नेपाल गजल

नेपाल गजल
गजलकार :– बिजु सुवेदी “विजय”
लय :– लोक लय असारे (३+२)= ५ + (३+२) =५ + (३+३) =६ जम्मा १६

नेपाल राम्रो हृदय बन्छ धड्काई रहन्छ
नेपाल राम्रो गजल बन्छ गवाई रहन्छ ।

पूर्वमा राम्रो मेचीको सीमा विशाल नदीको
पश्चिम हाम्रो कालीको गर्ज बजाई रहन्छ ।

कतिमा राम्रो उत्तर तिर उचाइ फैलेको
हिमाल हाम्रो आकाश चुम्छ रमाई रहन्छ ।

कतिमा राम्रो दक्षिण तिर हरियो बनेको
तराई हाम्रो उन्नत हुन्छ सजाई रहन्छ ।

कतिमा राम्रो डाँडा र ताल , भञ्ज्याङ्ग , चौतारी
झरना , नदी कलल गुञ्ज बजाई रहन्छ ।

शिवको हाम्रो हिमाली काख धरती तपको
बुद्धले राम्रो शान्तिको कुञ्ज बनाई रहन्छ ।

झण्डा छ हाम्रो जून र रवि सिम्रिक माथिको
आकाशे गङ्गा किनार बग्छ फह्राइ रहन्छ ।

लय :– लोक लय असारे (३+२)= ५ + (३+२) =५ + (३+३) =६ जम्मा १६

२०७० पौष १९
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा