Posts

सकारात्मक सोच नै सफलताको सूत्र

  यसका कारण सामंजस्य, विश्वास, अभय, उमङ्ग, मृदुता, श्रद्धा, सहयोग, इमानदारी, दया, करुणाले जीवन नै एकदमै असल र जीवन्त बनाइदिन्छ । यसले हाम्रो आत्मविकास गरी, आत्मविश्वास बढाउँछ र हामीलाई विभिन्न आदर्श मार्ग देखाइदिन्छ । जीवनका हरेक कोणहरूमा सफलता दिलाइदिन्छ । यसको परिणाम अरूका लागि हामी महान् भइदिन्छौँ । आत्मस्वीकृति र आत्ममनोवल नै आफूलाई स्वीकार गर्नु तथा आफ्नो मानोवललाई वृद्धि गर्ने दुई महत्त्वपूर्ण कदमहरू हुन् । यसैबाट म महत्त्वपूर्ण छु भनी अडिग हुनसक्नु सबभन्दा चुरो कुरो हो । मनोवल उच्च बनाइदिन्छ । यसका साथै, सकारात्मक भावना ल्याउँदा हाम्रो चेतना शक्तिशाली हुन्छ । त्यस्तै हाम्रो व्यक्तित्त्व विकास र सामाजिक सम्बन्ध पनि अझ सुदृढ हुन्छ । साथै यसले हामीलाई आफ्नो लक्ष्यमा समर्थन प्रदान गर्दछ र हाम्रो जीवनलाई अपेक्षाकृत उच्च स्तरमा ल्याउन उच्च मनोवलका साथ हस्तक्षेपकारी भूमिका निर्वाह गर्दछ । सकारात्मक शक्ति बढाउनका लागि हामीले एकआपसमा आदानप्रदान गर्नका लागि प्रेरणा ल्याउने संगीत, पुस्तक, मानवसेवा, उत्सव, र नयाँ चुनौतीहरूको सामना गर्ने सम्भावनाहरूलाई महत्त्व दिनुपर्छ । तसर्थ तपाईंको मन...

जबान सिनेमाको १००० करोडको सक्सेसको दिनमा !!!

 सिनेमाको मखमली पर्दामा जबान हेर्ने अवसर पाएँ आइसी १००० करोडको सक्सेसको दिनमा !!! सिनेमाले उठाउन खोजेको विषय अति नै गहन, महत्त्वपुर्ण तथा सशक्त छ । अति निम्न वर्गीय किसानको भित्रि मुटुसम्म विह्वल पार्ने दारुण दृश्य कटक्क पार्ने किसिमको मार्मिक छ । त्यस्तै मतदाताले अलिकति सामानको भाउ बढ्दा अति नै केरकार गर्ने तर नेताले भ्रष्टाचार गर्दा पनि उनीहरूलाई नै चुनिरहने, केही भन्न र सोध्न नसक्नेले गर्दा देश अधोगतितर्फ गएको क्रूर यथार्थका कुरालाई जनतामाझ झकझकाएर यदि हामीले भोट दिने बेला राम्ररी सोचेमा देशले कहालीलाग्दो असंगत समाप्त पार्न सक्ने मजबुन यस सिनेमामा पस्केको पाइन्छ । सिनेमाको कथा सशक्त छ । कथावस्तुको आधारमा भने एकचोटी सिनेमा हलमा गएर हेर्नैपर्ने सिनेमा बनेको छ । समग्रमा सिनेमा र: मेटेरियल अर्थात् कोरा जस्तो बन्न पुगेको देखिन्छ । यसलाई सशक्त पार्न सक्ने प्रशस्त ठाउँहरू छन् । यसलाई फिनिसिङ गरी अझ माझिने गरी मेहनत गरेका भए यस सिनेमाले आइसी २००० करोडसम्म कलेक्सन गर्नसक्ने देखिन्छ । यस मामिलामा भने निर्माण टिम चुकेको देखिन्छ । यो उहाँहरूलाई भविष्यका लागि पाठ हो । यस सिनेमाको हरेक पाइलाम...

समय खोला हो, निरन्तर बगिरहन्छ

  समय घड़ी

भो अब म अडिट गर्दिन

 भो अब म अडिट गर्दिन “नेपालमा अवसर हुँदाहुँदै विदेशमा भास्सिनु के भ्रष्टाचार होइन ? तर यहाँ विदेशको तारिफ गरी थुक निल्नेहरू देख्दा उसलाई अत्यन्तै लज्जावोध हुन्छ ती बिलखबन्दीहरू देखी । आफ्नो व्यक्तिगत स्वार्थलाई कदापि नहेरी देशका लागि एउटा दियोले झैँ आहुती दिई नेपालमा उज्यालो छर्ने शहीदको रगत हाम्रो नसानसामा सल्बलाइरहेको छ । यो बलिदानीले सिर्जिएको यो उर्वर देश बनाउन हामी कहिल्यै पछि हट्नु हुँदैन । नेपालका लागि जुनसुकै हालतमा पनि लागीपर्नुपर्छ , मरिमेट्नुपर्छ ।” होे ! यो आवाज विश्वास को हो ।  “देशलाई हामी सबैले कदर गर्नैपर्छ । यस्ता देश सखाप पार्ने भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म हामीले विश्वमा सर्वोच्च अग्लो सगरमाथाको शिर गर्वले उठाउन सक्दैनौँ । विश्वमा वीर कहलिएका हामीलाई यो भ्रष्टाचारको कालले निल्नै लागिसकेको छ । प्रत्येक मानिस नेपाल भनेपछि भावविभोर हुनुपर्ने ठाउँमा विदेशको गुणगान गाउनमा तँछाडमछाड गरिरहेको देखिन्छ । विकसित देशजस्तो द्रुत्ततररूपमा नयाँ रङ्गले हाम्रो देश सिँगार्न सबैले आआफ्नो तर्फबट एकदमै इमानदारी देखाउन जरूरी भइसकेको छ ।” विश्वास यस्तै यस्तै जायज कुरा साका...

तिम्रो र मेरो गीत

  तिम्रो र मेरो गीत जन्मजन्मको साथ यो अगाढ जन्मजन्मको सम्बन्ध शुद्ध विमोह तिमी तपे म ठण्ड्याउने तिमी मुर्झे म तपाउने रिस राग कबै होइन प्रेमको मीठास सधैँ बर्साउने दुःख पाए नआत्तिने सुखमा कबै नमात्तिने तिमी विच्किए म समाल्ने तिमी सच्चिए झनै सपार्ने भोको पेट कसैको नहोस् रुवाइको क्षण वैरीले नझेलुन् दरिद्रता कतै नहोस् धनको वर्ष सिञ्चन होस् हट्नेछन् काँडा सबै फक्रनेछन् सिम्रिक गुलाव दुई आत्मा एउटै हो बाहिरी भित्रि शरीर जो तिमीले जे झेल्यौ त्यो मैले पनि जतिसुकै ठूलो तथास्तु वरदान त्यो केही चाहिँदैन सिवाय तिमी मलाई त्यो अरू केही होइन प्रारूप वस्तु दृष्य त्यो केही होइनन् म जे छु त्यो तिमी हौ तिमी जे छौ त्यो मै हुँ जन्मजन्म त त्यो के नै हो र अनन्तभन्दा धेरै बढी सपना, विपना, जपना त्यो तिमी नै त हौ प्रलय त्यो तुच्छ के नै हो र ध्यान, मोक्ष, समाधिमा पनि तिमी रहन्छौ साँच्चै हाम्रो प्रेमको मायाको गाँठो प्रभात अचाक्ली एकदम गीत नै त हो २०८०/०५/०८ शुक्रवार साँझ ४ बजे तदनुसार २०२३ अगस्ट २५ बिजु सुवेदी विजय

"शान्ति सम्झौता" प्रकाशित भयाे !!!

Image
  कथा सङ्ग्रह ः— शान्ति सम्झौता प्रकाशक तथा पाइने स्थान ः– रत्न पुस्तक भण्डार, बागवजार, काठमाडौँ प्रकाशित मिति २०८० जेठ ७ मूल्य रु ४९५÷—     © Nepali Font to Unicode

छिटै आऊ गणतन्त्र

छिटै आऊ गणतन्त्र (२०८० जेठ १५को गणतन्त्र दिवसको शुभकामनासहित ) गणतन्त्र ! पैँसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ बालुवा चाल्नेकहाँ चाहिँ कहिले आउँछौ ? गिट्टी कुट्नेकहाँ चाहिँ कहिले आउँछौ ? मालिकको दासता भएको ठाउँमा चाहिँ कहिले आउँछौ ? गणतन्त्र ! तिम्रा निम्ति एक लाखभन्दा बढी सहिद भइसके  साँच्चै गणतन्त्र ! तिमी ०६५ जेठ १५मा आयौ राजतन्त्रेलाई धुलो चटायौ जसलाई पनि अरूलाई बुद्ध बनाएर सबैलाई आफू राजा बन्ने लालसा बढिरहेको छ पक्कै पनि महाराजा बनाउन गणतन्त्र तिमी आएकै होइनौ मलाई पनि कसैको राजतन्त्रे स्वीकार्य छैन मेरै राजतन्त्रे भए पनि मलाई स्वीकार्य छैन “राजगद्दी जनताको मानिए पनि सम्पत्ति नेपाल सरकारको भएको छैन मलाई पनि कसैको राजतन्त्रे स्वीकार्य छैन चाहे त्यो मलाई एकदमै मनपर्ने पार्टी नै किन नहोस् मलाई तिमीहरुको पनि राजतन्त्रे स्वीकार्य छैन” हो ! यो मेरो गणतन्त्रप्रतिको निष्ठा हो गणतन्त्र ! तिमी युग बदल्ने आवाज हौ अवाज दबाउन गरिएको तगारो विरुद्धको सशक्त आवाज हो  दासताको बन्धनबाट छुट्कारा छ यसमा त्यसैले दबिएका ठाउँमा आवाज बनी आऊ गणतन्त्र ! तिमी जनताको दैलोमै आउनु आवश्यक छ साँच्चै गणतन्त्र ! ...