सन्दर्भ :–वागमती सफाइ अभियान २०० हप्ता
सन्दर्भ :–वागमती सफाइ अभियान २०० हप्ता बिजु सुवेदी “विजय” आजबाट बागमती सफाइ अभियान २०० हप्ताका प्रवेश गरेको छ । प्रत्येक हप्ता काठमाण्डौं उपत्यकाबाट कम्तीमा पनि ५ मेट्रिक टन फोहोर विसर्जन भइरहेको छ तर फोहोरको समस्या ज्यूँ का तिऊँ भई पनि रहेको छ । यो सफाइ अभियान हात्तीको देखाउने दाँत भइरहेको छ । मिडियामा फोहोर सफा गरेको फोटो राखेर आफूलाई महान देखाउन घम्साघम्सी नै छ । यस्तो अझै ४०० हप्ता पुगे पनि कायापलट रुपमा शहर सफा हुनेवाला छैन । यो सफाइका लागि सबैमा चेतना हुनु जरुरी छ । फोहोर गरेकोलई सफा गर्ने अभियान होइन कि रोग लागेको लाई उपचार जस्तो होइन कि यस्तो कुनै पनि रोग हुनै नदिने अनि किन उपचारको जररत पर्यो ? सबै ३ करोड नेपालीलाई फोहोर कतै पनि नगर्ने कडाइका साथ दैनिक अभियान चलाउनु जरुरी छ । यसका लागि दैनिक उत्पन्न हुने फोहोरलाई सबैजनाले सधैं नै उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । अनि हेर्नुस् हाम्रो नेपाल एकैचोटि सिँगापुर हुनेछ । बेलैमा ध्यान दिएन भने सिँगानपुर हुनेछ । अरु के भनौं यो नेताको भाषणजस्तो भनेको पनि होइन । मुख्य चुरो कुरो भनेको फोहोरलाई उचित व्यवस्थापन भन्नाले ...