Posts

देशका लागि केही गरौं ।(गीत)

मरेर गए सहिद–हरु सपना सपनै बाँचेर हामी केही त गरौँ सहेर नबसौँ विकास गर्न अबेर भयो हाम्रो यो देशमा काँचुली फेर्न नेपाल देश पाइन देखाऔँ कहिले हुने यसरी अब देशको विकास सपना सबै विपना पार्न कम्मर कसौँ लौ देशको हरे ! विजोग भयो सपार्न तम्सौँ लौ नेताले जस्तो कुर्सीका लागि नअपौँ जीवन सधैंका सधैँ झगडा मात्र सांसद–हरुको चुनेर मात्र भएन हेर हिसाब गरौँ लौ देशको चोला हिमाल जस्तो उँचोमा पुर्याऔँ नेपाली सबै नेपाल भनी देशैमा रमाऔँ अहिल्यै देखि संकल्प गरौँ स्वदेश सपार्न हटेर हैन डटेर जुझौँ इस्पात बनेर लय :– असारे ३,२ , ३,२, ३,३ जम्मा १६ विश्राम ५, ५ , ६ जम्मा १६ २०७२ बैशाख साउन ६ बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com

जनताको संविधान चाँडै बनोस् ।

संबिधानको मस्यौदा ८ वर्षको कसरतपछि एकिकृत माओवादी, एमाले, कांग्रेस, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मात्रै मिलेर नेपालको संविधानको मस्यौदा तयार भयो । यी सबै दलहरु पनि पूरै चित्त नबुझेको व्यक्त गरिरहेका छन् । यी दलका अनुसार सबै दलले चित्त बुझ्ने कुरा समाहित हुन कठीन हुन्छ तर पनि हामीले सहमतिमा यसरी संविधानको मस्यौदा ल्याउन सफल भयौं भनेका छन् । सरकार भनेको यी ४ दलको मात्र विर्ता भने होइन । यो मस्यौदा अध्ययन गर्न कमसेकम पनि एक हप्ता लाग्छ । कहीँ त यो मस्यौदा अहिलेसम्म पुगेको छैन । एकजना पत्रकारले संबिधान सुपर फास्ट बनाउनु पर्यो प्रधान मन्त्रीज्यू भन्दा उहाँले डबल सुपर फास्ट बनाउनमा लाग्दैछु भनेको यही पो होकि ? हुनत यो समय हाम्रो देशको संबिधान बन्न धेरै लगानी भइसकेको छ तर अब शडबडको काम लडबड नहोस् भन्ने मेरो कामना छ । यस्तो अवस्थामा सरकारले नयाँ संविधान बनाउन साउन ४ र ५मा सुझाव संकलन गरेर देशको नयाँ संविधान बनाउने रट लगाइरहेका छन् । हुनत यसभन्दा अगाडि पनि  दुईपटक जनतासँग संविधान बारे सल्लाह , सुझाव लिइसकेका छन् तर त्यो बेला जनताले आफ्नो अधिकार बारे राम्रो बोल्न दमन गरिएको अवस्था थियो...

लघुकथा :– वेलकम

Image
लघुकथा :– वेलकम विजु सुवेदी “विजय” उसले टे«किङ गाइडको काम गथ्र्यो । एकदिन उ निकै खुसी भयो किनकी  उसले एउटी एक्ब्ली सुन्दरी कुइरेनीलाई ट्रेकिङमा लान पाउने भएको थियो । बेसक्याम्पमा पुगेपछि उसले गर्न हुने नहुने कार्य सबै उनै सुन्दरी कुइरेनी मारियासँग गर्यो । ऊसँगै घरजम गर्ने सपना देख्न थाल्यो । तर उनीहरुको संस्कृति अनुसार मारियालाई माया प्रेम केही परेको थिएन । ट्रेकिङ सक्किसकेपछि कुइरेनी सामान्य रुपमा नै आफ्नो देश फर्किइन् तर उसको मन भने भारी भएको थियो । अकस्मात एक  महिनापछि उसलाई मारियाको इमेल आयो । ऊ त्यो बेला जति खुसी अरु बेला कहिल्यै भएको थिएन । ऊ इमेल खोल्न आतुर थियो । हत्तपत्त इमेल खोल्यो तर इमेलमा लेखिएको थियो “वेल कम टु आवर एड्स वल्र्ड” । २०७२ असार १८ विजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com Raju Chhetri Apuro   good 11 घण्टा अघि  ·  मनपरेन  ·  1 Maulshri Limbu   चेतनामूलक 11 घण्टा अघि  ·  मनपरेन  ·  1 Raj Kumar Rayamajhi   नाइस स्टोरी,सब...