर्न बुर्जुवा मुख्यालयहरू खडा गरे । बुर्जुवा महत्त्त्वाकांक्षी र षडयन्त्रकारी लिन पियाओ हाम्रो पार्टीको सबभन्दा ठूलो फुुटवादी थियो । आफ्नो संशोधनवादी कार्यदिशा र प्रतिक्रान्तिकारी राजनीतिक सिद्धान्तलाई कार्यान्वयन गर्न र अध्यक्ष माओका सर्वहारावादी क्रान्तिकारी सिद्धान्तहरूको विरोध गर्न जसले संगठनमा अरुले भन्दा धेरै अन्धभक्तहरू भर्ती गर्यो, गुटहरू निर्माण गर्यो, प्रतिक्रान्तिकारी शक्तिहरूलाई उक्सायो, बुर्जुवा मुख्यालयहरू खडा गर्यो र अध्यक्ष माओद्वारा नेतृत्त्त्व गरिएको केन्द्रीय समितिको विरोध गर्यो । ऊ र उसका मतियारहरूले हाम्रो पार्टी, हाम्रो सेना र क्रान्तिकारी कित्ताभित्रको एकतालाई ध्वस्त गर्न सक्ने जति सबै गरे । आफ्नो लक्ष्यलाई अगाडि बढाउन तिनीहरूले कार्यदिशाको संशोधन गरे, कार्यकर्ताको छनौटमा पक्षपाती व्यवहार गरे र “मुठ्ठीभरको रक्षाका लागि बहुसंख्यकमाथि हान्ने” प्रतिक्रियावादी कार्यदिशा लागू गरे । तिनीहरूले “शक्तिको पुनर्वितरण गर्न” र “नेतृत्वको अधिकारका निम्ति सङ्घर्र्ष” गर्न चाहेको हल्ला चलाए । जसले अन्तिममा तिनीहरूलाई हाम्रा महान्् नेता अध्यक्ष माओको हत्या गर्ने, अर्को केन्द्रीय समिति स्थापना गर्ने र संशोधनवादी सोभियत सामाजिक साम्राज्यवादसँग आत्मसमर्पण गर्ने व्यर्थ आशाका साथ सशस्त्र प्रतिक्रान्तिकारी ‘कु’ गर्नेसम्म पुर्यायो । यो सबैले स्पष्ट देखाउँछ कि डाका, षडयन्त्रकारी र फूटवादी लिन पियाओ सम्पूर्ण पार्टी सेना र जनताको दुश्मन थियो । क्रान्तिकारी एकतालाई ध्वंश गर्ने र पार्टी फुटाउने उद्देश्यले चलाएका उसका आपराधिक गतिविधिलाई ढाकछोप गर्न लिन पियाओले “सहमत नभए पनि हामीले सहयोग गर्नाुपर्छ ” भन्ने ढोंग गर्यो । यो भ्रान्त धारणाले पार्टी तथा क्रान्तिकारी कित्तामा एकताको वैचारिक आधारलाई बेवास्ता गर्छ , क्रान्तिकारी सिद्धान्त र संशोधनवाद विरोधी सङ्घर्र्षलाई हामीबाट छोडाउने आशामा यसले एकताको वर्गीय अन्तरवस्तुलाई अस्वीकार गर्छ । यसलाई हामीले पूरा आलोचना गर्नु पर्दछ ।
पार्टी एकता आफैँ पैदा हुँदैन । समाजमा वर्गहरू र वर्गसङ्घर्र्ष रहेसम्म पार्टीमा एकता चाहने र फूट चाहने दुई कार्यदिशाका बीच सङ्घर्र्ष अनिवार्य रहनेछ । अध्यक्ष माओले भन्नुभएको छ “कुनै एउटा पार्टीको बाहिर अरु पार्टीहरू हुन्छन्, एउटा पार्टीभित्र समूहहरू हुन्छन् , सधैं यस्तै हुने गरेको छ ।” पार्टीलाई बलियो बनाउने आवश्यक सर्त पार्टीभित्र सङ्घर्र्षको सही परिचालन हो । हाम्रो पार्टीमा संगठनात्मक रुपले जोडिएका तर बैचारिक रुपमा सम्पूर्ण रुपले नजोडिएका थुप्रै कमरेडहरू हुन्छन् । त्यसकारण पार्टीमा सधैं पूँजीवादी र निम्न पूँजीवादी विचारहरू अभिव्यक्त भइरहन सक्छन् , यसले पार्टीको एकतामा अवरोध पैदा गर्दछ । त्यसमाथि थुप्रै गद्दारहरू, गोप्य दलालहरू, पूँजीवादी महत्त्त्वाकांक्षीहरू र गैर श्रमजीवि तत्त्त्वहरूपनि पार्टीमा घुस्न संभव छ । यस्ता व्यक्तिहरू पार्टीभित्र घुसेका जमिनदार तथा पूँजीपतिवर्गका दलालहरू हुन् र पूँजीवादी पुनस्र्थापनाको योजनालाई कार्यान्वयन गर्न तिनीहरू सधैं फूटवादी गतिविधिमा संलग्न हुन्छन् र पार्टी एकतालाई ध्वंश गर्न खोज्छन् । यसले पार्टीमा हुने फूटका अभिव्यक्तिहरू किन वर्गसङ्घर्र्षका प्रतिविम्बहरू पनि हुन् भन्ने स्पष्ट गर्दछ । पार्टी एकताको रक्षा गर्न र यसको पंक्तिलाई चोखो राख्नका लागि हामीले माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित रहेर पार्टीभित्र सक्रियतापूर्वक सङ्घर्र्ष सञ्चालन गर्नु पर्दछ ।
यो सङ्घर्र्षलाई सही तरिकाले सञ्चालन गर्नका निम्ति दुई किसिमका अन्तरविरोधहरूमा स्पष्ट फरक गर्नु आवश्यक छ । गल्ती गर्ने कमरेडहरूको सम्बन्धमा एकता, आलोचना, एकताको र कमरेडहरूलाई विचारमा स्पष्ट पार्ने र उनीहरूसँग एकतावद्ध हुने दुई उद्देश्य पूरा गर्नका निम्ति “भविष्यमा गल्ती नगर्न पुराना गल्तीहरूबाट सिक्ने र विरामीलाई बचाउन रोगको उपचार गर्ने” सिद्धान्तअनुसार काम गर्नु पर्दछ । हाम्रो पार्टीमा घुसेका सानो संख्याका खराब तत्त्त्वहरूको सन्दर्भमा भने तिनीहरूको भण्डाफोर गर्नु पर्दछ , दृढतापूर्वक सङ्घर्र्ष गर्नु पर्दछ र तिनीहरूलाई पार्टीबाट निश्कासन गर्नु पर्दछ । हामी दृढतापूर्वक संशोधनवादीका फूटवादी गतिविधिका विरुद्ध छौं तर हामीहरू उनीहरूसँग डराउँदैनौं । अवसरवादी कार्यदिशा अंगाल्ने नेताहरूका पार्टी फुटाउने बारम्बारका प्रयत्नहरू किन सफल हुन सकेनन् ? तिनीहरू किन सफल हुन सकेनन् भने हामीसँग महान्् नेता अध्यक्ष माओको नेतृत्त्त्व छ , केन्द्रीय समिति छ , हामीसँग माक्र्सवादी–लेनिनवादी कार्यदिशा छ र हामी अवसरवाद र संशोधनवादका विरुद्ध निरन्तर सङ्घर्र्षमा छौं । तिनीहरू किन असफल भए भने पार्टी र जनताका मुटुहरू एकैचोटी धड्किन्छन् , पार्टीका सबै सदस्यहरू एकता चाहन्छन् र फूटको विरोध गर्छन् । यसरी, जब अवसरवादी कार्यदिशा अंगाल्ने नेताहरूले पार्टीलाई फुटाउन खोजे तिनीहरू पूर्णतः असफल भए र लज्जाजनक परिणाम हात पारे । यी सबै गलत कुराबाट मुक्त भइसकेपछि पार्टी झन् शुद्ध, झन् बलियो र सबैभन्दा बढी एकतावद्ध भएको छ । अवसरवाद र संशोधनवादका विरुद्धको सङ्घर्र्षका बीचबाट नै हाम्रो पार्टीको विस्तार भएको छ र फूटवादका विरुद्ध सङ्घर्र्ष गरेर नै एकता बनेको छ ।
खुला र स्पष्ट होऊ, छलछाम र षडयन्त्र नगर
कुनै व्यक्ति खुला र स्पष्ट छ या उसले छलछाम र षडयन्त्र गर्छ ? यसले सर्वहारा क्रान्तिकारीहरू र बुर्जुवा महत्त्त्वाकांक्षीहरूका बीचमा विभाजन रेखा कोर्दछ । अध्यक्ष माओको कार्यदिशाको विरोध गर्न र सशोधनवादी कार्यदिशा लागू गर्न पार्टीभित्र घुसेका बुर्जुवाका दलालहरूले अनिवार्यतः फूटलाई उक्साउन खोज्छन् । तिनीहरूले अबलम्बन गर्ने कार्यनीतिक उपाय भनेको हर प्रकारका छलछाम र षडयन्त्र गर्नु हो । हामी कम्युनिस्ट पार्टीका सदस्यहरूले क्रान्तिकारी एकतालाई जोगाउँदै र सधैं खुला र स्पष्ट हुँदै अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशालाई दृढतापूर्वक पक्डिनु पर्दछ ।
खुला र स्पष्ट हुने कुरा पार्टी स्पिरिटलाई आत्मसात गर्ने सर्वहारावर्गका गुणहरू हुन् । मानव जातिको इतिहासमा सर्वहारावर्ग सबैभन्दा महान्् क्रान्तिकारीवर्ग हो , यो यस्तो वर्ग हो जुन सबैभन्दा दूरदर्शी, सबैभन्दा निःस्वार्थी र क्रान्तिमा सबैभन्दा जुझारु हुन्छ । इतिहास जुन दिशामा अगाडि बढेको हुन्छ सर्वहारावर्गले त्यसैलाई अंगाल्छ । यसको वर्गस्वार्थ श्रमजीवि जनताको वर्गस्वार्थसँग पूर्णतः मेल खान्छ । यो वर्ग आफ्नो उद्देश्य न्यायपूर्ण छ र क्रान्तिमा अन्तिम विजय निश्चित छ भन्ने कुरामा विश्वस्त छ । त्यसकारण सर्वहारावर्ग र सर्वहारावर्गको पार्टी सधैं खुला र स्पष्ट हुन्छन् , तिनीहरूले आफ्नो राजनीतिक विचार र उद्देश्यलाई सधैं खुला घोषणा गर्दछन् । आजको सय वर्षभन्दा पहिले कम्युनिस्ट पार्टीको घोषणापत्रमा माक्र्स र एङ्गेल्सले गम्भीरतापूर्वक घोषणा गरिसक्नुभएको थियो, “कम्युनिस्टहरूले आफ्ना दृष्टिकोण र उद्देश्यहरू लुकाउन अस्वीकार गर्छन् । विद्यमान सामाजिक अवस्थालाई बलपूर्वक मिल्काएर मात्र आफ्ना उद्देश्य पूरा गर्न सकिने कुरा उनीहरूले खुला घोषणा गर्दछन् । कम्युनिस्ट क्रान्तिले सबै शासकवर्गहरू थर्कमान होउन् । सर्वहारावर्गसँग हतकडीबाहेक आफ्नो भन्नु केही छैन । तिनीहरूसँग जित्नका लागि संसार छ ।” चीनियाँ कम्युनिस्ट पार्टीको सातौं राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदनमा माओले स्पष्ट औंल्यउनु भएको थियो, “हामी कम्युनिस्टहरूले हाम्रा राजनीतिक दृष्टिकोणहरू लुकाउँदैनौं । निसन्देह हाम्रो भविष्य वा अधिकतम कार्यक्रम चीनलाई समाजवाद र साम्यवादमा पुर्याउनु हो । हाम्रो पार्टीको नाम र माक्र्सवादी विश्व दृष्टिकोण दुबैले अतुलनीय चमक र वैभवशाली भविष्यको उच्च आदर्शप्रति स्पष्ट निर्देश गर्दछन् ।”
खुला र स्पष्ट हुनु भनेको सर्वहारावर्गको पार्टीको जुझारु कायैशैली हो र सही कार्यदिशाको पूर्ण कार्यान्वयनको महत्त्त्वपूर्ण सुनिश्चितता हो । अध्यक्ष माओले भन्नु भएको छ , “सर्वहारावर्गको निमित्त सबभन्दा धारिलो र प्रभावकारी हतियार भनेको गम्भीर तथा जुझारु वैज्ञानिक मनोवृत्ति हो ।” हाम्रो पार्टी हरेकको स्वार्थमा निर्माण भएको छ, यो चीन तथा विश्वका जनसंख्याको अत्याधिक बहुसंख्याको सेवामा छ । । व्यापक जनसमुदायको उच्चतम स्वार्थको सेवाबाहेक यो व्यक्तिगत स्वार्थको पछि लाग्दैन । हार्दिकताका साथ जनताको सेवा गर्नु हामी कम्युनिस्टहरूको उच्चतम उद्देश्य हो । यस उद्देश्यबाट सुरु गरेर हाम्रो पार्टीका कार्यक्रम, कार्यदिशा र राजनीतिक सिद्धान्तहरू निर्धारित हुन्छन् । यसकारण यसले व्यापक जनसमुदायको न्यानो समर्थन प्राप्त गर्न सकेको छ । जसरी किसान तथा मजदुरको ठूलो हिस्सा हामीसँग छ , त्यसरी नै सत्य हाम्रो पक्षमा छ । क्रान्तिकारी कार्यदिशा अनुरुप विजयपूर्वक अगाडि बढ्नका निम्ति जब हामीले अध्यक्ष माओका सर्बहारावादी राजनीतिक सिद्धान्तलाई कार्यान्वयन गर्न जान्छौं, त्यतिबेला दृढ अडान लिन, सबैले देख्ने गरी हाम्रो झण्डालाई उँचो उठाउन, तथ्यमा आधारित रहेर वैज्ञानिक मनोभावका साथ व्यापक क्रान्तिकारी जनसमुदायका बीचमा प्रचार–प्रसार गर्न , तिनीहरूलाई परिचालन गर्न र जनसमुदायको सेवामा लगाउने गरी राजनीतिक कार्यदिशा तथा सिद्धान्तलाई आत्मसात गराउन हामीलाई योग्य बनाउने कुराहरू यी नै हुन् ।
खुला र स्पष्ट हुने कुरा प्रत्येक कम्युनिस्टमा हनुपर्ने राजनीतिक गुणहरू हुन् । जस्तो अध्यक्ष माओले भन्नुभएको छ “एउटा कम्युनिस्ट क्रान्तिको स्वार्थलाई आफ्नै जीवन सरह मान्ने र आफ्नो व्यक्तिगत स्वार्थलाई क्रान्तिको अधीनमा राख्ने विशाल हृदयको हुनु पर्दछ , ऊ दृढ एवं सक्रिय हुनु पर्दछ , उसले सधैं सिद्धान्तको पालन गर्नु पर्दछ र गलत विचार तथा कार्यहरूको विरुद्ध अथक सङ्घर्र्ष चलाउनु पर्दछ । ” पार्टीमा प्रवेश गरेको दिनदेखि नै एउटा कम्युनिस्टले उसको सम्पूर्ण जीवन पार्टीको उद्देश्यप्रति समर्पित गर्नु पर्दछ । यसकारण कम्युनिस्टहरू खुला र स्पष्ट हुनु पर्दछ , आफ्ना राजनीतिक दृष्टिकोणहरूलाई जनतासम्म पुर्याउन र सबै हानिकारक गतिविधि र गलत प्रवृत्तिहरूका विरुद्ध सङ्घर्र्ष गर्ने हिम्मत गर्नु पर्दछ । संगठनात्मक मोर्चामा पार्टीको सिद्धान्तअनुरुप उनीहरू व्यवहारमा खुलस्त हुनु पर्दछ । कार्यशैलीमा उनीहरूले वुर्जुवा राजनीतिज्ञहरूले जस्तो व्यवहार गर्नु हुँदैन , छलछाम र षडयन्त्रमा लाग्नु हुँदैन ।
छलछाम र षडयन्त्र शोषकवर्ग र तिनका राजनीतिक पार्टीका विशेषता हुन् । शोषकवर्गका स्वार्थ र आमजनसमुदायका स्वार्थ ठीक विपरीत हुन्छन् । शोषकवर्गहरूले सर्वहारावर्ग र आमश्रमजीवि जनतामाथि शोषण र उत्पीडन गर्ने आफ्नो असली नियत घोषणा गर्न साहस गर्दैनन् । यसकारण तिनीहरूले सधैं आममानव जातिको स्वार्थ नै आफ्नो स्वार्थ हो भन्ने वकवास गर्दछन् । उनीहरूले प्रत्येक दिन प्रतिक्रान्तिका निमित्त काम गरे पनि आफ्नो प्रतिक्रियावादी हैकमको रक्षा गर्नका निम्ति तिनीहरूले श्रमजीवि जनतालाई धोका दिन र शोषकवर्गको अधिनायकत्वको स्वरुपलाई लुकाउन सधैं “परोपकार, न्याय र सदाचार” , “स्वतन्त्रता, भातृत्व र समानता” आदि जस्ता वकवासपूर्ण शब्दहरू उच्चारण गरिरहन्छन् । पार्टीमा लुकेका अवसरवादी कार्यदिशावाला मुखियाहरू सबैले सर्वहारा र श्रमजीवि जनताका मुठ्ठीभर दुश्मनहरूका स्वार्थको प्रतिनिधित्व गर्दछन् र आफ्नो प्रतिक्रियावादी राजनीतिक उद्देश्यलाई खुला घोषणा गर्न सक्दैनन् । यसरी तिनीहरू जालझेल र षडयन्त्रमा मात्र बाँच्न सक्छन् । यदि तिनीहरूले आफ्नो छल , षडयन्त्र र आफ्नो सामथ्र्य बढाउने हर गलत प्रयास तथा झूट प्रचारहरू रोक्ने हो भने एक् दिन पनि अगाडि बढ्न सक्दैनन् । हाम्रो पार्टीको इतिहासमा देखापरेका अवसरवादी कार्यदिशावाला सबै मुखियाहरू बिनाअपवाद जालझेल र षडयन्त्र गर्ने काममा निपुर्ण रहेका छन् । हामीलाई मन परे पनि नपरे पनि वस्तुतः यस्ता व्यक्तिहरू अझै छन् । सबै अवसरवादी र संशोधनवादीहरूको चरित्र नै तिनीहरूको आचरण हो र त्यो तिनीहरूको प्रतिक्रियावादी वर्गचरित्रद्वारा निर्धारित हुन्छ ।
लिन पियाओ र उसको पार्टी विरोधी गुटले प्रतिक्रान्तिकारी संशोधनवादी कार्यदिशा अवलम्बन गर्यो र प्रतिक्रान्तिकारी कार्यनीतिसहित पाखण्डपूर्ण दोहोरो भूमिका प्रयोग गर्यो । राजनीतिक क्षेत्रमा तिनीहरूले पार्टी र समाजवादको समर्थन गर्ने बहाना गर्दथे तर भित्र गोप्य तरिकाले तिनीहरूले आफ्ना चक्कुहरू तिखार्ने र प्रतिक्रान्तिकारी नेताहरूको, सर्वहारावर्गको अधिनायकत्वको र समाजवादी प्रणालीको वदनाम गर्ने गर्दथे । तिनीहरूले सैद्धान्तिक क्षेत्रमा, जनतालाई प्रभावमा पार्नका निमित्त “यस्तो–यस्तो भन्ने हवाला” दिँदै केही माक्र्सवादी–लेनिनवादी वाक्यांशहरू ओकल्ने गर्दथे तर वास्तविक अर्थमा भने धोका दिने , सही र गलतका बीचमा अन्यौल पैदा गर्ने र माक्र्सवाद–लेनिनवादलाई वंग्याउने, विकृत गर्ने र खण्डित गर्ने गर्दथे । संगठनात्मक क्षेत्रमा तिनीहरूले “एकता”को देखावटी आव्हान गर्दथे तर वास्तविक अर्थमा उनीहरूले गलत तत्त्त्वहरूलाई भर्ति गर्ने , आफ्नो स्वार्थ अनुरुप गुटहरू निर्माण गर्ने वुर्जुवा मुख्यालयहरू खडा गर्ने र अन्ततः फूटपरस्त गतिविधिमा संलग्न हुने गर्दथे । तिनीहरूको कायैशैली बाहिर मानेको जस्तो गर्ने तर वास्तबमा विरोध गर्ने , एक तरिकाले बोल्ने अर्को तरिकाले सोच्ने र बहुरुप प्रदर्शन गर्ने हुन्थ्यो । जब यी कुराहरू खुल्थे, आफूलाई छायाँमा पार्न र पुनः अगाडि आउनका लागि उपयुक्त समय पर्खिन तिनीहरूले आत्मलोचना गरेको बहाना गर्दै र गोहीको आँसु चुहाउँदै आफ्नो रक्षा गर्दथे । छोटोमा लिन पियाओ र उसका मुठ्ठीभर पिछलग्गुहरूले “हातमा केही उद्धरणहरूबिना देखा नै नपर्ने, “जिन्दावाद” नभनी मुखै नखोल्ने र अगाडि राम्रा कुरा गर्ने तर पछाडिबाट छुरा धस्ने” प्रतिक्रान्तिकारी षडयन्त्रकारीहरूको एउटा गुट खडा गरे । सर्वहारावर्ग र सम्पूर्ण श्रमजीवि जनताका डरलाग्दा दुश्मनहरू तिनीहरू नै थिए । “प्रोजेक्ट नं.५७१को रुपरेखा”मा रहेको तिनीहरूको सशस्त्र प्रतिक्रान्तिकारी ‘कु’को योजनामा तिनीहरूले आफूलाई षडयन्त्रकारीको गिरोह र प्रतिक्रान्तिकारी बुर्जुवा महत्त्त्वाकांक्षी भएको कुरा खुलासा गरे । स्वभावतः तिनीहरूले सबै षडयन्त्रकारी र महत्त्त्वाकांक्षीहरूकै जस्तो भाग्य बेहोरे, तिनीहरूको लज्जास्पद अन्त भयो र पूरै बढारिए ।
“तीन गर र तीन नगर कम्युनिस्ट पार्टीका सदस्यले पालना गर्नु पर्ने तीन आधारभूत सिद्धान्तहरू हुन् । ”
महान्् सर्वहारा सांस्कृतिक क्रान्तिका बेला हामीले ल्यु शाओ ची र लिन पियाओले नेतृत्व गरेका दुईवटा बुर्जुवा मुख्यालयहरू ढलायौं र महान्् विजय हासिल गर्यौं तर सङ्घर्र्ष सकिएको छैन । समाजमा वर्गसङ्घर्र्ष र पार्टीमा दुई कार्यदिशाका बीचको सङ्घर्र्ष आउने लामो समयसम्म चलिरहने छ । सबै कम्युनिस्टहरूले “तीन गर र तीन नगर”को सिद्धान्त पालना गर्नु पर्दछ र सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिलाई जारी राख्ने अग्रपंक्तिका कर्मठ कार्यकर्ता बन्नका लागि सबै गलत कार्यदिशा र प्रवृत्तिहरूका विरुद्ध सङ्घर्र्ष गर्ने साहस गर्नु पर्दछ ।
माक्र्सवाद लागू गर्न र संशोधनवाद लागू नगर्न अर्थात जटिल सङ्घर्र्षको स्थितिमा सही बाटो एवं दिशा पत्ता लगाउन र अध्यक्ष माओको सर्वहारावादी क्रान्तिकारी कार्यदिशा दृढतापूर्वक लागू गर्न एउटा कम्युनिस्टले “गम्भीरतापूर्वक माक्र्सवाद पढ्नु र अध्ययन गर्नु पर्छ र त्यसलाई गहिरो गरी आत्मसात गर्नु पर्छ ।” हामी कम्युनिस्टहरूले माक्र्सवाद–लेनिनवाद–माओ विचारधाराको निष्ठापूर्वक अध्ययन गर्नु पर्दछ , यसलाई गहिरो गरी आत्मसात गर्नु पर्दछ , तीन महान्् क्रान्तिकारी आन्दोलनमा सक्रियतापूर्वक भाग लिनु पर्दछ , अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशाको अन्तर्वस्तु र सारलाई गहिरो गरी बुझ्नु पर्छ । यसरी मात्र हामीले नक्कली माक्र्सवादबाट सक्कली माक्र्सवादलाई , गलत कार्यदिशाबाट सही कार्यदिशालाई र गलत विचारबाट सही विचारलाई अलग गर्न सक्छौं । यसरी मात्र हामीले आफूलाई धोका हुनबाट बचाउन सक्छौं र पूँजीवादी तथा संशोधनवादी विचारको हानीकारक प्रभावलाई विफल पार्न, सर्वहारावादी अडान लिन, समाजवादी बाटोमा अगाडि बढ्न र संशोधनवाद होइन माक्र्सवादलाई लागू गर्न हामी योग्य हुने छौं ।
संशोधनवाद लागू गर्न होइन माक्र्सवादलाई लागू गर्न एउटा कम्युनिस्टले संशोधनवाद र पूँजीवादी विश्व दृष्टिकोणको पनि आलोचना गर्नु पर्दछ । महान्् क्रान्तिकारी आलोचना गर्नु भनेको पूँजीवादी विचारलाई परास्त गर्न सर्वहारा विचारलाई प्रयोग गर्नु र संशोधनवादलाई आलोचना गर्न र माक्र्सवाद–लेनिनवाद–माओ विचारधारालाई प्रयोग गर्नु भनेको हो । यदि समाजवादी अवधिभरि हामीले यस्तो आलोचनालाई व्यापक गराएनौं भने पार्टीलाई भ्रष्ट बनाउने र सर्वहारावर्गको अधिनायकत्वलाई मिल्काउने खालका पूँजीवादी र संशोधनवादी विचारहरूले विना कुनै अवरोध फैलिन, जनसमुदायलाई विषाक्त पार्न र समाजवादको आर्थिक आधारलाई ध्वस्त गर्ने विध्वंशकारी भूमिका खेल्न सक्नेछन् । सही समाजवादी दिशामा निरन्तर अगाडि बढ्न र सर्वहारावर्गको अधिनायकत्वलाई सुदृढ गर्न हामीले संशोधनवाद तथा पूँजीवादी विश्व दृष्किोणको आलोचना गर्नै पर्दछ , संस्कृतिका बिभिन्न क्षेत्रलगायत उपरी संरचनामा सङ्घर्र्ष–आलोचना–रुपान्तरणको प्रकृयालाई उचित तरिकाले सञ्चालन गर्नु पर्दछ । सच्चा क्रान्तिकारी आलोचना गर्न हामीले दीर्घकालीन युद्ध सञ्चालन गर्ने बिचारलाई आत्मसात गर्नु पर्दछ , पार्टीको आधारभूत कार्यदिशालाई विस्तृत रुपमा बुझ्नु पर्दछ र संशोधनवादको गहिरो आलोचना गर्नका निम्ति लिउ शाओची र लिन पियाओले छाडेका नकारात्मक उदाहरणहरूको पूर्ण उपयोग गर्नु पर्दछ । सङ्घर्र्षको आमदिशाबाट भट्किने खतराबाट बच्ने बाटो यही मात्र हो र कुन कुराले पार्टीको कार्यदिशासँग मेल खान्छ र केले खाँदैन भन्नेका बीचमा हामीले रेखाङ्कन गर्ने उपाय पनि यही हो । संशोधनवाद आजको विश्वमा पनि प्रमुख खतरा रहेको छ । माक्र्सवादको अध्ययन गर्नु र संशोधनवादको आलोचना गर्नु पार्टीको वैचारिक स्तर उठाउन हामीलाई सक्षम बनाउने दुईवटा दीर्घकालीन कामहरू हुन् ।
पार्टीभित्र र बाहिर कम्युनिस्टहरू खुला हुनु पर्दछ र ठूलो संख्यामा जनतालाई एकताबद्ध गर्नु पर्दछ । पार्टीभित्रका सबै प्रश्नहरू सुल्झाउने क्रममा हामी कम्युनिस्टहरूले कम्युनिस्ट जोस देखाउनु पर्दछ , सिङ्गो पार्टी र यसको एकतालाई आधारभूत कुरा मान्नु पर्दछ र पार्टीको हितलाई प्रस्थान विन्दु मान्नु पर्दछ — यी पार्टीको एकतालाई सुदृढ गर्ने महत्त्त्वपूर्ण सिद्धान्तहरू हुन् । क्रान्तिकारी कित्तामा कम्युनिस्टहरूको एकताको नमुनाको रुपमा काम गर्नु पर्दछ । कार्यकर्ताहरू त्यही क्षेत्रबाट आएका हुन् वा बाहिरबाट , सैनिक कार्यकर्ता हुन् वा असैनिक , पुराना हुन् वा नयाँ , तिनीहरूले पार्टी तथा जनताका हितलाई प्रस्थान विन्दुको रुपमा लिनु पर्दछ । तिनीहरूको विशाल दृष्टिकोण हुनु पर्दछ , एकतालाई मजबुत बनाउनका निम्ति तिनीहरूले एक–अर्कालाई सम्मान गर्नु पर्दछ र सहयोग गर्नु पर्दछ । गल्ती गर्ने कमरेडहरूसँग व्यवहार गर्दा कार्यकर्ताहरूले दुई प्रकारका अन्तरविरोधहरूमा बीचमा फरक छुट्याउनै पर्दछ । तिनीहरूले गल्ती पहिचान गर्न र तिनलाई सच्याउन कमरेडहरूलाई हार्दिकताका साथ सहयोग गर्नु पर्दछ र कुन कुराले पार्टीको कार्यदिशासँग मेल खान्छ र कुन कुराले खाँदैन भन्ने विषयका बीचमा स्पष्ट फरक देखाएर तिनलाई सामूहिक काममा सहभागी गराउन सक्नु पर्दछ । यही तरिकाले माक्र्सवादी–लेनिनवादी सिद्धान्तका आधारमा हामीले हाम्रा चिन्तन र कामलाई एकीकृत गर्न , एकतालाई बलियो पार्न र एकसाथ सङ्घर्र्ष गर्न सक्ने छौं । समग्रमा हामी कम्युनिस्ट पार्टीका सदस्यहरू जनतासँग खुला हुनु पर्दछ , कुनै हालतमा पनि आफूलाई उच्च ठान्नु हुँदैन , संकीर्णता देखाउनु हुँदैन र गोप्य तरिकाले गुटवादी गतिविधिमा लाग्नु हुँदैन । हामी प्रसिद्धी र नाफाको लागि चिन्तित हुनु हुँदैन । हामीले कहिले पनि व्यक्तिगत स्वार्थबाट प्रेरित भएर अगाडि बढ्नु हुँदैन न त गलत तरिकाले पद प्राप्त गर्न प्रयत्न गर्न हुन्छ । हामीले सबै कुराहरूमा अध्यक्ष माओ र केन्द्रीय समितिका निर्देशनहरूलाई मान्नु पर्दछ र पार्टी एकतालाई ध्वस्त गर्ने उद्देश्यले चलाइएका सबै गतिविधिका विरुद्ध दृढतापूर्वक सङ्घर्र्ष गर्नु पर्दछ ।
कम्युनिस्टहरू इमान्दार र खुला दिलका मानिस हुनु पर्दछ । यसको लागि हामी कम्युनिस्ट पार्टीका सदस्यहरूले दृढ अडान राख्नु पर्दछ , सबैले देख्ने गरी हाम्रो झण्डा उँचो उठाउनु पर्दछ , सिद्धान्तमा अडान लिन र सङ्घर्र्ष गर्न साहस गर्नु पर्दछ । हामीले सबै महत्त्त्वपूर्ण राजनीतिक प्रश्नहरूमा स्पष्ट विचार बनाउनु पर्दछ , समर्थन वा विरोधको स्पष्ट धारणा राख्नु पर्दछ र द्वीअर्थी वा अस्पष्ट तरिकाले व्यवहार गर्नु हुँदैन । खुला र स्पष्ट हुन हामीसँग सत्यबाट तथ्य पत्ता लगाउने स्पष्ट मनोदृष्टि हुनु पर्दछ । जब हामी बोल्छौं अथवा जब एउटा प्रश्नको सामना गर्दछौं हामीसँग स्पष्ट वैज्ञानिक दृष्टिकोण हुनु पर्दछ , बस्तुको महत्त्त्वको न त अतिसयोक्तीकरण गर्नु हुन्छ न त न्युनीकरण , सरल तरिकाले बोल्नु पर्दछ , सत्यको पक्षमा अडान लिनु पर्दछ र इमान्दारीपूर्वक काम गर्नु पर्दछ । हामीले एउटा कुरा भन्ने अर्को कुरा गर्ने, आत्माले नमान्ने तर मुखले स्वीकार्ने, सही र गलतलाई गोलमटोल गर्ने कपटी कार्यशैलीको दृढतापूर्वक विरोध गर्नु पर्दछ । हामीले जे भन्र्छाैं त्योसँग अन्तरविरोध राख्ने काम गर्न सक्दैनौं , मिटिङमा जुन कुराको समर्थन गर्छौं बाहिर त्यसको खण्डन गर्न सक्दैनौं, न त हामी घमण्डले फुल्न , आफ्नो प्रभावलाई विस्तार गर्न र कम्युनिस्ट पार्टीमा छाडा बुर्जुवा कायशैली भित्र्याउन नै सक्छौं । कम्युनिस्टहरू भनेका सर्वहारावर्गका अग्रदस्ता हुन् र हामी राजनीतिक मोर्चामा खुला र स्पष्ट, खुला हृदयी, नम्र र विवेकशील हुनु पर्दछ , न घमण्डी न झर्को मान्ने हुनु हुन्छ र आफैँलाई कडाईपूर्वक “चिरफार” गर्नु पर्दछ । यदि गल्ती गर्यौं भने हामीले इमान्दारीपूर्वक ती गल्तीबाट सिक्नु पर्दछ र तिनलाई सच्याउनु पर्दछ । हामीले उपचार हुनबाट जोगिनका निमित्त विरामी लुकाउन चाहेको जस्तो हुने गरी काम गर्न हुँदैन , गल्ती लुकाउन वा आलोचना स्वीकार गर्न हुँदैन न त अर्कोले गरेको अति प्रशंसामा रमाउन नै हुन्छ । यहाँसम्म कि, न त हामीले गल्तीलाई अरुमाथि थोपर्न वा त्यसको औचित्य सिद्ध गर्न प्रयास गर्न नै हुन्छ । अध्यक्ष माओले भन्नु भएको छ , “मलाई विश्वास छ हामीले इमान्दारीपूर्वक काम गर्नु पर्दछ , किनभने इमान्दार मनोभावबिना यो संसारमा कुनै पनि काम सम्पन्न गर्न पूर्णतः असंभव छ । ” हामीले अध्यक्ष माओको यो शिक्षालाई पूर्णतया अनुसरण गर्नु पर्दछ , इमान्दारीपूर्वक बोल्नु र काम गर्नु पर्दछ र सिधा, खुलस्त र इमान्दार जनता बन्नु पर्दछ ।
“तीन गर र तीन नगर” भन्ने सिद्धान्त दुई–लाइन सङ्घर्र्ष सञ्चालन गर्न हामीलाई निर्देशित गर्ने शक्तिशाली वैचारिक हतियार हो । हामीले यी तीन सिद्धान्त सम्बन्धी अध्यक्ष माओका शिक्षालाई अनुसरण गर्नु पर्दछ र वर्तमान वा भविष्यमा हुने लामो सङ्घर्र्षको प्रत्रियामा तिनलाई प्रयोग गर्न हामीले हाम्रो मुटुमा सजाएर राख्नु पर्दछ । हामी यी तीन सिद्धान्तमा अडिग हुनु पर्दछ र समाजवादी क्रान्तिलाई अन्त्यसम्म पुर्याउनका निम्ति सक्रिय र सही तरिकाले पार्टीलाई दुई लाइन सङ्घर्र्ष सञ्चालन गर्नु पर्दछ । (भावानुवाद)
नयाँ जनदिशा साप्ताहिकमा (२०७१ असार १५ आइतबार) प्रकाशित
सङ्कलक
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
२०७२ फागुन ३० आइतवार

Comments
Post a Comment