Posts

वुद्ध जीवनी

सिद्धार्थको वाल्यकाल आजभन्दा २६०० वर्ष अगाडि हिमालय मुनिको फाँटलाई जम्बुद्वीप भनिन्थ्यो । त्यहाँ अनेक साना ठूला अधिराज्यहरु तथा गणराज्यहरु थिए । ती अधिराज्यहरुमा राजाहरु तथा गणराज्यहरुमा गणपतिहरु शासन गर्दथे । त्यहाँ हिमालय नजिकै राप्ती नदीको किनारमा शाक्य जातिको कपिलवस्तु भन्ने राज्य थियो । यसको राजधानी कपिलवस्तु नगर थियो । गौतम थर भएको शुद्धोदन यहाँको राजा हुनुहुन्थ्यो । महामायादेवी राजा शुद्धोदनकी महारानी थिइन् । राजा शुद्धोदन तथा महारानी महामायादेवीको विवाहित जीवनको धेरैदिनपछि मात्र महामायादेवी गर्भवती भइन्। सुत्केरी हुने दिन नजिक आउँदा राजासित उनले माइती देवदह नगर जानका लागि अनुमति मागिन् । राजाले खुसीसाथ अनुमति दिई महारानी सवारी हुने बाटोघाटो पनि सजाउन लगाउनुभयो । कपिलवस्तु र देवदह नगरका बीचमा लुम्बिनी भन्ने बगैंचा थियो । यहाँको शालवृक्षको घारीमा दुबै देशका मानिसहरु डुल्न आउँथे । यहाँका रुख विरुवाहरुमा टम्म फूल फुलेका थिए । भमराहरु फूलका रस लिइरहेका थिए । चराचुरुंगीहरु मधुर स्वर गुञ्जाइरहेका थिए । महरानी महामायादेवी लुम्बिनी बगैंचामा शुक्रवार बैशख पूर्णिमाको दिन पुग्...

मानिस जन्मियो

Image
मानिस जन्मियो कथाकार माक्सिम गोर्की रसियन कथाकार यो सन् १८९२को भोकमरीको कुरा हो । सुखुम र अचेमचिरीका बीच कोदर नदीको किनारको नजिक मैले पहाडी झरनाका सुमधुर कलकल स्वरलाई छोपिरहेको समुद्रको गम्भीर गर्जन सुनेको थिएँ । पतझरको मौसम थियो । साना र पहेँला पातहरु कोदर नदीका लहरहरुमाथि चञ्चल माछाहरु झैँ यताउता लहराइरहेका थिए । म नदी किनारमा ठडिएको अग्लो ढुङ्गामाथि बसेर सोचिरहेको थिएँ कि विभिन्न प्रकारका समुद्री चराहरु पनि यी पातहरुलाई माछा भन्ठानेर झुक्किरहेका छन् । र यसै कारणले तिनीहरु दायाँतिर रुखहरुका पछाडि, जहाँ लहरहरु किनारामा ठोक्किरहेका छन् , नराम्रोसँग कराइरहेका छन् । ममाथि फैलिएका रुखहरु सुनले सजिएझैँ थिए । मेरा खुट्टानिर खसेका असङ्ख्य पातहरु यस्तो लागेका थिए मानौँ हातबाट काटिएर अनेक हातका पञ्जाहरु यताउता फ्याँकिएका हुन् । अर्को किनारामा उभिएका रुखका नाङ्गा हाँगाहरु हावामा झुण्डिएका थोत्रा जालहरुझैँ देखिँदै थिए । त्यस जालमा एक रातो पहाडी लाँचे चरा फसेझैँ देखिन्थ्यो र रुखको फेदको माथिल्लो भागमा आफ्नो चुच्चोले ठकठक आवाज निकाल्दै कीराहरुलाई निकालीरहेको थियो । बाहिर निक्लिएका कीराहरु तुरुन्...