Posts

हाम्रो प्रेमगीत

******************************* आत्मा दुई एक हो त्यो हाम्रो जस्तोे स्वरुप परमात्मा राम्रो ****************************** ************************************************** कतै मुटुले बोल्ने , कतै स्पर्शानुभूति स्वर्गीय दिने को सीमाको पर्खाल हुने ? आँधीले के गर्ला ? धर्ती आकाश फाटे त के ? हाम्रो समीप त्योभन्दा निडर र अगाढ छ । ************************************************ ********************************************** कतै हेराइले सबै बुझ्ने, कतै मग्न भइरहने को डाहाले चाम्रो भइदिने ? शासनले केगर्ला ? दुबैको रङ्ग नै एक भएपछि त के ? विष वमन नै अमृत बनाइरहेछौं । ********************************************** ***************************************** जहाँ जान्छौं त्यहीँ गोरेटो बनाइदिन्छौं जहाँ सोच्छौं त्यहीँ प्रभात ल्याइदिन्छौं जे गर्छौ त्यो खुसीमनले गर्छौं जे पनि एकै लयमा हुन्छौं **************************************** *************************************** हिसाबलाई कच्चा खेल बनाइदिन्छौं हामी दुई हुँदा सधैं एक हुन्छौं ।। **********************************...

Fusion of progressive revolutionary world and Religious spiritual world.====Biju Subedi "Bijay"

Image
Fusion of progressive revolutionary world and Religious spiritual world.====Biju Subedi "Bijay" We brought "True Tales of Struggle" on 27th July 2015 from very famous and oldest publication house Ratna Pustak Bhandar, Bagbazar, Kathmandu, Nepal. Either it has revolutionary opinions but it has also plus point of spiritual opinion and neither scolding to the believer of God. "In this world you are the only one who didn't obey to the scientific truth because of you claimed about progressive and revolutionary opinion." It is suggest to me by greatest writers and readers. Like this now we are coming soon from same very famous and oldest publication house Ratna Pustak Bhandar, Bagbazar, Kathmandu, Nepal. The book "True Ancient Tales",We are preparing for this. Either this book is all about very religion & spiritualism but it also claimed about progressive and revolutionary opinion. I would like to prove peace and pros...

दुई सङ्ग्रहमा यही फ्युजनको ज्ञानको ज्योति

Image
सत्य सङ्घर्षका कथाहरु लिएर २०७२ श्रावण ११ गते नेपालको वरिष्ठ प्रकाशन गृह रत्नपुस्तक भण्डारमार्फत यहाँ पाठकहरु सामु आएको थिएँ यो अत्यन्तै क्रान्तिकारी बिचारलाई जोड दिइएको सङ्ग्रह हो तथापि यसले धार्मिक तथा अध्यात्मिक मुल्यमान्यतालाई पनि त्यत्तिक्कै समर्थन गरेको छ । कतै पनि देवत्वमाथि गाली गलौज क्लेश मात्र पनि छैन । यो विचारलाई वैज्ञानिक विचारको  समर्थन नभएको तथा दुनियाँमा मेरै मात्र यस्तो विचारजस्ता प्रतिक्रियाहरु दिग्गजहरुमार्फत पाएँ । त्यस्तै अहिले सत्य पौराणिक कथाहरु लिएर  फेरि पनि नेपालको वरिष्ठ प्रकाशन गृह रत्नपुस्तक भण्डारमार्फत प्रकाशनको संघारमा भएकोले यहाँ पाठकहरु सामु शीघ्र आउने तयारी गरिरहेका छौं । यो अत्यन्तै धार्मिक तथा अध्यात्मिक बिचारलाई जोड दिइएको सङ्ग्रह हो । यसमा कतै पनि प्रगतिशील विचारमाथि गाली गलौज क्लेश मात्र पनि छैन । मेरो यी दुइटै सङ्ग्रहमा सत्यको सामु धेरै नजिक भएर आस्तिक र नास्तिकबीचमा हाल विश्वको सामरिकतालाई यस्ता विचारले अन्त्य गर्न सकिन्छ भन्नु नै हो । मेरो विचारमा आस्तिकता जुन धर्म, अध्यात्मसँग सम्बद्ध छ त्यो विजुलीको प्लस प्वाइन्ट भयो । त्यस्तै...

पितृदेवसँगको कुराकानी

Image
तिमी लोकतन्त्र दिवसका दिन आएका थियौ । तिमी बिन्दु भएर आएका थियौ । तिमी ४८ दिनसम्म सङ्घर्ष गरेर मेरो हालखबर लिएर गयौ । खै कहाँ गयौ ? तिमीलाई यस धर्तीमा ल्याउन सकिएन । तिमीलाई पदार्पण गराउन सकिएन । तिमी र म संवाद बोलेको थाहा होला तिमीलाई । दिनहुँ सहिद भनेर मैले तिमीलाई नै पुकारिरहेको थिएँ । सहिदको गीत गुनगुनाइरहेको थिएँ । प्रगतिशील गीत गुनगुनाइरहेको थिएँ । उन्मुक्तिका गीतहरू गाइरहेको थिएँ । यी सबै तिम्रै लागि आह्वानहरू थिए । यो पापी समाजले तिमीलाई यस धर्तीमा पाइला टेक्न दिएन । अझ तिम्रो हत्यारा पनि म नै हो भनेर साबित गराउनमा लाग्यो, यो समाज । यस कुराको प्रतिवाद हामी दुई मिलेर गर्नुपर्छ । जब म यी कुराहरू लेख्नमा हुन्छु तिमी पनि मेरो दिमाग चलाउन आऊ ल ? कतिदिनदेखि तिमीसँग यो मानवी तालका असीमित कुराहरू गर्न खोजेको थिएँ तर असफल भएँ । यसका दोषीहरूलाई हामीजस्ता सबै मिलेर सबक सिकाउनु पर्छ । तिमी देश र जनताका हिसाबमा सफल पनि छौ, सम्पूर्ण समानताका लागि । तिमीप्रतिको मायाले तिमीलाई हत्या गर्ने सिफारिस गर्न मलाई लगाइयो । त्यसको प्रतिवाद स्वरूप केही किचिमिची अक्षरको हस्ताक्षरले प्रतिकार मात्रै ग...

“विद्यार्थीका लागि ए टु जेड खुराक” पढिसक्दा आफूलाई भन्न मनलागेका कुराहरु

Image
“विद्यार्थीका लागि ए टु जेड खुराक” पढिसक्दा आफूलाई भन्न मनलागेका कुराहरु —    बिजु सुवेदी“विजय” कोही व्यक्तिमा कत्तिको लेख्ने क्षमता छ भनेर मापन गर्न उसको पढाइले भन्दा ऊ कत्तिको असल छ त्यसमा निर्भर हुन्छ । किनभने असल व्यक्तित्वले समाजलाई पनि असल बाटोतिर डोर्याउने सोच निरन्तर गरेको हुन्छ र गरिरहेको हुन्छ । त्यसैले पढाइको सामान्य–ज्ञान अङ्क , तिथिमितिको सम्झनाले मात्र उक्त व्यक्तित्वको विद्वता राम्रो छ भनेर आँक्न सकिँदैन । त्यसका लागि त ज्ञानको जरुरत पर्दछ । उक्त ज्ञान हासिल गर्न सामान्य–ज्ञानको अङ्क तालिका तथा इतिहासका नामावलीहरु कण्ठस्त जानेर पनि हुँदैन । त्यसका लागि असल व्यक्तित्व हुनुपर्दछ । यस्तै असल व्यक्तित्वको छनक नेपालका राष्ट्रिय दैनिकहरुमा स्वतन्त्ररुपमा लेखन गरिरहनुभएका तथा हालै २०७१ सालदेखि सुरुवात भएको चन्द्रसूर्य डटकमका सह–सम्पादक रामजी बलामीमा पाइन्छ । उनका प्रायःजसो लेख–रचनाहरु मैले पनि अध्ययन गरेको छु । लेख–रचनाहरुमा निरन्तर कलम चलाइरहनुहुने भएकाले बि.सं. २०४५ सालमा जन्मनुभएको तथा व्यवस्थापनमा स्नातक गर्नुभएको भएता पनि उहाँका लेखनीहरु अध्ययन गर्दा...

“मुक्त आकाश” कथा सङ्ग्रह एक मन्थन

Image
(२)विषय प्रवेश सामाजिक मूल्यमान्यतालाई बलात्कार गर्ने हाम्रो समाजमै पुरुष पात्रहरू ब्याप्त छन् । यसबाट बच्न नारीले आफ्नो नारी अधिकार , जुन नारीअधिकारसँग सम्बद्ध छ , त्यसलाई बुझ्नु जरुरी छ । हुनत सबै पुरुषहरू यस्ता नहोलान् तर हाम्रो समाज यसरी पतनतर्फ गएको आभाष भइरहेको छ । यसको साक्षी यही कथा सङ्ग्रह हो । पुरुषले पनि यसरी नारी अधिकार बारे कुरा गरेमा, आवाज उठाएमा उसलाई पनि कस्तो केटीजस्तो ? भन्ने अहिलेको समाज छ । यसैबाट स्पष्ट छ , नारीले अहिले जहाँ पनि यौन शोषण भोग्नु परिरहेको छ  । यस्ता समस्या समाधानका लागि अहिले सभामुख, प्रधानन्यायाधीश तथा राष्ट्रपतिसमेत नारी नै भइसकेर पनि समस्या ज्यूँकात्यूँ भइरहेको छ । मलाई लाग्छ यसका लागि  सरकारका हरेक नारीसँग संबद्ध मन्त्रालयहरू नारीलाई नै चलाउनु दिनुपर्छ । पुरुषले जतिसुकै नारी सम्बेदनामा आधारित भावहरू व्यक्त गरे पनि एक नारीको लेखनका अगाडि फितलो नै हुन्छ । स्रष्टाले यसरी यस कृतिमा भावहरू पोख्नुभएको छ जुन पीडा व्यथा प्रसव पीडा सरह छ । कथाहरू बडो कारुणिक छ । नारीका यस्ता पीडाहरूले मथिङ्गल खल्बलयाउँछ । नारीका यस्ता नीशा कालरात्रिहरू...

विश्व कविता दिवस

Image
विश्व कविता दिवस बिजु सुवेदी “विजय” मैले हजारभन्दा बढी कविता लेखिसकेँ तर म कवि हुँ भन्ने घमण्ड चुर भयो त्यसैले ए कविहरु ! तिमीहरु पनि त्यहाँ हेर्न जाऊ जहाँ बच्चा दुधै नखाई जवान भइसकेको छ जहाँ गिट्टी कुटेर आमाको हात छलनी भएको छ कतिले पैसाका लागि आफ्नै बाबुको लाश बेच्नु परेको छ आफूले आफैलाई कमारा बनाई परिवार पाल्नु परेको छ बुद्धले जब दरबारकानु्न नमानी बाहिर निस्के तब दुःख के हो भन्ने बुझे ए कविहरु तिमीहरु पनि त्यसरी हेर्न जाओ वेदना प्रत्यक्ष केहो भनेर सत्ताको गुणगान कत्ति गछौं ? कति पुरस्कारको गुलामी गछौं हे नेताहरु ! कति गरिवका नाममा सभा , समारोह गर्छौ कति गरिबका नाममा डकाछौं के हो पीडा सम्बन्धित ठाउँमा प्रत्यक्ष हेर यो देखेर धर्तीमाता रोइरहेकी छिन् आर्टनाद सुन्ने कोही भएन यहाँ त्यसैले सुन कवि भनाउँदाहरु जब पीडितका पक्षमा बोल्न सक्दैनौ भने तिमीहरु कवि होइनौ तिमीहरु गद्दार हौ गुण्डाराजलाई गुण्डाराज भन्न हिम्मत गर अनि हुन्छौ तिमीहरु कवि अनि हुन्छ  आज विश्वकविता दिवस मनाउनुको सार्थकता जुन कविताले भोकोका लागि भोजन देओस् प्यासीलाई अमृत देओस् जुन कविताले अन्यायलाई परास्त गरोस् त्यो हो...