इमानदारिता नै कर्ण हार्नुका कारण
महाभारतकालका युगपुरुष थिए कर्ण । उनी सबैभन्दा श्रेष्ठ भएर पनि सबैभन्दा चेपुवामा पर्ने व्यक्ति पनि थिए । उनी हरेक कुरामा निपुर्ण थिए । कर्तव्यपरायणता, इमानदारिताका त उनी खानी नै थिए । पौराणिक इतिहास माहाभारतमा उल्लेख गरिएका कथनहरुका आधारमा यहाँ कर्णको हारका कारण केलाउने प्रयास गरिएको छ । दम्वोद्भवले सूर्यदेवको अत्यन्तै ठूलो तप ग¥यो । सूर्यदेव प्रसन्न भएर प्रकट भई वरदान माग भन्दा उसले ‘अमरत्व’को वरदान माग्यो । सूर्यदेवले यो सम्भव छैन भने । तब उसले माग्यो कि “उसलाई एक हजार दिव्य कवचको सुरक्षा प्राप्त होस् । यीमध्ये एउटा पनि कवच मात्र उसले तोड्न सकोस् जसले एक हजार वर्ष तपस्या गरेको होस् । जसै कोही यसरी कवच तोड्न सक्छ उसको पनि तत्कालै मृत्यु होस् ।” देवताहरुको आसन डगमगाउन नदिन नरनारायण प्रकट भए । हजार वर्षको युद्ध र तपस्यापछि फेरि एउटा कवच टुट्यो र नारायणको मृत्यु भयो । फेरि नरले आएर नारायणलाई पुनर्जीवन दिए । यसरी यो चक्र फेरिफेरि चलिरह्यो । यसप्रकार ९९९ पटक युद्ध भयो । एउटा भाइले युद्ध गर्दा अर्को भाइले तपस्या गरिरहे । हरेक पटकको मृत्युमा अर्को भाइले उनलाई पुनर्जीवन दिन्थे । अन्ति...