Posts

गीत :– कत्ति सहनु पिडा

गीत :– कत्ति सहनु पिडा विजु सुवेदी “विजय” कत्ति सहनु पिडा उपकार गर्दा पनि दियोले जलेरै त उज्यालो दिन्छ उपकार गर्दा पनि परिवार हेरेन भन्छन् उपकार गर्दा पनि पाप पखाल्यो भन्छन् कत्ति सहनु पिडा उपकार गर्दा पनि दियोले जलेरै त उज्यालो दिन्छ उपकार गर्दा पनि राजनीति गर्यो भन्छन् उपकार गर्दा पनि खर्च गर्यो भन्छन् कत्ति सहनु पिडा उपकार गर्दा पनि दियोले जलेरै त उज्यालो दिन्छ २०७२ बैसाख २७ आइतबार विजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

महाभूकम्पको आज तेह्रौ दिन (मनन गर्नुपर्ने कुराहरु)

यस महाभूकम्पको लेखाजोखा गर्नु एकदम जरुरी छ किनभने हामीले यसभन्दा अघिका महाभूकम्पहरुलाई अभिलेखिकरण गर्न नसकेकाले हामीले  राम्रो सावधानी अपनाउन सकेनौं । गोरखा जिल्ला यसपालीको भूकम्पको केन्द्रविन्दू रह्यो । त्यहाँ प्रायः सबै घरहरु सोतर भए । अझ गोरखा जिल्लमा उद्धार गर्न गएका २५ जना सुरक्षाकर्मी एकैपटक पुरिए । कोही भूकम्प गएको १० दिनपछि पनि मृतककै सिनो खाएर पिसाब खाएर पनि बाँचे । ठूला ठूला भूकम्पमा पराकम्पहरु हुन्छन् ।  भूकम्पको इतिहासलाई हेर्ने हो भने यो प्रकृया एक महिनादेखि २ वर्षसम्म पनि हुनसक्छ । अहिले यस्ता ४ रेक्टर स्केलसम्मका पराकम्पहरु १४० पटकभन्दा गइसकेका छन् । तर यसले पहिलो ठूलो भूकम्पले धरापमा पारेका संरचानाहरुलाई मात्र भने असर पार्दो रहेछ । प्रायसः यस्ता ४ रेक्टरसम्मका पराकम्पहरु सामान्य नै हुन् ।  चिलीमा भूकम्प गएको धेरै समय भइसक्दा पनि पराकम्पहरु आइरहेका छन् । यो भूकम्प आइसेकपछि विदेशबाट प्रचूर मात्रामा राहत सामग्री आइरहेका छन् । अहिलेसम्म राहत नपाएकाहरु पनि छन् । गुनासो गर्नेहरुले अहिलेसम्म राहत सामग्री पाएन भन्ने गुनासो पनि गरिरहेका छन् । हाइटीमा भ्रष्टा...

मर्नु ने परे, मरुँला बरु

आकाशै मुनि एकवारको जुनी के गर्नु र हजुर जीवन साँचेर मर्नु ने परे, मरुँला बरु उठ लहौ दाजुभमइ कम्मर कसेर ढाक्रेमा दाइको पिठ्युँमा भारी पसिना तरर सम्झेर ल्याउँदा दुःखीया जीवन मन रुन्छ धरर आकाशै मुनि....... गोठाला दाइको हातैमा लौरी गाईभैंसी धपाउने हामी त हजुर लालसलाम गाउने कोही छौ कि रिसाउने ? हामी त हजुर लालसलाम गाउने कोही छौ कि रिसाउने ? आकाशै मुनि....... दाउरामा जाने दाउरेनी दिदी, कुन दिदी कुन बहिनी हाँस खेलै गर्दै वित्ने पो होकि यो मेरो जिन्दगी आकाशै मुनि.......

महमभूकम्पको वितण्डा

२०७२ बैशाख ११२ गते ११ः५६मा महाविनासकारी महाभूकम्प गयो । यस महाभूकम्पले गोरखा, सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा ठूलो विध्वंश मच्चायो । यस महाभूकम्पले मध्यमाञ्चलभरिनै वितन्डा मच्चायो ।बैशाख १६ गते मात्रै लाशले गर्दाै एकथरिले महामारी फैलियो भनेर ३ लाख भन्दा बढीले काठमाडौं छोडिसकेका छन् । सडक सुनसान छ , दशैंमा भनदा पनि । भाडाका सवारी सबै रिजर्भमा चलाइरहेका छन् ।  काठमाडौं छोड्नेलाई गाडीको भाडा २५०० देखि ५,०००सम्म मनपरी भाडा लिएकोले स्कूलको संगठन प्याब्सनले सरकारको सहयोगमा काठमाडौं छोड्नेहरुका लागि निःशुल्क ५००वटा बस माइतिघरदेखि तीनकुने कोटेश्वरसम्म राखिएका छन् ।  अधिकांश मानिसहरु घरको तल्लो तल्लामा र पालमसनि बसिरहेका छन् , फेरि भूँइचालो आउला कि भनेर ।यस महाभूकम्प लगत्तै १०० वटा भनदा बढी ४ रेक्टरभन्दा ठूला भूकम्प गइसकेका छन् । धेरैजसो मधेसी तथा भारतीय नागरिकहरुलाई भारत स।रकारले निशुल्क रुपमा आफ्नो देशमा ओसारिरहेका छन् ।  यो संख्या पनि करिव ४लाख जतिककै  हाराहारीको छ ।  राहत सामग्रीहरु त्रिभूवन विमानस्थलमा विदेशबाट थुप्रै आइ।रहेका छन् ।  अहिले त्यसलाई कस...

महाभूकम्प

यस महाभूकम्पबाट परेको कठीनाइबाट बच्न तथा बचाउन कुनै पनि राहतका लागि टोल फ्री नम्बर 1234 मा डायल गरी सहयोग गरिदिनुहुन अनुराध गर्दछु ।

news51

प्रज्ज्वल चापागाई भक्तपुर यालाक्षेंको वालाखु टोलका भाष्करबोध मिश्र (८९) परिवारलाई नेपाली भन्दा नेवारी भाषा सहज लाग्छ। उनीहरूको त र ट को उच्चारण ठीक उल्टो हुन्छ। लवज, भेषभुषा र चाडबाडको हिसाबले पनि हुबहु रैथाने नेवार नै लाग्छ, मिश्र परिवार। मिश्र भन्छन्, “हाम्रो संस्कृति उपत्यकाको तौरतरिकासँग एकाकार भएको युगौँयुग बितिसक्यो।” हुन पनि, राजा यक्ष मल्लले दरबार हातामा चतुरमुखी यक्षेश्वर महादेव (पशुपति) स्थापना गरेसँगै भक्तपुरमा तिरहुतिया बाहुनहरूको ससम्मान उपस्थिति शुरु भएको थियो। भाष्करबोध मिश्र र उनका भाइ पूर्व न्यायाधीश महेश्वर (७०) का परिवार यक्ष मल्लले यक्षेश्वरको पुजारी बनाएका सदन झाका सन्तान हुन्। यलाक्षेंकै अर्का मैथिल पण्डित तीर्थराम झा त्रिभुवन विश्व विद्यालयमा नेवारी भाषाका प्राध्यापक थिए। हाल क्यानाडामा बसोबास गर्दै आएका झाका छोरा रामलोचन त्रिचन्द्र क्याम्पसमा नेवारी पढाइरहेका छन्। -  उपत्यकामा जुजुबाजे* पूजा अनुष्ठानको ऐतिहासिक पेशा र परिचयसँगै गाँसिएका मैथिल ब्राह्मणहरू काठमाडौँ उपत्यकामा जुजुबाजे भनेर चिनिन्छन्। ललितपुरको वालीफल, अथवहाः, वखुवहाः, यगुंवहाः, टौव...

नयाँवर्ष २०७२को शुभकामना — बिजु सुवेदी “विजय”

नयाँवर्ष २०७२को शुभकामना — बिजु सुवेदी “विजय” रोग कसैलाई नलागोस् डाक्टरले सबैलाई उपचार गरोस् लागे पनि स्वदेशमै उपचार होस् । शोक कसैलाई नपरोस् । कुलत सबैको हटोस् धारामा पानी आओस् सबैले पानी पाओस् लोडसेडिङ्ग हटोस् सबैले विजुली पाओस् सबैले पढ्न पाओस् कोही भोका नाङ्गा नहोस् धर्मको नामा, पार्टीको नाममा नेपाली बीच वैमनस्यता नहोस् नेपालको सिमाना नमिचियोस् प्रदुषण कतै नहोस् नेताले कुरा होइन काम गरोस् पत्रकारले झूठ होइन यथार्थ लेखोस् नेपाल बन्द कहिल्यै नहोस् संबिधान चाँडै बनोस् ठूलालाई चैन , सानालाई ऐन नहोस् सबैले आफ्नो कर्तव्य गर्न पाओस् नेपालको विकासको मूल फुटोस् नेपालको नाम सदा सदा चम्कोस् युवा विदेशीन नपरोस् बूढाहरु सहर पस्न नपरोस् स्वदेशमै सबैलाई रोजगारी होस् सयसैले सबैले आठघन्टा काम आठ घन्टा मनोरञ्जन आठ घन्टा आराम गर्न पाओस् सबैलाई राम्रो होस् सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामया : सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुखःभाग्जनः ।। यही अपेक्षा छ २०७२बाट नयाँवर्ष २०७२ सफल रहोस् २०७२ फलोस् फुलोस् नयाावर्ष २०७...