प्रेमाश्रु
कविता :– प्रेमाश्रु बिजु सुवेदी “विजय” तिम्रो आँसुको सच्चा प्रेम देखें कहिल्यै छोड्ने छैन भनी सदाको लागि तिम्रो प्रेम रोजेको थिएँ झनै रोजेँ । तिम्रो प्रेमको परीक्षा अब कहिल्यै लिने छैन तिम्रो आासुको धेरै मूल्य छ , तिमी विना म म होइन । तिमीले मेरो रुने बानी छ , म कोमल छु भने पनि हाम्रो विछोडको संकेतमा निस्केको तिम्रो बलिन्द्र धारा अश्रुले अरु सबै अश्रुलाई फिक्का पारेको छ , भनें पनि । तिम्रो मेरो प्रेम अरुको लागि आलो काँचो लागे पनि हाम्रो प्रेममा धेरै गाढापन छ भनेर तिम्रो आँसु देखें पनि । तिम्रो मेरो प्रेम झनै झनै झनै गाढा बन्दै जाओस् प्रेमको परिभाषा चिनाउने रोमियो–जुलियटलाई प्रेमको प्रतिस्पर्धामा हराउन पाओस् । भनोस् फालीले हाम्रो बैर छ तर तिम्रो प्रेम धेरै धेरै धेरै छ । यदि समुन्द्र मसी भए , धरति कागज भए कल्पवृक्षको कलम बनाउँदै तिम्रो सच्चा प्रेम लेख्दै गए बरु समुन्द्रको मसी सुक्छ , धर्तिको कागज भरिन्छ तैपनि कलम अघाउँदैन । तिम्रो प्रेमलाई अनुभूति गरेर तिम्रो प्रेमाश्रु कहें म संग शब्द छैन अब तिमीलाई सधैं शब्दले , बोलीले प्रेम व्यक्त गर भत्रे म मान्छे पनि शब्दले हारेँ बोलीले हारेँ मैल...