Posts

जन्मको चक्र रोक ।

गीति कविता :– जन्मको चक्र रोक । विजु सुवेदी ‘विजय’ लय :– झ्याउरे ३+२=५, ३+२=५ , ३+३=६ जम्मा १६ अक्षर जन्मको चक्र अब हे ! रोक विधिको विधाता कतै नै छैन सोझाको चैन भोक र प्यास छ बहाना  दुई चल्दैछ  हेर डुङ्गाको खियाइ उमेर अझ घट्दैछ  सदा पानीमा तैरेर कठीन  यस्तो  जीवन हाम्रो सकस सधैँको पागल मन त्रसित सधैँ जिउन धौ धौ छ सहेर दुःख घाममा तारा देखे नि जोत्दै छौँ दिन र रात पसिना बगाई घोटेर बाँच्दैछौँ धर्तीमा कैयौँ महिना बाह्र वितेर सकेछ हातमा  भने केही नि हुन्न सधैँको विलौना धर्तीमा मेरो भागमा सधैँ फुस्रो छ ढुटोको संसार सधैँ  लुट र पाट भयो नि हरे ! लौ संकट भयो गरिब भोको सधैँको तमासा पैसाको कस्तो सधैँको लीला रेटेर चिथर्ने २०७२ असोज ४ विजु सुवेदी ‘विजय’ कुलेश्वर, काठमाडौँ bijusubedi@gmail.com

नयाँ संविधानको सबैलाई शुभ–कामना

१) तराई–मधेसका थारु, मधेसी, दलित, लिम्बु आदि उत्पिडीतहरु २) विप्लव माओवादीहरु ३) वैद्य माओवादीहरु तथा सहयात्री ३३ दलहरु यी माथिका उहाँहरु सबैलाई चित्त बुझ्ने गरी संबिधान आएको भए साँच्चिक्कै धेरै धेरै धेरै राम्रो हुने थियो । सत्ताधारी दलहरुको यसमा ध्यान नगएको अवश्य हो । सत्ताधारीहरुले मैमत्त भएर होइन उहाँहरु पनि शान्तिप्रकृयाका अङ्ग हुन् , उहाँहरुको माग पनि नेपाली जनताहरुको माग हो तसर्थ उहाँहरुसँग तुरुन्तै वार्ता गरी राम्रो चित्त बुझ्दो संबिधान  बनोस् यही कामना छ । तरै पनि संघीय, गणतान्त्रीक, धर्मनिरपेक्ष नेपाल भएकोमा तथा राजतन्त्र उन्मुलन भएको संस्थागत रुपमा राष्ट्रपतिज्यूले घोषण  गर्नुभएकोमा  अपार खुसी लागेको छ । यी परिवर्तनहरुलाई संस्थागत गर्नु पनि जरुरी छ तसर्थ यस अवस्थामा संविधान बन्नु जायज पनि छ । सबैको भलो होस् । आजको पहिलो संबिधान दिवसको उपलक्ष्यमा आंसीक रुपमै भए पनि उपलब्धी भएकोमा सबै परिवर्तनकामी जनताहरुलाई धेरै धेरै शुभ–कामना टक्राउन चाहन्छु । सबैको भलो होस् । सबैको जय होस् । जय संबिधान दिवस । २०७२ असोज ३ गते आइतवार विजु सुवेदी ’विजय’ कुलेश्...

वार्ताबाट समाधान खोजौँ

जुनसुकै पार्टीले सत्ता चलाए पनि राजनीतिमा आन्दोलनलाई पेलेरै कुनै पनि माग सम्बोधन नगरी आफ्नो मात्र स्वार्थका लागि जे पनि गर्न सकिन्छ भन्ने मान्यता अङ्गालेको पाइन्छन् । त्यस्तै जुनसुकै पार्टीले आन्दोलन गरेपनि आन्दोलनबाटै जुनसुकै माग पूरा गर्न तम्सिरहेका पाइन्छन् । यही दुई अतिवादका कारण दशवर्षे जनयुद्धको समयमा सर्वसाधारण जनता चेपुवामा परेका थिए । अहिले फेरि यही दुई अतिवादका कारण अहिले हाम्रो देश नेपालको दक्षिणी भागको पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म तथा वीरगञ्ज , जनकपुरसमेत थारु, मधेसी, लिम्बुवानअदि जनजातिको समेत आन्दोलनले एक महिनाभन्दा बढी समय बन्द, हडताल, कफ्र्यु आदिले कष्टकर रुपमा देश जर्जर भएको अवस्था छ । यसले अहिलेसम्म ६० जिल्लालाई प्रभावित पारिसकेको छ । यसरी नेपालको पूरै तराई अति कष्टकर भइरहेको छ । राजधानीमा आन्दोलन भए मात्र संबेदनशील हुने कन्त भए त्यत्ति वास्ता नगर्ने प्रवृत्तिले पनि यो समस्या देखापरेको हो । यसमा यो दुई अतिवादका कारण आन्दोलनकारीहरुले सडकबाटै सबै समाधान गर्न तम्सिरहेका छन् भने सत्ताधारीहरु भने आर्मीलाई फिर्ता बोलाएर वार्ताको वातावरण बनाउनुपर्नेमा झनझन द...

सहिदको देश हो यो मेरो

सहिदको देश हो यो मेरो विजु सुवेदी “विजय” म भन्छु सहिदको देश हो यो मेरो सहिदको एक एक थोपाको रक्त बीज हुँ म गोर्खाली, बहादुर, वैदेशिक श्रमिक यो कदापी स्वीकार्य छैन मलाई म सहिदको रक्त वीज हुँ जो देशका लागि मरिमेट्छ ऊ सच्चा सहिद हो सच्चा सहिदलाई दुर्घटनामा मरेको मुर्दाका आरोप नलगाऊ त्यसैले म भन्छु सहिदको देश हो यो मेरो दश वर्षे जनयुद्धमा कत्ति सहीद भए थाहा छ ? कत्ति अङ्ग भङ्ग भए , कत्ति अपाङ्ग भए ? कत्ति छर्रा भिरेर बाँचिरहे कत्ति बेपत्ता भए एक लाख भन्दा बढी यसरी सहिद भए यो थाहा पाइ राख तिमीहरु त्यसैले म भन्छु सहिदको देश हो यो मेरो हो सुन्यौ गद्दारहरु , सुन्यौ ब्वाँसाहरु त्यसैले मलाई आज गर्व छ सहिदहरुले देशका लागि धेरै गरे जनयुद्धमा एकलाख जति सहिद भए न कि विदेशी भूमिका लागि न कि निम्छरो भिक्टोरिया क्रसका लागि न कि निम्छरो परमवीर चक्रका लागि त्यसैले सुन तिमीहरु सहिदको देश हो यो मेरो सहिदको देश हो यो मेरो २०७२ भदौ १९ विजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौ

Press Relese of "satya sangharshaka kathaharu"

Image
Press Relese ! Press Relese !! Press Relese !!! काठमाडौं २४ साउन, साहित्यकार विजु सुवेदी ‘विजय’को कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू” रत्न पुस्तक भण्डार, वागवजार, काठमाडौंबाट प्रकाशित भएको छ । यो कथा सङ्ग्रहमा जम्मा २८जटा कथाहरू समावेश छन् । २७ वटा कथाहरु २ पृष्ठदेखि ११ पृष्ठका छन् । कथाहरु प्रेम, राजनीति, विज्ञान तथा सामाजिक विषयमा आधारित छन् । अन्त्यमा ८७ पृष्ठको राजनीतिक परिदृश्यको “सत्य सङ्घर्षका कथाहरु” शीर्षकको कथा (जुन यस पुस्तकको नाम राखिएको छ)बाट १० वर्षे माओवादी जनयुद्धकालमा सर्वसाधारण मुक्तिकामी जनताले भोग्नुपरेको दमनको पराकाष्ठालाई शब्दमा चित्रण गरी यस पुस्तकको केन्द्रविन्दु बनाई प्रस्तुत गरिएको छ । कथा सङ्ग्रह ३०३ पृष्ठको छ र पुस्तकको मुल्य ३९५/– रु. तीन सय पन्चान्नब्बे रुपियाँ मात्र राखिएको छ । २०७२ साउन २४ रत्न पुस्तक भण्डार वागवजार, काठमाडौं ratnapustak@gmail.com

पढेकालाई अनपढ र नपढेकालाई शिक्षित भन्ने बेला आएको छ ।

पढेकालाई अनपढ र नपढेकालाई शिक्षित भन्ने बेला आएको छ । म आजकालका भुराभुरी देखी सधैँ अचम्ममा पर्छु । सधैँ यही सम्झेर घोत्लिरहन्छु । आजकालका भुराभुरीहरुको सोख पनि बडो गजबको छ । ५ घन्टा लगाएर १०,००० खर्च गरेर कोरियन कटको कपाल बनाउने । भाषा नबुझेपनि कोरियन फिल्म हेर्ने । कोरियन फिल्म बारे कुराकानी गर्ने । कोरियन चश्मा लगाउने । कोरियन पाइन्ट लगाउने । कोर ियन ज्याकेट लगाउने । पछाडि फुक्क निस्केको कोरियन टोपी लगाउने । यति गरेमा संसारै जितेको अनुभव गर्ने । कोरियाको सम्बन्धमा जे पनि थाहा छ उनीहरुलाई । वाह ! यिनीहरुको कोरियन मोह गज्जबको छ । साँच्चै यी भुराभुरीहरुलाई आफ्नो देश नेपालको बारेमा भने त्यत्ति धेरै चासो छैन र त्यसैले आफ्नो देशका बारेमा केही थाहा छैन । तर यस्तो थाहा नपाउनुमै गर्व छ यिनीहरुलाई । नेपालका बारेमा कुरा गर्नु पर्यो भने आफू अलि गिरेको अनुभव गर्ने । के भएको हो यस्तो ? उनीहरुले यो के संस्कार सिकिरहेको हो । सायद हाम्रो पाठ्यपुस्तक मै पो कमी कमजोरी छ कि ? बरु विद्यालय पढ्न नपाउनेहरु भने सधैँ राष्ट्रिय पोशाक मै देखिरहेको छु । त्यसैले अब कसलाई अनपढ भन्ने यो टड्कारो प्रश्न आज तपाईं हा...

कथा :- भित्तेका उद्घाटन माला

कथा :- भित्तेका उद्घाटन माला कथाकार :- स्व. जगदीश घिमिरे आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो। सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो। उब्रेन भने 'आज मेरो बर्त' भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक बारका इष्टदेव छन्। तेसमाथि कैले एकादशी। कैले प्रदोष। भँडारमा सर्दाम र भान्सामा खाने नभएपछि आमाको बर्त हुन्थ्यो। भन्नुहुन्थ्यो, 'अर्को जुनी यस्तो नहोस्।' म भन्थेँ, 'आमा, नयाँ नेपालमा त्यस्तो हुँदैन।' 'भो तेरो नयाँ नेपाल आयो नापेर! मेरो अर्को जुनीमा आउँछ!' 'यै जुनीमा नआए म तपैंको छोरै हुइनँ। आमा, नयाँ नेपाल तपैंको यै जुनीमा आउँछ। नयाँ नेपाल आएपछि तपाईंको कायाकल्प हुन्छ।' हेर्दाहेर्दै आमा पटक्कै नखाने हुनुभो। गाँस थिएन। बास थिएन। उपचार थिएन। 'आमा बोल्नुस् न!' आमा बोल्नुहुन्न। 'बोल्नुस् न आमा बोल्नुस्।' आमा सकीनसकी बोल्नुभो, 'म बोलेर के, नबोलेर के? मेरो कुरा कल्ले सुन्छ र! मैले किन बिनसित्ति बोली खेर फाल्नु?' • बा कांग्रेस हुनुहुन्थ्यो। माओवादीले मारे...