बुद्धिचाल एक अध्ययन
बुद्धिचाल, शतरञ्ज अर्थात चेस । यो खेललाई हाम्रो देश नेपालमा बुद्धिचाल, भारतमा शतरञ्ज तथा अन्य प्रायः देशहरुमा चेस नै भनिने भएकोले यस लेखमा चेस भनेर नै यो विश्लेषणात्मक लेख प्रस्तुत गरेको छु । अरु सबै खेलभन्दा चेस बौद्धिक खेल हो । दिनमा एक पटक चेस खेल्नु भएमा आफ्नो दिमाग कहिल्यै बुढो हुँदैन , सम्पुर्ण जीवनकालमा सोह्र वर्षे व्यक्तिले जस्तै दिमाग राम्ररी प्रयोग गर्न सकिन्छ । हाम्रो पौराणिक कथाहरुमा पनि चेस रावणले आविष्कार गरेको भन्ने उल्लेख पाइन्छ । विश्वमा पहिलो प्रकाशित पुस्तक ट्रोजन हर्षको सिरिज हो भने दोस्रो चेसकै हो । चेस अहिलेको जमानामा कम्प्युटर, अनलाइन, गेम आदिमार्फत पनि खेल्न सकिन्छ । विश्वमा ग्राण्डमास्टरलाई हराउने कम्प्युटर १९८८मा आविष्कार भयो । तर यसै ग्राण्डमास्टर कम्प्युटरलाई धेरै पटक हराउने श्रेय पनि कास्पारोभलाई नै जान्छ । उनी २२ वर्षको उमेरमा नम्बर १ ग्राण्डमास्टर बनेका थिए र धेरै वर्षसम्म यस उँचाइलाई कायम राखे । मनोविज्ञहरुले पनि भनेका छन् चेसले दिमाग बढ्दछ । दैनिक पजल , कोठेपद बनाउने स्तम्भकारको जीवनको अन्तिमकालसम्म पनि दिमाग सक्रिय रहेको पाएर...