Posts

शिव वन्दना

शिव वन्दना बिजु सुवेदी “विजय” भोलेबाबा शिवजीलाई सबैको कल्याणको लागि यसैबाट विनम्रतापूर्वक आव्हान गरौं । हामीलाई कल्याणको परिभाषा पनि ठीक मात्रामा थाहा छैन । तर कल्याण के हो ? उक्त कल्याण शिवजीले मात्र जात्रु हुन्छ । हामीले त्यस्तो कल्याण सबैलाई प्रदान गरी  शिवजीलाई दिलाइदिनुहुन विनम्र वन्दना गरौं । त्यस्तो कल्याणबाट सबैलाई शान्ति होस् , सबैलाई आनन्द होस् , सबैको मनको ईच्छा पूरा होस् । सबै भनेको त्यो हो जुन     दृष्य–अदृष्य , चराचर जगत भित्र–बाहिर जति पनि रचना–अरचना छन् ती सबलाई कल्याण गरिदिनुस् । जय शिव भोला , द्रुत्त बम भोला , सबै दुःखीयारीहरुको दुःख हटाइदिनुहोला । दक्षको छोरी सती अन्माउँदा शिवलाई सोधियो  बुबाको नाम पहिला शिर निहु¥याई महादेवले केही भत्र सकेनन् दक्षले बाबुबिना कन्यादान गर्न मानेनन् ।। १ ।। तब बिष्णुले दक्षलाई भन्यो न शुरु न अन्त्य आदिनाथ हो यो शिवनै शिव , शिव दृष्टि अनन्त सबका पिता सर्वश्रेष्ठ भगवन्त ।। २ ।। जति जन्म भयो जति मृत्यु सतीको तीसबैका खप्परमाला रुद्राक्षको शिवले लगाई भयो आदिनाथ शिव त्रिकालदर्शी त्रिकालप्रवेशी...

लघु–कथा :– नमागौं

लघु–कथा :– नमागौं कथाकार :– लियो टालस्टाय ( रुसको विश्व–प्रसिद्ध कथाकार ) थाकेको दुर्वल एक युवक अगाडि आयो । ऊ भीख माग्न थाल्यो । “ भाइ ! भीख त दित्र । तिमीसँग केही कित्र सक्छु ।” “ मसँग त केही छैन । ” युवकले अकमकाएर भन्यो , “मसँग यस्तो केही पनि छैन , जुन म बेच्न सकूँ ।” “ तिमीसँग धेरै कुरा छ , चाह्यौ भने बेच्न सक्छौ ।” “हजूर...?” “तिमी आफ्ना कुनै पनि औंला काटेर मलाई देऊ , म त्यसको पाँचशय रुबल दिनेछु ।” “ युवक डराएर एकटक लगाएर हेर्न थाल्यो ।” “पाँचशय रुबल धेरै कम भयो होला सायद । अब यसो गर पूरा दाहिने हात काटेर देऊ । एक लाख रुबल दिनेछु ।” युवक चुप भयो । “ठीक छ तिम्रा दुबै खुट्टा काटेर देऊ । म पाँचलाख रुबल दिन तयार छु । भन मञ्जूर छ ?” तर कुनै जवाफ नदिइकन त्यो युवक चुपचाप फर्कन थाल्यो । “सुन एक मिनेट ।” युवक रोकियो “जब तिम्रो खुट्टाको मूल्य पाँचलाखभन्दा धेरै छ । जब पाँचशयमा तिमी औंला दिन तयार भएनौ भने लाखौंको शरीर आफ्नो मानेर भीख मागिरहेका छौ ? हेर ! यो शरीरको मूल्य बुझ । जाऊ केही गर । भीख माग ।”

लघुकथा :– निर्दोष काग

लघुकथा :– निर्दोष काग बिजु सुवेदी “विजय” हत्या र हिँसा विरुद्ध बृत्तचित्र बनाउनुपर्ने महसूस गरियो । एउटा कागलाई मारियो । चउरमा खाल्डो खनी गाडियो । गाडेको भिडियो खिचियो । कागलाई गाडेको त्यो दृश्य देखेर आकाशमा  मडारेर कोलाहल , खैलाबैला गरी बिचलित भएर थुँग्नलाई आक्रमणमा उत्रिरहेका  झूण्ड–झूण्ड कागहरुको पनि एकछिन भिडियो खिचियो र  यी माथिका सबै दृश्यहरु देखाइसकेपछि अन्त्यमा ती विचलित कागहरुको कोलाहलको दृश्यमा शन्देश दिइयो पनि भनियो पनि “ हत्या हिँसाका विरुद्ध यसरीनै उत्रौं”। बिजु सुवेदी “विजय” कुलेश्वर काठमाण्डौं bijusubedi@gmail.com

बैज्ञानिक दृष्टिले शाकाहार उपयुक्त

ॐ अज्ञानातिमी रानधस्य ज्ञानान्जना सलाकया । चक्षुरुमिलीतमेन तस्मैश्री गुरु महासरस्वत्यै नम : ।। अचेल माँशाहार प्रवृत्ति व्यापक भइरहेको छ । वलिदिने र माँशाहार प्रवृत्तिलाई राज्य , धर्म तथा सँस्कृतिले पनि संरक्षण गरेको देखिन्छ । तर आफ्नो तृप्तीका लागि अर्काको ज्यान लिनुलाई कदापी उपयुक्त मानिँदैन । पोषणले मात्र रोगलाई निको पार्न सकिन्छ भत्रे चिकित्सा विज्ञानका पिता हिप्पोक्रेट्सले सयौं वर्ष पहिले स्थापित गरेको दर्शन आधुनिक चिकित्सा विज्ञानमा पनि स्वीकार्यनै छ । चिकित्सा विज्ञानले पनि भनेको छ उपचारको अर्को पाटो पोषण हो र पोषण प्राप्तीको एकमात्र माध्यम माँशाहार होइन । शाकाहार भएर त्यसभन्दा बढी पोषण प्राप्त गर्न सकिन्छ । जस्को दुष्प्रभाव पनि हुँदैन । विश्वमा अचेल शाकाहार हुनुको फाइदालाई मानवीय स्वनस्थ्यसँग मात्र जोडिएर हेरिँदैन , मानव अस्तित्वसँग यो गाँसिएको स्पष्ट भएको छ । विश्वब्यापी तापक्रम बृद्धि , पशुअधिकार , प्रणाली जगतमा सहअस्तित्वको सवालले पनि प्राथमिकता पाउने गरेको छ । उपभोग प्रवृत्तिमा उत्पादन प्रणाली निर्भर रहन्छ वा उत्पादनले उपभोगमा प्रभाव पार्छ भत्रे वहसको विषय छ ...

दशैंको शुभ-कामना

Image

गणतन्त्र नेपालका चुनौतीहरु

प्रभात डट कमका लागि सम्पादकिय ( बिजु सुवेदी “विजय” )                                                         गणतन्त्र नेपालका चुनौतीहरु यद्यपी विश्वका अधिकाँश मुलुकमा राजतन्त्र उन्मूलन भइसकेको छ र यो उन्मुलनको ताजा हावा सर्वत्र फैलने क्रममा छ तर राजतन्त्र एकदम नराम्रो व्यवस्था हो भनेर जात्रका लागि हामीले अरु कुनै देशको उदाहरण हेर्न जरुरी छैन हाम्रै देशको इतिहास हेरेर माटो सुहाउँदो छ कि छैन भनेर सिँहावलोकन गरी पाठ सिक्नु जरुरी छ । मैले नेपालमा राजतन्त्रको शुरुवातकालदेखि हालसम्मको अन्तिम राजाको इतिहासको धेरै समय लगाई अध्ययन गर्ने क्रममा थुप्रै विभत्स क्रुर हत्या तथा अनेकौं षडयन्त्रका पाटाहरु भेट्टाएँ । ती सबलाई एक–एक गरी केलाई उल्लेख गरेँ भने एउटा ठूलो पुस्तकनै तयार हुन्छ तर अहिले अवशेष भइसकेको , औचित्य समाप्त भइसकेक...

प्रेमाश्रु

Image
कविता :– प्रेमाश्रु बिजु सुवेदी “विजय” तिम्रो आँसुको सच्चा प्रेम देखें कहिल्यै छोड्ने छैन भनी सदाको लागि तिम्रो प्रेम रोजेको थिएँ झनै रोजेँ । तिम्रो प्रेमको परीक्षा अब कहिल्यै लिने छैन तिम्रो आासुको धेरै मूल्य छ , तिमी विना म म होइन । तिमीले मेरो रुने बानी छ , म कोमल छु भने पनि हाम्रो विछोडको संकेतमा निस्केको तिम्रो बलिन्द्र धारा अश्रुले अरु सबै अश्रुलाई फिक्का पारेको छ , भनें पनि । तिम्रो मेरो प्रेम अरुको लागि आलो काँचो लागे पनि हाम्रो प्रेममा धेरै गाढापन छ भनेर तिम्रो आँसु देखें पनि । तिम्रो मेरो प्रेम झनै झनै झनै गाढा बन्दै जाओस् प्रेमको परिभाषा चिनाउने रोमियो–जुलियटलाई प्रेमको प्रतिस्पर्धामा हराउन पाओस् । भनोस् फालीले हाम्रो बैर छ तर तिम्रो प्रेम धेरै धेरै धेरै छ । यदि समुन्द्र मसी भए , धरति कागज भए कल्पवृक्षको कलम बनाउँदै तिम्रो सच्चा प्रेम लेख्दै गए बरु समुन्द्रको मसी सुक्छ , धर्तिको कागज भरिन्छ तैपनि कलम अघाउँदैन । तिम्रो प्रेमलाई अनुभूति गरेर तिम्रो प्रेमाश्रु कहें म संग शब्द छैन अब तिमीलाई सधैं शब्दले , बोलीले प्रेम व्यक्त गर भत्रे म मान्छे पनि शब्दले हारेँ बोलीले हारेँ मैल...