Posts

नवमो तथा दशमो अध्याय :- पीठोत्पत्ति वर्णन

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।। श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् । यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।। नमो भगवते तस्मै व्यासायमिततेजसे । यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।। साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् । कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।। ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।। भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्थ...

अष्टमो अध्याय :– शतीशवसह श्री महादेवस्य पृथ्वी भ्रमणो वर्णन

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।। श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् । यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।। नमो भगवते तस्मै व्यासायमिततेजसे । यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।। साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् । कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।। ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।। भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्था...

सप्तमो अध्याय :– दक्षसेना वध वर्णन

सप्तमो अध्याय :– दक्षसेना वध वर्णन श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम : कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि सतीदेवीले यज्ञमा फाल हानी प्राण छोडेको देखेर त्यहाँ भएका सबैले आश्चर्य मानी ओहो ! कस्तो अनर्थ हुन गयो । अब के हुने हो ? भन्न लागे । त्यसपछि अकस्मात धुलो उडी आकाश ढाक्न लाग्यो । आँधीवेह्री आई चारैतिर अन्धकार भयो र विनाबादल नै मेघ गर्जन लाग्यो । सबैका आँखामा धुलो पर्न गयो र कति भूइँमा घोप्टो परे । कसैलाई आँधीले उडाइ लगे । कति रुन कराउन लागे त कति आफ्नै सम्हारमा लागे । यस्तो महाउत्पात भएको देखी मन धैर्य गराएका दक्षप्रजापतिले “ डराउनु पर्दैन । सबैले धैर्य राख ।” भनी आफ्ना सबै पाहुना र गुरु पुरोहितहरुलाई सम्झाईबुझाई आफ्ना गुरु बृहस्पतिसित बिन्ती गरे :–“ हे गुरुदेव ! अकस्मात यस्तो के अनर्थ हुन गयो ? हाहाकार मच्चियो अब कसो गरुँ ? ” हे अगस्त्य मुनि ! त्यसैबेला नारद ऋषिले पनि सतीदेवी अग्नीकुण्डमा प्रवेश गरी देह त्यागेको देखी  वायु वेगले कैलाशमा पुगी श्री महादेवका चरणमा शाष्टाङ्ग दण्डवत गरी उठेर हात जोडी भन्न लाग्नुभयो :– “हे जगदीश्वर ! हे ...

षष्ठो अध्याय :– सतीदेवी यज्ञाग्नी प्रवेश वर्णन

षष्ठो अध्याय :– सतीदेवी यज्ञाग्नी प्रवेश वर्णन श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम : कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि ! एकदिन दक्षप्रजापतिले आफ्नी स्त्री विरणीसित भने :– “ हे विरणी !  अश्वमेध यज्ञ गर्ने हाम्रो जुन इच्छा छ त्यसका निम्ति अब सामग्री जुटाउने उपाय गर । महादेव र सती बाहेक त्यस यज्ञमा अरु छोरी र ज्वाईंहरु व्रम्हा विष्णु र इन्द्र , ऋषि , यक्ष ,गन्धर्व , किन्नर , नाग , अप्सरा र दशदिक्पालहरु समेतलाई निमन्त्रणा गर्न पठाउने काम पनि गर । ” आफ्ना पतिको यस्तो इच्छा र आफूलाई दिएको आज्ञा अनुसार दक्षपत्नी विरणीले यज्ञमा चाहिने सम्पूर्ण सामग्री जुटाइन् । अनि बोलाउनुपर्ने जतिलाई पतिको आज्ञा अनुसार निमन्त्रणा पठाइन् । दक्षप्रजापतिका तेत्तीस कोटी छोरी र तेत्तीस कोटी ज्वाईंहरु नाना वस्त्रालंकार र गहना लगाई यज्ञमा हवण गर्नका निम्ति मणि माणिक्यादि नानाथरीका द्रव्य र कोशेलीहरु लिई आउन थाले । जस्तै नन्दी , भृङ्गी , चतुर्षष्ठी योगिनी , भूत , प्रेत , पिशाच , पार्थ आदि गणले शोभायमान भएको शिवजीको सभामा जसरी शिवजीले शोभा पाउनुहुन्छ त्यसै गरी तेत्तीस कोटी छो...

पञ्चम अध्याय :– त्रिपुरदाह वर्णन

पञ्चम अध्याय :– त्रिपुरदाह वर्णन  श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम : कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि अब म त्रिपुरासुरले गरेको तपस्या र महादेवले त्यसलाई भष्म गराउनुभएको जो रहस्यमय र पुण्यमय अद्भूत कथा छ सो सुनाउँदैछु । अघि विष्णुले वराह अवतार धारण गरेर जब हिरण्याक्षको वध गर्नुभयो , त्यो देखेर सम्पूर्ण दानवहरुको शक्ति क्षीण भयो । ती दुःखी भएर खेद गर्न थाले । त्यसैबेला मय नाम गरेको दैत्य अफसोच गर्दै बिचार गर्न लाग्यो । कामदेव नहुँदा रतिको जुन अवस्था भएथ्यो त्यस्तै शक्ति क्षीण भएको मयले घोर तपस्या गरेर व्रम्हालाई प्रशन्न गराई कहिल्यै नमर्ने अमरत्व वर माग्ने इच्छाले तारकासुर र विद्युतप्रभ नामका आफ्ना दुई साथीहरु सहित भएर हिमालयमा गए । त्यहाँ तीन दैत्यहरुले पुष माघका जाडामा अत्यन्तै पातला कौपिन मात्र लगाएर तपस्या गर्दथे । बैशाख जेष्ठमा मरुभूमिमा गएर पञ्चाग्नी तापेर तपस्या गर्दथे । अनि साउन भदौमा खुला नाघीमा पानीको झरनामा रहेर तपस्या गर्दथे । यसरी तपस्या गर्दागर्दा दशहजार वर्ष विते । तिनका शरीरको हड्डी र छाला बाहेक अरु केही रहेनन् । तिनीहरुक...

चतुर्थ अध्याय :– सतीदेवी कैलाशगृह प्रवेश वर्णन

चतुर्थ अध्याय :– सतीदेवी कैलाशगृह प्रवेश वर्णन श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम : कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि केही दिनपछि लगन ठहराइएको दिनमा श्री विष्णु दक्षप्रजापतिका घरमा पुगी महादेवको बाटो हेर्न थाल्नुभयो । दक्षप्रजापतिले पनि विवाहको सामग्री तयार गराई यज्ञको विधि पश्चात कन्यादान दिन तयार भए । कैलाशमा श्री महादेव भने बिष, भाङ्ग , धतुरो खाई मस्त भई विवाहमा जान भुल्नुभयो । “श्री महादेवजी अझै आइपुग्नु भएनन् , कन्यादानको समय हुन आँट्यो मैले यो दान थापेँ भने श्री भोलेनाथमाथि अन्याय हुन्छ अब कसो गरुँ ? के गरुँ ?” भनी मनमा खुलदुली , आकुल ब्याकुल गरेर विष्णु भगवान छटपटाउनु थाल्नुभयो । उता श्री महादेवजीको पनि त्यसैबेला चेत खुल्यो अनि  कन्यादानको बेला हुन लागेको झट्ट सम्झनुभयो र जागा हुनुभयो अनि श्री विष्णु भगवानले अह्राउनु भएअनुसार विवाह मण्डपमा पुग्नुभयो र भन्नुभयो –“ हे दक्ष प्रजापति म अति टाढाबाट आएको छु । मलाई धेरै भोक लागेको छ । मलाई भीक्षाटन नगरी कन्न्यादान लिएमा वा दिएमा दुबैपक्षलाई श्राप दिन्छु ।” विष्णु :– हे वृद्ध भीक्षुक ! कन्या...

तृतीय अध्याय :– सतीदेवी विवाह प्रशङ्ग

तृतीय अध्याय :– सतीदेवी विवाह प्रशङ्ग श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम : कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि दक्षप्रजापतिकी स्त्री विरणीले सतीदेवीको जन्मपछि अरु पनि धेरै कन्याहरु जन्माइन् । यसरी तेत्तीस कोटी कन्याहरु भए । ती कन्याहरुलाई दक्ष र विरणीले समान माया ममताका साथ लालनपालन गर्दैरहे । ती कन्याहरु पनि जाज्वल्यमान रुपका भए । स्वर्गका सम्पूर्ण देवताहरु ऋषि , यक्ष , गन्धर्व , किन्नर, दिक्पाल , नाग , प्रभृत्ति सबै एकै ठाउँमा भेला भएर  “हामी सबै तेत्तीसकोटीहरुलाई दक्षको तेत्तीसकोटी कन्या मागेर घरजम गर्ने ” भनेर निधो गरे । अनि नारदलाई यो विवाहको कुरा चलाउन पठाए । दक्षप्रजापतिले आफ्नी सबैभन्दा राम्री जेठी छोरी सती बाहेक सबैलाई विहे गरिदिने वचन दिए । “मेरो पनि छोरा छैन यसलाई छोरा बनाएरराख्न नदिएको हुँ ” भनेर भने । दक्षप्रजापति पनि हर्षित भएर “हजूरले भन्नुभएको जुनसुकै समयमा पनि दिन तयार छु” भने । “हाम्री छोरीहरुको पनि घरजम हुने भयो धन्य नारदमुनि ” भनी दक्ष र विरणी हर्षित भए । देवताहरु सबै बाजागाजाका साथ  दक्षकहाँ जन्ती आए र वैदिक विधिपूर्वक कन्यादान ल...