Posts

बैज्ञानिक दृष्टिले शाकाहार उपयुक्त

ॐ अज्ञानातिमी रानधस्य ज्ञानान्जना सलाकया । चक्षुरुमिलीतमेन तस्मैश्री गुरु महासरस्वत्यै नम : ।। अचेल माँशाहार प्रवृत्ति व्यापक भइरहेको छ । वलिदिने र माँशाहार प्रवृत्तिलाई राज्य , धर्म तथा सँस्कृतिले पनि संरक्षण गरेको देखिन्छ । तर आफ्नो तृप्तीका लागि अर्काको ज्यान लिनुलाई कदापी उपयुक्त मानिँदैन । पोषणले मात्र रोगलाई निको पार्न सकिन्छ भत्रे चिकित्सा विज्ञानका पिता हिप्पोक्रेट्सले सयौं वर्ष पहिले स्थापित गरेको दर्शन आधुनिक चिकित्सा विज्ञानमा पनि स्वीकार्यनै छ । चिकित्सा विज्ञानले पनि भनेको छ उपचारको अर्को पाटो पोषण हो र पोषण प्राप्तीको एकमात्र माध्यम माँशाहार होइन । शाकाहार भएर त्यसभन्दा बढी पोषण प्राप्त गर्न सकिन्छ । जस्को दुष्प्रभाव पनि हुँदैन । विश्वमा अचेल शाकाहार हुनुको फाइदालाई मानवीय स्वनस्थ्यसँग मात्र जोडिएर हेरिँदैन , मानव अस्तित्वसँग यो गाँसिएको स्पष्ट भएको छ । विश्वब्यापी तापक्रम बृद्धि , पशुअधिकार , प्रणाली जगतमा सहअस्तित्वको सवालले पनि प्राथमिकता पाउने गरेको छ । उपभोग प्रवृत्तिमा उत्पादन प्रणाली निर्भर रहन्छ वा उत्पादनले उपभोगमा प्रभाव पार्छ भत्रे वहसको विषय छ ...

दशैंको शुभ-कामना

Image

गणतन्त्र नेपालका चुनौतीहरु

प्रभात डट कमका लागि सम्पादकिय ( बिजु सुवेदी “विजय” )                                                         गणतन्त्र नेपालका चुनौतीहरु यद्यपी विश्वका अधिकाँश मुलुकमा राजतन्त्र उन्मूलन भइसकेको छ र यो उन्मुलनको ताजा हावा सर्वत्र फैलने क्रममा छ तर राजतन्त्र एकदम नराम्रो व्यवस्था हो भनेर जात्रका लागि हामीले अरु कुनै देशको उदाहरण हेर्न जरुरी छैन हाम्रै देशको इतिहास हेरेर माटो सुहाउँदो छ कि छैन भनेर सिँहावलोकन गरी पाठ सिक्नु जरुरी छ । मैले नेपालमा राजतन्त्रको शुरुवातकालदेखि हालसम्मको अन्तिम राजाको इतिहासको धेरै समय लगाई अध्ययन गर्ने क्रममा थुप्रै विभत्स क्रुर हत्या तथा अनेकौं षडयन्त्रका पाटाहरु भेट्टाएँ । ती सबलाई एक–एक गरी केलाई उल्लेख गरेँ भने एउटा ठूलो पुस्तकनै तयार हुन्छ तर अहिले अवशेष भइसकेको , औचित्य समाप्त भइसकेक...

प्रेमाश्रु

Image
कविता :– प्रेमाश्रु बिजु सुवेदी “विजय” तिम्रो आँसुको सच्चा प्रेम देखें कहिल्यै छोड्ने छैन भनी सदाको लागि तिम्रो प्रेम रोजेको थिएँ झनै रोजेँ । तिम्रो प्रेमको परीक्षा अब कहिल्यै लिने छैन तिम्रो आासुको धेरै मूल्य छ , तिमी विना म म होइन । तिमीले मेरो रुने बानी छ , म कोमल छु भने पनि हाम्रो विछोडको संकेतमा निस्केको तिम्रो बलिन्द्र धारा अश्रुले अरु सबै अश्रुलाई फिक्का पारेको छ , भनें पनि । तिम्रो मेरो प्रेम अरुको लागि आलो काँचो लागे पनि हाम्रो प्रेममा धेरै गाढापन छ भनेर तिम्रो आँसु देखें पनि । तिम्रो मेरो प्रेम झनै झनै झनै गाढा बन्दै जाओस् प्रेमको परिभाषा चिनाउने रोमियो–जुलियटलाई प्रेमको प्रतिस्पर्धामा हराउन पाओस् । भनोस् फालीले हाम्रो बैर छ तर तिम्रो प्रेम धेरै धेरै धेरै छ । यदि समुन्द्र मसी भए , धरति कागज भए कल्पवृक्षको कलम बनाउँदै तिम्रो सच्चा प्रेम लेख्दै गए बरु समुन्द्रको मसी सुक्छ , धर्तिको कागज भरिन्छ तैपनि कलम अघाउँदैन । तिम्रो प्रेमलाई अनुभूति गरेर तिम्रो प्रेमाश्रु कहें म संग शब्द छैन अब तिमीलाई सधैं शब्दले , बोलीले प्रेम व्यक्त गर भत्रे म मान्छे पनि शब्दले हारेँ बोलीले हारेँ मैल...

प्रभात तिमी चाँडै आऊ

Image
 कविता :–प्रभात तिमी चाँडै आऊ बिजु सुवेदी “विजय” मेरो हात अब कसैले नबाँध म प्रभातलाई आउन पत्र लेख्दैछु मेरो मुख पनि कसैले बन्द नगर म अब प्रभातलाई बोलाउँदैछु प्रभात तिमी आऊ है यहाँ अँध्यारो भइरहेको छ त्यहाँ अँध्यारो भइरहेको छ जताततै रुमल्लिएको छ जतातै भट्किरहेको छ अँध्यारोको बोलवाला छ असत्यको युग छ दुःखीहरुले प्रतिवाद गर्न सकिरहेका छैनन् उज्यालोका सँबाहक हौ तिमी लालीमा किरण हौ तिमी ताजा घाम ल्याउँछौ तिमी अन्धकार मेटाउँछौ तिमी तिमी हिम्मतिलो छौ बिहानीको पहिलो प्रकाश ल्याउँछौ तिमी त्यसैले तिमी चाँडै आऊ प्रभात हामी रातभरी छटपटिरहेका छौं दुःख पुकार सुत्रे कोही छैनन् आफू–आफूमै मैमत्त छन् ठालूहरु यहाँ दुःखीहरुलाई कोही सघाइरहेका छैनन् यो दुःखीको आर्टनाद सुनिदेऊ यहाँ हामीले केही देख्न सकेका छैनौं रात रात औशीको रात छ काला वादलहरु मडारिरहेका छन् एक झिल्को उज्यालो छैन यहाँ त्यसैले हाम्रो लागि तिमी क्रान्ति हौ तिम्रो लाल किरणको प्रतिक्षा गरिरहेका छौं तिम्रो रातो घाम चहिन्छ हामीलाई प्रभात तिमीलाई खोज्न पूर्वतिर दौडिरहेका छौं पूर्वीय चाँडै आऊ तिमी काल रात्रि...

देशप्रति

Image
Untitled Document देशप्रति हामी सबैलाई देशको माया लागेको छ भोक जागेको छ त बस देशको भोक जागेको छ । शहीदले शुरु गरेको स्वदेशप्रतिको समर्पण यहीनै बनोस् सम्पूर्ण समाजमा दर्पण । एक पक्षलाई होइन र्सवपक्षप्रति आस्था जागेको छ आन्दोलनहरुको सत्यतामा पनि देश प्रेम जागेको छ । कति आए कति विलाए सबै यस धर्तिका सन्तान जति आए देश-भक्त कहिल्यै विलाएनन् अब यो जान । हामी स्वदेशका लागि जे पनि गर्न तयार हुनुपर्छ अनि त्यसको र्सवपक्षिय फल सबैलाई दिनुपर्छ । कति आए सबै विलाए गीत गजल सबै जति आए राष्ट्रिय गीत अमर भए झनै सबै । राष्ट्रियतालाई छेक्नेलाई लगार्न सक्नुपर्छ अनि मात्र देशले प्राण पाउँदछ । देशको माटो उर्वरा भए कसैले हेप्न सक्दैन देशको गीत गाउन अब कसैले रोक्न सक्दैन । गीत गाउँछु म देशप्रेमको मात्रै आजैदेखि अरु गीत गाउने हुतीहारा , बनावटी , देखावटी , झूठी । मलाई हाम्रो देशको माया छ शानले भन्छु म सबलाई देशप्रेममा डुबुल्कि लगाउन सिकाउँछु म । गर्नु परे देशका लागि हामीले जे पनि गरौं मर्नु परे देशका लागि ज्यान पनि छोडौं । शानसँग बसौं हामी देश हाम्रो भनेर मान गरौं देशला...

आयो नि आँसुको बाढी

Image
आयो नि आँसुको बाढी मासुको पहिरो गयो बग्यो नि रक्तको खोलो देशै रगतझैं भयो पानी मिलेन तीर्खामा काटुँ जीवन के गरी युग बाहक हो आओ तीर्खा मेटाउने गरी—२ आतङ्क छर्दछस् भन्दै एउटा आतङ्क छर्दछ सुराकी गर्दछस् भन्दै अर्को सन्त्रास भर्दछ न म आतङ्ककारी हुँ न सुराकी कुनै म हुँ बोल न्यायदाता हो म यस्तो कसरी सहुँ–२ एउटा बन्दूक आएर मेरै सन्तान मार्दछ अर्को बन्दूक आएर मेरै कोख उजाड्दछ आफ्नै सन्तानको हत्या सहुँ म कसरी भन आओ हे मुक्तिदाता हो उद्दारक यहाँ बन—२ आतको तापले मेरो आँसु पनि छुट्यो सबै दुःख सन्तापले मेरो मासु पनि सुक्यो सबै चेपारे पार्दछन् मान्छे मास्न थाले नि त्यो पनि सञ्जिवनीहरु आओ बाँचोस् मानिसको जुनी—२ टाउका सन्मुखमा मेरा कुरा छन् बुझ्न सक्तिन दृष्य छन् सामुमा मेरा आँखा झन् खोल्न सक्तिन खोजौं हे मुक्तिको बाटो म खुम्ची बस्न सक्तिन—२                                        ...