Posts

लघुकथा :– प्रकृति र उसको दायित्व

लघुकथा :– प्रकृति र उसको दायित्व कथाकार :– बिजु सुवेदी “विजय” ऊ रोइरहेको थियो । पानी परिरहेको थियो । ऊ भक्कानिएर रोयो । पानी झन् दर्किन सुरु भयो । उसको रुवाइ हेरेर ढुङ्गा समान मौन छ समाज । शायद ऊसँगै प्रकृति साथी बनेर रोएकी छन् । उसले कसको के बिगारेको थियो र आज उसको यस्तो हालत थियो । हुनत आजसम्म सबैको भलो हुने नै काम उसले गरिरहेको थियो । सायद प्रकृतिको पनि हालत यस्तै–यस्तै लाग्यो उसलाई । २०७१ अषाढ ३० दिउँसो १२ः३० समयले देखाएको थियो । जबै उसको रुवाइ रोक्यो फेरि आकाश छ्याङ्ग भयो । सायद उसको साथी आकाश पारि छ भन्ने उसलाई लाग्यो । उसले अनि त्यतै जाने निश्चय गर्यो । तर फेरि बादलले आकाश पुरै ढाक्यो । आकाशको एक कुना पनि देखिएन । “कसैले पनि मेरो वास्ता नगरे पनि प्रकृति अर्थात जननी त मरो साथ हुनुहुन्छ नि ! यस पृथ्बीमा मेरो दायित्व बाँकी छ । अझै केही गर्नु छ मैले । अझै केही गर्नु छ मैले ।” भन्दै ऊ बर्बराउन थाल्यो । २०७१ आषाढ ३० बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

लघु कथा :– भगवानको अर्थ

कथाकार :– बिजु सुवेदी“विजय” गुरुपुर्णिमा नजिक आएकोले ऊ चारदिन भइसक्यो झोक्राएर बसिरहेको थियो । आज गुरु पुर्णिमा हो । ऊ गुरुलाई भेट्न आतूर छ । आफ्नो गुरु को हो भनेर उसलाई थाहा छ तर गुरुसम्म ऊ पुग्न सकेको छैन । त्यसैले ऊ अती दुःखी छ । गुुरुलाई भेट्न यो तुच्छ समाजले दिएन । यतिसम्म कि उसले गुरुको फोटोसम्म टाँग्न पाएको छैन तैपनि उसको हृदयमा वास बसेको छ गुरु । गुरुको नामसमेत लिन दिँदैन यो तुच्छ समाजले । तैपनि उसले गुरुलाई अती श्रद्धा गरेको छ । तर उसले गुरुलाई भेट्यो । उसको हर्षको सिमा रहेन । गुरुले केही भन्नुभएन । उसले गुरुसँग सोध्यो “भगवान भनेको के हो ? गुरु” गुरुले केही बोल्नुभएन । उसले गुरुलाई सोध्यो “भगवान भनेको सर्वशक्तिमान हो कि सूत्र हो ?” भनेर सोध्यो । गुरुले “सूत्र” भन्नुभयो । सूत्रको तार यसरी प्रतिध्वनित भयो त्यसरी उसको हृदय तरङ्गित भएर रमायो । त्यसपछि अर्का एकजना चेली आएर उसको हात सुम्सुम्याउन आइन् । ऊ पनि हात सुम्सुम्याउन लगाएर बसिरह्यो । जब चेलीको हात सुम्सुम्याई अस्लिल हरकतसम्म बढ्यो तब उक्त चेलीको श्रीमान्ले उसको त्यो सुम्सुम्याउन सुरु गरेको बायाँ हातको नाडी स्थानमा एउटा रक्ष...

युद्धप्रसाद मिश्र

Image
“रक्तक्रान्तिको ज्वालामुखीमा आज उठेको यो बलिदान श्री नढलेका युवा–युवतीको हृदय–हृदयको यो स्वाभिमान सानो एक झिल्कोबाट बढ्दै जान्छौं लाखौं जवान न्याय बचाउन देश उचाल्छौं गर्दै जान्छौं अर्पण प्राण” धेरैजसो मानिस युवावस्थामा क्रान्तिकारी हुन्छन् र उमेर ढल्कँदै गएपछि सुबिधाभोगी र अल्छि हुन्छन् । जनताका लागि लड्नेहरु पछि गएर घोर जनबिरोधी बन्न पनि बेर लाउन्नन् । तर युद्धप्रसाद मिश्र त्यस्ता व्यक्ति थिए जो उमेर ढल्कँदै गएपछि झन्झन् क्रान्तिकारी बने । उनले बिस्तारै आफूलाई सुधार्दै लगेर बुढेसकालमा देश र जनताप्रति पूरै समर्पित गरे । जीवनका पछिल्ला दिनहरुमा उनको जीवनमा दुःखकष्ट थपिँदै गयो । तैपनि उनी दुःखी गरीबकै पक्षमा लागे । उनको स्वाभिमानलाई गिराउन शासकहरुले पद प्रतिष्ठा र पुरस्कारको लोभ देखाएपनि उनले ती सबै कुराहरूलाई लत्याए । उनलाई कुनै पद–प्रतिष्ठाको लोभ भएन । उनलाई अनावश्यक ठाउँबाट गरेको सम्मान र दिएको पुरस्कार पनि स्वीकार्य भएन । उनी स्वाभिमानपूर्वक देश र जनताको हितमा लागिरहे । उनको जन्म सुबिधासम्पन्न परिवारमा भएको थियो । उनका पूर्खाहरू राणाहरुको दरवारमा जागिर खान्थे । तर उनले जीवनभरी अत...

महा-रणसङ्ग्राम

Image
महारणसङ्ग्राम विश्वकपका दावेदार सधैं कि युरोप कि  दक्षिण अमेरिका । युरोपको नं. १ टिम जर्मन भने दक्षिण अमेरिकाको नं. १ टिम ब्राजिल । ब्राजिल तथा पेले विश्वकपका पर्याय हुन् । २००२ मा फाइनल विश्वकपमा व्राजिलले जर्मनलाई २–० ले हराएको थियो । अब त्यसको बदला दिने समय पनि हो । ब्राजिलमा नेयमार र कप्तान थिएगो सिल्भा छैनन् । तर घरेलु समर्थक पूरै पोल्टामा हुनेछन् । रङ्गशाला पूरै पहेँलाम्य हुनेछन् । तर ब्राजिलका एक मात्र सुपर स्तार नेयमारले जित्छ नै भनेर घाइते भए पनि हौसला बढाइरहेका छन् । आजका रेफ्री मेक्सिकन रेफ्री हुनेछन् । यसपटक जितेमा व्राजिलको छैठौं जित हुनेछ भने जर्मनको चौंथो हुनेछ । जर्मन ३ पटकको विश्व च्याम्पिियन हो । यो फाइनलभन्दा ठूलो रणसङ्ग्राम  सेमिफाइनल खेल आज मङ्गलबार राति १ः४५ मा हुनेछ । त्यसैले सम्भवतः यस खेलमा सबैभन्दा विश्वभरीमा बढी दर्शकहरुले अवलोकन गरी मज्जा लिनेछन् । विश्व सट्टापट्टा बाजीको बजार सबैभन्दा बढी हुनेछन् । जर्मन अहिलेको फिफा र्याङ्किङ्गमा दोस्रोमा छ । यद्यपि जर्मनका विश्वकपमा गोल्डेन बुट पाइसकेका भेट्रान खेलाडी मिरोस्लाभ क्लाजले हालसम्म यस विश्वकपमा ख...

"आधाजून" पढिसकेपछि भन्न मनलागेका कुराहरु

Image
आधाजून पढिसकेपछि भन्न मनलागेका कुराहरु “आधाजूनमा पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपाली युवाले गरेको उत्सर्ग राम्ररी केलाइएको छ । २०३६ सालको विद्यार्थी आन्दोलन र ततकालीन नेकपा मालेको राजनीतिमा संलग्न एउटा निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिंधमा परेका सर्वसाधारण जनताले राज्यबाट भोगेका तिरस्कार र अपमान तथा ग्रामीण समाजमा रहेको शक्तिसम्बन्ध राम्ररी केलाइएको छ । इतिहास र स्वैरकल्पनाको दोसांध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन अभिलेख हो । ” यी कुराहरु यस ‘आधाजून’ पुस्तकको भूमिकामा पनि उल्लेख गरिएका छन् । कम्युनिष्ट तथा प्रगतिशील लेखमा सिद्धहस्त, प्रखर तथा माहिर झलक सुवेदीद्वारा लिखित यस उपन्यासमा सञ्जेका तीन जीवनसाथीहरुका बारेमा भएका यौनका कुराहरु पनि खुलेरै प्रस्तुत भएका छन् । एकचौथाइको सुरुको भागमा साहित्यका शब्दको जादू पनि देख्न सकिन्छ तर त्यसपछि भने ऐतिहासिक दस्तावेज जसरी घटनाक्रम मात्र छन् । विशेष गरी यस उपन्य...

बधाई छ सुनकली

Image
मुगु जिल्लावासी जसले २ वर्ष अगाडिसम्म पनि मोटरगाडी , शहर देखेका थिएनन् । नेपालकै सबैभन्दा गरिब जिल्ला यो , खेतीपातीले  १८ घण्टा अनवरत काम गरेमा मात्रै ४ महिना खान पुग्ने अरु समय भगवान भरोसा त्यहाँ । सुनकली त्यहाँकी चेली त्यो त्यस्तो नाम हो जसले नेपालै चिनाए । यो खबर विश्वभर फैलिसकेको छ । विश्वभरीबाट यसबारे डकुमेन्ट्री को माग भइरहेको छ । अब वृत्तचित्रले झनै चम्कनेछिन् सुनकली । बधाइछ तिमीलाई धेरै–धरै । यतिबेला हर्षका आँस्रुधारा बगाउँदै लेखिरहेको छु म तिम्रा बारेमा , तिमी जस्तो सुपुत्री जन्माइदिनु भएकोमा नेपाल आमा तथा तिम्रा जन्मदिने बाबा–आमालाई हर्षका आँसुले सलाम गरिरहेको छु । सांसदहरुले जिल्ला विकासका लागि करोडौं पैसा पाए पनि विकास त्यहाँ पुग्न सकेको थिएन तर लाख कठिनाइका बाबजुद तिमीले गरेर देखाइदियौ । एकदिन हिँडेर मैदानमा पुगेर फुटबल खेलको अभ्यास गर्दागर्र्दै यो तिम्रो महिला टीमले गाउँमा प्रथम हुँदै नेपालभरीबाट मुगु जिल्लालाई प्रथम बनाए । कप जितेर मुयु पुर्यायौ । मुगीहरुलाई पनि शहर देखाइदियौ । एकदिनको बाटो हिँडेर खेलको अभ्यास गरेकाले सबै टीमहहरु हाफटाइम अगाडि नै थाकिसकेका थिए तर ...

माओवादी सहित पाँच दलहरुबीच कार्यगत एकता

Image
कार्यगत एकताका लागि दुई माओवादीको प्रस्ताव एमाओवादी सहित पाँच दलहरुबीच कार्यगत एकताका लागि सहमति भएको छ । ठूला पार्टीहरु माओवादी र एमाओवादीले कार्यगत एकताका लागि बुद्धनगरमा भएको पहिलो वार्तामा राखेका प्रस्तावहरू सामयिक भएकोले यहाँ प्रकाश ित गरेका छौं । कार्यगत एकता बारे माओवादीको प्रस्ताब हाम्रो तपसिलका राजनीतिक दलहरु निम्न साझा सहमति अनुसार कार्यगत एकता गरी जनसङ्घर्ष तथा जनपरिचालनका कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेका छौं । (१) उद्देश्य आवश्यकता # राष्ट्रियता जनतन्त्र र जनजीविकामा आधारित जल्दाबल्दा विषयमा आन्दोलनमा जाने । # क्रान्तिका सहिद , बेपत्ता योद्धा , घाइते , अपाङ्गसित सम्बन्धित बिषयलाई उठाउने # जनताको संबिधान निर्माणका लागि संबिधानसभा बाहिर सर्वपक्षीय राजनैतिक सभाको गठनका लागि सहमत गर्ने । # जनयुद्धकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगलगायतका विषयहरुलाई लिई आवाज उठाउने । (२) संयुक्त समितिको गठन # उक्त विषयहरुलाई लिएर जनसङ्घर्ष तथा जनपरिचालन गर्नका लागि संयुक्त समिति गठन गर्ने । # सो समितिको नाम संयुक्त राजनीतिक सङ्घर्ष समिति राख्ने । # सो समितिमा सम्...