वार्ताबाट समाधान खोजौँ
जुनसुकै पार्टीले सत्ता चलाए पनि राजनीतिमा आन्दोलनलाई पेलेरै कुनै पनि माग सम्बोधन नगरी आफ्नो मात्र स्वार्थका लागि जे पनि गर्न सकिन्छ भन्ने मान्यता अङ्गालेको पाइन्छन् । त्यस्तै जुनसुकै पार्टीले आन्दोलन गरेपनि आन्दोलनबाटै जुनसुकै माग पूरा गर्न तम्सिरहेका पाइन्छन् । यही दुई अतिवादका कारण दशवर्षे जनयुद्धको समयमा सर्वसाधारण जनता चेपुवामा परेका थिए । अहिले फेरि यही दुई अतिवादका कारण अहिले हाम्रो देश नेपालको दक्षिणी भागको पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म तथा वीरगञ्ज , जनकपुरसमेत थारु, मधेसी, लिम्बुवानअदि जनजातिको समेत आन्दोलनले एक महिनाभन्दा बढी समय बन्द, हडताल, कफ्र्यु आदिले कष्टकर रुपमा देश जर्जर भएको अवस्था छ । यसले अहिलेसम्म ६० जिल्लालाई प्रभावित पारिसकेको छ । यसरी नेपालको पूरै तराई अति कष्टकर भइरहेको छ । राजधानीमा आन्दोलन भए मात्र संबेदनशील हुने कन्त भए त्यत्ति वास्ता नगर्ने प्रवृत्तिले पनि यो समस्या देखापरेको हो ।
यसमा यो दुई अतिवादका कारण आन्दोलनकारीहरुले सडकबाटै सबै समाधान गर्न तम्सिरहेका छन् भने सत्ताधारीहरु भने आर्मीलाई फिर्ता बोलाएर वार्ताको वातावरण बनाउनुपर्नेमा झनझन दमन गरेर पलेरै जाने मनस्थितिमा अडिग भइरहेका छन् । यसरी टसमस नहुने दुई अतिवादहरु आफूहरु एकएक पाइला पछि हटेर सौहाद्र्ररुपमा वार्ता गरेर तेस्रो पक्षका रुपमा रहेका अधिकांश सर्वसाधारण जनताहरु जो दैनिक काम गरेर गुजारा गर्नुपर्नेहरु धेरै चेपुवामा परिरहेका छन् उनीहरुलाई अरु कष्ट नगर्न आग्रह गर्दछु ।
तसर्थ राजनीतिका यस्ता समस्या समाधान गर्न लोकतान्त्रिक बाटोबाट गर्दा बेस हुन्छ । दुबै पक्षले आफ्नो लिँडेढिपी मात्र गर्ने होइन कि अर्को पक्षको पनि कुरा सुन्ने र दुबैपक्षलाई मार नपर्ने गरी वार्ताबाट हाम्रो देशको यो पीडा शान्त पार्न औषधीले समाधान खोज्नुपर्ने आजको टड्कारो आवश्यकता भएको छ ।
पत्रकार, मानवअधिकारकर्मी, वकील, शिक्षक बुद्धिजीवीहरुआदि सबैले एक पक्षको मात्र लागेर वक्तव्यबाजी गरेर आन्दोलनलाई झन चर्काउने, बल्झाउने होइन कि “वार्ताबा समाधान गरौँ ।” भन्ने नारा सबैतिर घन्काएर समाधानको बाटो देखाउने समय आएको छ । यही आजको समयको माग हो ।
२०७२ भदौ २४
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
Comments
Post a Comment